प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा सुधार, प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ बढी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ११५.६० प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको कम्पनीले चालु आवको सोहि अवधिमा १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४८.३४ प्रतिशतले बढी हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ५ करोड ५५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ, जगेडा कोषमा ३६ करोड ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०७.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८७.०५ गुणा बढी रहेको छ । समिक्षा अवधिमा कम्पनीले २०४ वटा दाबी वापत ५ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी वापत ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।
कोरोना महामारीमा पनि नेपाल लाइफले सेवा दिन कुनै कसुर बाँकी राख्दैन- सीईओ प्रसाईं
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले कोरोना भाइरसको महामारीमा पनि जीवन बीमा सेवा प्रवाह गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् । कम्पनीको २१औं वार्षिकोत्सवका अवसरमा सीईओ प्रसाईले सो प्रतिवद्धता जाहेर गरेका हुन् । साथै, उनले हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स आजबाट २० वर्ष पुरा गरी २१औं स्थानमा प्रवेश गरेको हो । यो अवसरमा सीईओ प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिएका छन् । साथै, उनले आगामी दिनमा सबैको सहयोगले सेवाग्राही तथा ग्राहकको सेवामा थप कैयौं वर्ष अनवरत रूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ ।
नेपाल लाइफको २१ वर्षे यात्राः एक तिहाई बजार हिस्सा ओगट्न सफल, हरेक सूचांकमा अब्बल
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनी आजबाट २१औं स्थानमा प्रवेश गरेको हो । यो अवधिमा देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीकाे दावी छ । ‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं’, कम्पनीले जनाएको छ । २१औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिएका छन् । नेपाल लाइफले समयसापेक्ष प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई-सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी १११ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ । कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड रुपैयाँ, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ अर्ब ७७ करोड रुपैयाँ तथा सर्वाधिक मृत्युदावी ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढि भुक्तानी गरिसकेको छ । कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् ।