मेटलाइफ नेपालले अनलाइनबाट कागजात पेश गरेपछि ३ दिनमै बीमा रकम भुक्तानी गर्ने
काठमाडौं । कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगाकाे लागि मेटलाइफ नेपालले कोभिड केयर सहायता सेवा सुरुवात गरेको छ । कम्पनीकाे अनुसार यस सेवा अन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ कार्यदिन भित्रै बीमा भुक्तानी सेवा प्रदान गरिने । यसकाे लागि दाबीकर्तालाई आवश्यक कागजातहरु अनलाइननै पेश गरेर दाबी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ । यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क वा ईमेल गर्न सक्नेछन् । कोभिड केयर सहायता कार्यक्रमद्वारा ग्राहकहरुलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही मात्रामा भएपनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुने विश्वास आफुहरुले लिएकाे मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए ।
लाभांश पारित गर्न हिमालयन जनरलले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आगामी जेठ २८ गते २७औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको थापागाँउस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्च्युअल माध्यमबाट सभा गर्ने भएको हो । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सको जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म सेयर कारोबार बन्द हुने छ । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । समितिले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । साथै, सभाले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रक्रियाको लागि पनि उपयुक्त कम्पनी छनोट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ ।
बोनसपछि प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७७१ रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता ८३३ रुपैयाँमा भएको थियो ।