ज्योति लाईफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी

काठमाडौं । ज्योति लाईफ इन्सुरेन्सले भक्तपुर नगरपालिकाका कर्मचारी स्वर्गीय रामकृष्ण नायजुको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको ५ लाख ५० हजार रुपैयाँ स्व नायजुका श्रीमती रमा नायजुलाई चैत २५ गते प्रदान गरेको हो । भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योति लाईफका पदाधिकारीको उपस्थितिमा बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका हुन् । स्व नायजुको गत फागुन २४ गते अकस्मात निधन भएको थियो । नगरपालिकाका कर्मचारीहरु कुनै पनि आकस्मिक वा बिपदको परिस्थितीमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । ज्योति लाईफले आफ्नो स्थापनादेखि नै विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा विभिन्न सुविधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ । ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ ।

नेपाल इन्स्योरेन्सको ७२औं वार्षिक साधारणसभाले पारित गर्यो प्रस्तावित लाभांश

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आज (चैत २७ गते) सम्पन्न कम्पनीको ७२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र २ प्रतिशत नगद (कर समेत) गरी १० प्रतिशत लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ नाघ्ने छ । नेपालको पहिलो बीमा कम्पनीको रुपमा वि.सं.२००४ साल असोज ८ मा स्थापित कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को ७२औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा सम्पन्न भएको हो । सभा चैत २७ गते शुक्रबारका दिन एयरपोर्ट होटल सिनामङ्गल काठमाण्डौंमा सम्पन्न भएको हो । सभामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्ती बमोजिमका जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक/भौतिक दुरी कायम गर्नुका साथै भर्चुअल(जुम) मार्फत समेत गरिएको थियो । कम्पनीको आ.व. ०७६/०७७ को मुख्य सूचांङ्क आ.व. ०७६/०७७ मा बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण उद्योग, व्यापार वित्तीय क्षेत्र लगायत होटल, यातायात, पर्यटन तथा अन्य क्षेत्रमा परेको प्रभाव बीमा क्षेत्रमा पनि पर्यो । कोरोना भाईरस संक्रमणका कारण कम्पनीको सम्पति बीमा, मोटर, सामुन्द्रिक, ईन्जिनियरिङ्ग बीमामा प्रत्यक्ष असर परेको छ भने अन्य बीमा व्यवसायहरुमा समेत आशिंक प्रभाव परेको छ । कोरोना महामारीले विश्वलाई नै अक्रान्त पारेको अवस्थमा कम्पनीले आगामी दिनमा सुरक्षाका उपाय, सुचना प्रविधिको उच्चत्तम प्रयोग र भवितब्यबाट पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्ने गरी आफ्नो रणनीति तयार गर्दै लगेको छ । कम्पनीले आफ्ना बीमितहरु, लगानीकर्ता, नियमनकारी निकायहरु तथा कम्पनीको संचालक समितिको मार्ग निर्देशन र कर्मचारीहरुको उत्कृष्ट कार्य सम्पादन, प्रविधिको उच्चत्तम प्रयोग तथा व्यापक शाखा सञ्जाल विस्तार गरि बीमा शुल्क आर्जन, चुक्ता पुँजी, लगानी तथा नाफामा समेत बृद्धि गर्न सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता प्रदान गर्दै जाने छ । कम्पनीले प्रधान कार्यालय सहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमा सेवा प्रदान गर्दै आएको र आबश्यकता अनुसार थप शाखा सञ्जाल बिस्तार गरी देशको ग्रामिणस्तरसम्म सेवाग्राहीलाई बीमा सेवाको पहुँच पुर्याउने लक्ष्य लिएको छ ।

कोरोना कोषमा सहयोग गरेको रकम अनुमोदन गर्न जनरल इन्स्योरेन्सले बोलायो एजीएम

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी बैशाख २६ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा बोलाएको हो । सभामा कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक महिलासहित २ सञ्चालकलाई नियुक्त गर्ने प्रस्ताव रहेको छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गतेदेखि बैशाख २६ गतेसम्म बुक क्लोज हुने भएको छ ।