सिटिजन लाइफद्धारा घातक रोगका बीमितलाई ३० लाख हस्तान्तरण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी रकम वापत ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेललाई उक्त रकम प्रदान गरेकाे हाे । कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाैंको गंगालाल अस्पतालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरेकाे क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए । कम्पनीका क्षेत्रीय प्रबन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च दिने गरी नेपालमै पहिलाेपटक कम्पनीले काम गरिरहेको बताए ।
पुँजी वृद्धिको लहर ल्याउँदै बीमा कम्पनीहरु
काठमाडौं । यही चैत ९ गते शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्यो । सभाले गत वर्षको नाफाबाट २७.७६ प्रतिशत बोनस सेयर जारी गर्ने र त्यसपछिको पुँजीमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी हुन्छ । कम्पनीको सोही साधारणसभाले अधिकृत पुँजी ४ अर्ब रुपैयाँ बनाउने निर्णय गरेको छ । त्यो भनेको कम्पनी ४ अर्ब रुपैयाँ पुँजी पुर्याउने बाटोमा अगाडि बढ्यो । गत शुक्रबार मात्र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । कम्पनीले बोनस सेयर वितरण गरेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई कम्पनीले आगामी साधारणसभामा लैजाँदैछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर निष्काशन गर्दा १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ हुनेछ । त्यसपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । त्यस्तै, गत साता मात्र अजोड इन्स्योरेन्स कम्पनीले पनि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय लियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनेछ । उल्लेखित निर्णयले संकेत गर्दैछ कि बीमा कम्पनीहरुमा पुँजी वृद्धिको लहर आउँदैछ । दुई वर्षअघिसम्म बीमा कम्पनीहरुले नियामकले तोकेको पुँजी पुर्याउन सकेनन् भनेर आलोचना हुने गरेको थियो । बीमा समितिले तोकेको न्युनतम पुँजी निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीको लागि २ अर्ब रुपैयाँ पुँजी पुर्याउन बीमकहरुलाई हम्मेहम्मे परेको थियो । तर अहिले नियाकमले तोकेको न्यूनतम पुँजीको सीमाभन्दा माथि जान बीमा कम्पनीहरु स्वतस्फूर्त लागेका छन् । बीमा समितिले जोखिममा आधारित सम्पत्ति र दायित्व अनुपात अर्थात सल्भेन्सी मार्जिन तोकेकोले व्यवसाय वृद्धिको लयमा रहेका कम्पनीहरु पुँजी वृद्धिमा जुटेका अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री बताउँछन् । ‘बीमा समितिले ल्याएको जोखिममा आधारित पुँजीको व्यवस्थालाई पालना गरेर अगाडि बढ्नुपर्नेछ । साथै हामी कम्पनीलाई बलियो बनाउँदै लैजाने, मर्जतिर ध्यान नदिने सोचका साथ पुँजी वृद्धि गर्न गइरहेका छौैं’, उनले भने । व्यवसाय वृद्धिका साथै कम्पनीको केन्द्रीय कार्यालयको लागि जमिन किन्ने, भवन बनाउने कार्य अगाडि बढाउन पनि कम्पनीको पुुँजी वृद्धि आवश्यक भएको आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठले बताए । कम्पनीको शाखा विस्तार तथा व्यवसाय विस्तारको लागि पनि पुँजी वृद्धि अनिवार्य भएको उनले बताए । गत पुस मसान्तसम्मकाे तथ्याङ्क पुँजी वृद्धिमा कम्पनीहरु जोशिलो भएर अगाडि बढेपनि उनीहरुको व्यवसाय विस्तार भने राम्रो छैन । नेप्सेमा सूचिकृत १८ वटा बीमा कम्पनीहरुको सेयर पुँजी र विभिन्न कोषको रकमसहित कोर क्यापिटल ४० अर्ब ५६ करोड रुपैयाँ भैसकेको छ । गत आर्थिक वर्षमा २० वटा कम्पनीहरुले कुल वार्षिक बीमा शुल्क जम्मा २६ अर्ब रुपैयाँ आर्जन गरेको छन् । कोर क्यापिटलको ७० प्रतिशतभन्दा कम व्यवसाय हुँदा बीमा कम्पनीहरु स्वच्छ प्रतिस्पर्धाका बीच दिगो हुन नसक्ने जानकारहरु बताउँछन् । जीवन बीमा कम्पनीहरु पनि उही लाइनमा जीवन बीमा कम्पनीहरुमा पनि पुँजीवृद्धिको लहर चल्दैछ । बीमा समितिले चुक्ता पुँजी २ अर्ब तोकेकोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । हालै कम्पनीले ३१ प्रतिशत बोनस सेयर जारी गरी पुँजी वृद्धि कार्यलाई जारी राखेको छ । गत पुस मसान्तसम्मकाे तथ्याङ्क नेशनल लाइफले पनि चुक्ता पुँजी ३ अर्ब ८ करोड बनाईसकेको छ । यी दुई बीमा कम्पनीको पुँजी वृद्धिले अन्य बीमा कम्पनीहरुलाई पनि पुँजी वृद्धि गर्न दबाव परेको देखिन्छ । साथै, सेयर बजारमा पनि बीमा कम्पनीहरुको सेयर मूल्यमा आएको उच्च वृद्धिको प्रभावले लगानीकर्ताहरु पुँजी वृद्धिमा प्रोत्साहित भएको जानकारहरु बताउँछन् ।
एशियन लाईफ १४ औं वर्षमा, साढे पाँच लाख बीमा लेख जारी गर्दा २९ अर्ब प्रिमियम संकलन
काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका तेह्राैं वर्ष पूरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले कुल ५ लाख ६८ हजार बीमालेख बिक्री गरी रु.२८ अर्व ८६ करोड प्रिमियम संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु.२५ अर्ब ५० करोड र कूल लगानी रु.२६ अर्ब १९ करोड रहेको छ । कम्पनीले १४६ शाखा मार्फत बीमा सेवा सञ्चालन गर्दै अाएकाे छ । हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवन बीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत प्रचलनमा ल्याएको छ । कम्पनीको उपलब्धी हासिल गर्नमा समस्त ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभावहरु, पत्रकार, शुभेच्छुक तथा नियामक निकायहरु बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीप्रति दर्शाएको विश्वास तथा सद्भावप्रति कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले आभार व्यक्ति गर्दै कम्पनीको सेवालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छन् । चौधौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना थालेको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । साथै प्रदेश स्तरमा नै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेट्ने गरी देशैभरको ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायीत्वको कार्यक्रम संचालन गरिएको छ ।