जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा श्रेष्ठ र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । बैंठकले उनलाई आगामी चैत २७ गतदेखि लागू हुने गरी डीसीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त डीसीईओ श्रेष्ठले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । त्यस्तै, सोही बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ भने सञ्चालक शशिराज बज्राचार्यको राजिनामालाई स्वीकृत गरेको छ ।

बीमितकाे औषधी नि:शुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगरिने

काठमाडाैं । सरकारद्वारा संचालित स्वास्थ्य बीमा बाेर्डले बीमितकाे औषधी निशुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएकाे छ । बाेर्डका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बीमितहरुकाे औषधीहरु सिद्धिएकाे भन्दै बेग्लै ‌औषधी किन्न लगाउने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएका हुन् । उप्रेतीले बीमा बाेर्ड मानिसहरुकाे लागि खस्याकखुसुक पैसा खाएर बस्ने ठाउँ नहुने पनि बताए ।उनकाे अनुसार बाेर्डमा कुनै पनि स्वास्थ्य संस्था एकपटक आवद्ध भइसकेपछि ५ वर्षसम्म नविकरण गर्नुपर्दैन । हालसम्म सरकारद्वारा संचालित बीमा बाेर्डमा ३७५ वटा स्वास्थ्य संस्थाहरु आवद्ध छन् जहाँ बाेर्डले ११ सय वटा ‌‌‌औषधीहरु प्रदान गर्दै आएकाे छ ।

थप ६ जिल्लामा सरकारकाे स्वास्थ्य बीमा कार्यक्रम भाेलीबाट सुरु हुने

काठमाडाैं । सरकारले संचालन गरिरहेकाे स्वास्थ्य बीमा कार्यक्रम भाेलीदेखि थप छ वटा जिल्लामा सुरु हुने भएकाे छ । मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशक दामाेदार बसाैला भाेलीदेखि थप छ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने जानकारी दिएका हुन् । पाँचाै‌ स्वास्थ्य दिवसकाे अवसरमा सरकारले थप छ वटा जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गर्ने लागेकाे हाे । हालसम्म ६९ जना जिल्लामा सरकारकाे स्वास्थ्य बीमा कार्यक्रम संचालित छन् । स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने नयाँ जिल्ला ताप्लेजुङ, बारा सर्लाही दाेलखा मनाङ्ग र मुस्ताङ रहेका छन् । पाँचाै‌ स्वास्थ्य दिवसकाे अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयशराज त्रिपाठीले उक्त कार्यक्रमकाे भरचुअल रुपमा उद्घाटन गर्नेछन् । याेसँगैं मन्त्री त्रिपाठीले बीमितहरुलाई नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रम आवद्धता र माेबाइल स्वास्थ्य सेवाकाे समेत घाेषणा गर्ने बसाैलाले जानकारी दिए । हालसम्म सरकारकाे स्वास्थ्य बीमा कार्यक्रममा कूल ३७ लाख ४२ हजार ६५६ जना बीमित रहेका छन् । कार्यकारी निर्देशक बसाैलाकाे अनुसार कूल बीमितकाे करिब ३३.९१ प्रतिशतले सेवा लिएका छन् ।