लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, अंकित मूल्य ५० रुपैयाँ बनाउने 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्ने भएको हो । त्यस्तै, सभाले कम्पनीको प्रतिसेयर मूल्य एक सय रुपैयाँलाई परिवर्तन गरी प्रति सेयर ५० रुपैयाँ कायम  गर्ने कम्पनी सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ रहेकोमा सो सेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर ५० रुपैयाँ कायम गर्ने  प्रस्ताव गरेको हो । उक्त व्यवस्थालाई ‘स्टक स्प्लीट’ पनि भनिन्छ, जुन सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र लागु हुने कम्पनीले जनाएको छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै माघ १३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् । याे पनि पढ्नुहाेस् नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? नेपाल लाइफमा १ लाख लगानी गर्नेको सम्पत्ति यसरी भयो ५ करोड ९२ लाख

सूर्या लाईफ इन्स्योरेन्सको साढे १० प्रतिशत लाभांश पारित

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/०७६काे नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश पारित गरेको हो । कम्पनीको आ.व. २०७५/०७६ को १२औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भयो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १३ लाख रुपैयाँ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो । कम्पनीले गत पुस २१ गते नै मृतक बिमितको परिवारलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । कम्पनीका ताहाचालका क्लस्टर प्रमुख नविन श्रेष्ठले कम्पनीको नीति अनुरुप बिमितलाई समयमा नै दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।