प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयधनीलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद(कर सहित) गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवाउपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी वर्षहरुमा सेयरधनीलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ । सम्बन्धित समाचार प्राइम लाइफ इन्स्योरेन्सको पुस १७ गते बुक क्लोज प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, पछिल्लो २ वर्ष यताकै उच्च
सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गंगा प्रसाद शर्मा रहेका थिए । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते दिउँसो ३ बजे बसेको थियो ।
बीमा समितिले कहिले पाउँछ अध्यक्ष ? कसको भयो पल्लाभारी ?
काठमाडौं । बीमा समिति अध्यक्ष पद रिक्त भएपनि नयाँ अध्यक्षको जिम्मेवारी कसले पाउछ भन्ने अझै यकिन भएको छैन । बीमा क्षेत्रको नियामक निकायको प्रमुख नियुक्तिमा ढिलाई हुँदा नीति निर्माणदेखि नियमन र अनुगमनसम्ममा नकारात्मक असर पर्छ । समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी चिन्तामणि सिवाकोटीदेखि नेपाल पुनर्बीमा कम्पनीको संचालकबाट भर्खरै हटेका रमेश लम्सालसम्मको नाम चर्चामा छ । कुनै व्यक्ति र समुहले यो आफू अनुकुलको व्यक्ति समिति अध्यक्ष भएर आइदिए हुन्थ्यो भन्ने मनसायले पनि फलानो व्यक्तिको सम्भावना बलियो भयो भनेर हल्ला चलाइरहेका छन् । अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने समिति अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच असाध्यै सुमधुर सम्बन्ध भएका कारण मन्त्री पौडेलले प्रस्ताव गरेको व्यक्ति समितिको अध्यक्षमा सहजै नियुक्त हुने सम्भावना छ । र, प्रधानमन्त्री ओलीले कुनै व्यक्तिलाई ‘बचन’ दिएका भए अर्थमन्त्री पौडेलले सोही व्यक्तिको सिफारिस गरिदिने स्रोतले बतायो । ‘अर्थमन्त्रीज्यूले मन्त्रिपरिषदमा सिफारिस लाने वित्तिकै रोकिने प्रस्ताव स्वीकृत हुन्छ, उहाँले अहिलेसम्म कसैलाई पनि बचन दिनुभएको छैन, विभिन्न व्यक्तिका बारेमा जानकारी लिइरहनु भएको छ, प्रधानमन्त्रीले कसैलाई अध्यक्ष बनाइदिने बचन दिनुभएको रहेछ भने अर्थमन्त्रीज्यूले सोही व्यक्तिको नाम सिफारिस गरिदिनुहुन्छ, प्रधानमन्त्री र अर्थमन्त्री पार्टीको काममा व्यस्त हुनुभएकोले केही ढिलाई भएको हो, अब चाढै नियुक्तिको खबर सुन्न पाइन्छ,’ अर्थमन्त्री पौडेल निकट स्रोतले भन्यो । आफ्नो एक कार्यकाल पूरा भएर समिति अध्यक्ष चिरन्जीवी चापागाईं बाहिरी सकेकोले नयाँ अध्यक्षको खोजी भएको हो । चापागाईं नेपाल राष्ट्र बैंकको निर्देशक पदमै रहेको बेलामा समितिको अध्यक्षमा नियुक्त भएका थिए । नयाँ अध्यक्षको लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं, बीमा विज्ञ डा. रविन्द्र घिमिरे, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, नेपाल पुनर्बीमा कम्पनीको संचालकबाट केही दिनअघि मात्रै बाहिरिएका रमेश लम्साललगायत प्रतिस्पर्धामा रहेका स्रोतहरुले दाबी गरेका छन् । सम्बन्धित समाचार बीमा समिति अध्यक्ष बन्ने प्रतिस्पर्धाः तीन प्रत्यासी रिङआउट, रेसमा थपिए लम्साल २०५८ सालदेखि ‘ल्याइते’को भरमा बीमा समिति, राम्रो काम गर्नेले पाएनन् धेरै समय