नाफामा नेपाल लाइफको अग्रता कायमै, निर्जीवनतर्फ शिखरलाई नेकाेकाे टक्कर
काठमाडौ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक पहिलो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । कोरोना भाइरसको समयमा पनि बीमा कम्पनीहरुको नाफामा धेरै उतार चढाव देखिँदैन । बीमा कम्पनीहरुले सार्वजनिक गरेका पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बीमा कम्पनीहरुको आर्थिक अवस्था सन्तुलित नै देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको समीक्षा तथा विश्लेषण गर्दा कम्पनीहरुको आम्दानीमा खासै असर नपरेको देखिन्छ । जीवन बीमातर्फ: नेपाल लाइफ जीवन बीमातर्फ नेपाल लाइफको नाफामा अग्रता कायमै रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि २२ करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमास र चालु आवको पहिलो त्रैमासको समिक्षा गर्दा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीको रुपमा नेपाल लाइफ देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेकाे छ भने सोही अवधिमा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफको आम्दानी ३९ करोड २२ लाख रुपैयाँ रहेको थियो भने खर्च १८ करोड ७८ लाख रुपैयाँ रहेको थियो । नेशनल लाइफ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । नेशनल लाइफको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आम्दानी १५ करोड ९९ लाख रुपैयाँ रहेको भने खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ । नेशनल लाइफको गत आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ११ करोड ५३ लाख रुपैयाँ रहेको थियो । नेशनल लाइफले सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो भने ४ करोड ८६ लाख रुपैयाँ खर्च गरेको थियो । एलआईसी नेपाल एलआईसी नेपाललको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको नाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा ९ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ भने ३ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै, गत आर्थिक वर्षको पहिलो ३ महिनामा एलआईसीको नाफा २ करोड ३६ लाख रुपैयाँ रहेको छ । कम्पनीले सोही अवधिमा ७ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने ४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ । एशियन लाइफ एशियन लाइफको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ भने सोही अवधिमा १० करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ४ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीले २५ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको थियो भने २१ करोड २ लाख रुपैयाँ खर्च गरेको थियो । प्राईम लाइफ प्राइम लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, सोही अवधिमा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १० करोड २ लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा कम्पनीको आम्दानी १२ करोड ३४ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, सोही अवधिमा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो । निर्जीवन बीमा कम्पनीः शिखर इन्स्योरेन्स शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस कम्पनीको नाफामा ९ लाखको कमी आएको छ । यस्तै, गत आर्थिक वर्षको पहिलो ३ महिनामा शिखर इन्स्योरेन्स कम्पनीको आम्दानी १९ करोड ९५ लाख रुपैयाँ रहेको थियो । सोही अवधिमा कम्पनीले ७ करोड ८१ लाख रुपैयाँ खर्च गरेको थियो । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सको आम्दानी २० करोड १० लाख रुपैयाँ रहेको छ भने खर्च ७ करोड ८७ लाख रुपैयाँ रहेको छ । सगरमाथा इन्स्योरेन्स सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पहिलोको पहिलो ३ महिनामा कम्पनीको आम्दानी ९ करोड ४२ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीले सोही अवधिमा ३ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड १ लाख रुपैयाँ रहेको थियो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ भने ३ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । प्रिमियर इन्स्योरेन्स प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले सोही अवधिमा १४ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ भने ६ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड ७८ लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा १५ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा कम्पनीको खर्च ९ करोड ३६ लाख रुपैयाँ रहेको थियो । एनएलजी इन्स्योरेन्स एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले सोही अवधिमा १२ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ भने ६ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएलजी इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड २५ लाख रुपैयाँ रहेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले गत वर्षको पहिलो त्रैमासमा १२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो भने इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ७ करोड ३८ लाख रुपैयाँ खर्च गरेको थियो । नेको इन्स्योरेन्स नेको इन्स्योेरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षकोे पहिलो ३ महिनामा २० करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै, कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेको इन्स्योरेन्सको नाफा ७ करोड ५३ लाख रुपैयाँ रहेको थियो । जुन चालु आवको पहिलो त्रैमासभन्दा ४ करोड ९१ लाख रुपैयाँले कम हो । गत वर्षको पहिलो त्रैमासमा नाफा कमाउनेमा पहिलो भएको शिखरलाई उछिन्दै नेकोले चालु आवको पहिलो त्रैमासमा अग्रता कायम गरेको छ । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो भने कम्पनीले सोही अवधिमा ५ करोड ६ लाख रुपैयाँ खर्च गरेको थियो । बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६ असोज मसान्त र २०७७ असोज मसान्तको आम्दानी र खर्चका परिसुचक:
निर्जीवन बीमा कम्पनीहरुले अब एउटै वित्तीय विवरण बनाए हुने, एनएफआरएस मापदण्ड पालना गर्न समितिको निर्देशन
काठमाडौं । बीमा समितिले आज दुई निर्देशिका जारी गर्दै पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । पुनर्बीमा कम्पनी र नीर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुलाई समितिले एनएफआरएस मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको हो । समितिले आज पुनर्बीमा र नीर्जीवन बीमा कम्पनीहरुका लागि छुट्टाछुट्टै निर्देशिका जारी गर्दै नेपाल सरकारले स्टाण्डर्ड लेखा मापदण्डको रुपमा पालना गरेको एनएफआरएस मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो । सो निर्देशिका जारी भएपश्चात अब बीमा कम्पनीहरुले एउटा मात्र वित्तिय विवरण बनाउन मिल्ने भएको छ । बीमा समितिले दिएको जानकारी अनुसार हालसम्म बीमा कम्पनीहरुले नियामक र कम्पनीका लागि २ वटा वित्तिय विवरण बनाउदै आएका थिए । एउटा कम्पनीले आफ्नो लागि वित्तिय विवरण तयार गर्थे भने अर्को बीमा समितिको लागि पनि वित्तीय विवरण तयार गर्नु पर्ने व्यवस्था थियो । बीमा समितिले एनएफआरएस निर्देशिका जारी गरेपश्चात अब एउटै वित्तिय विवरणले काम गर्ने भएको हो ।
अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा नियुक्त गरेको हो । बैठकले कम्पनीको आगामी हुने तेस्रो वार्षिक साधारणसभाबाट नियुक्त हुने सञ्चालकले प्रतिनिधित्व नगरेसम्मको लागि संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा मनोनित गरी नियुक्त गरेको हो । यससँगै नवनियुक्त अर्यालले कम्पनीको आगामी साधारणसभा नभएसम्म कम्पनीको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।