स्वास्थ्य बीमा बोर्डमा २ सदस्य नियुक्त

काठमाडौ । स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकाे स‌ंयाेजकतामा बसेकाे मन्त्रिस्तरीय बैठकले प्यूठानका थापा र सुर्खेतका तिवारीलाई बोर्डको सदस्यमा नियुक्त गरेका हुन् । यो नियुक्ती पश्चात स्वास्थ्य बीमा बोर्डले एकै पटक २ जना सदस्य पाएको छ । उक्त नियुक्ती पाएका २ जना सदस्यको कार्यकाल ४ वर्षका लागि तोकिएको छ । सो नियुक्ती अनुसार थापा बीमितको तर्फबाट सदस्य भएका हुन भने तिवारी विज्ञ सदस्यमा नियुक्त भएका हुन् । बुधबार दुवै नव नियुक्त सदस्यले पद तथा गोपनियताको सपथ लिदै स्वास्थ्य बीमा बोर्डमा पदभार सम्हाल्न सुरु गरेका छन् । यस्तै, केही समय अघि नियुक्त भएका स्वास्थ बीमा बोर्डका सेनेन्द्रराज उप्रेतीले पनि बुधबार स्वास्थ्य मन्त्री ढकालबाट सपथ लिएका छन् ।  

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, कसकाे स्वामित्व कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४ लाख ४० हजार ३ सय २३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ । लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोेड रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण २४ अर्ब ४ करोड ४४ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ८० रुपैयाँ रहेको छ ।

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको लागि दरखास्त आव्हान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले स्वास्थ्य बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको हो । मन्त्रालयले असोज ९ गतेभित्र उक्त पदको लागि उम्मेदवारी दिन आग्रह गरेको छ । उक्त पदमा उम्मेदवारी दिनको लागि सो व्यक्तिले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धित विषयमा कम्तिमा स्नातककोत्तर उपाधी हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्नेछ । यस्तै सो व्यक्ति दरखास्त दिने अन्तिम मितिसम्म ४० वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । सो व्यक्तिले कुनै पनि प्रकारको भ्रष्टचार, जबरजस्ती करणी जस्ता कनै पनि कसुरमा सजाय नपाएको हुनुपर्नेछ ।