प्रभु महालक्ष्मी लाइफका आर्यन खान पाँचौं पटक एमडीआरटीमा छनोट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) २०२६ का लागि चयनमा पर्न सफल भएका छन् । यो उपलब्धि उनले पाँचौं पटक लगातार हासिल गरेका हुन् । यसका साथै, आर्यन खान प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट एमडीआरटी २०२६ का लागि छनोट हुने पहिलो व्यक्ति बनेका छन् । उनले यसअघि नै एमडीआरटीको उच्च तह कर्ट अफ टेबल पनि २०२५ मै प्राप्त गरिसकेका थिए । एमडीआरटी विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा कार्यरत उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले व्यवसायिकता, निष्ठा, र सेवा समर्पणका आधारमा सदस्यता प्रदान गर्छ । आफ्नो सफलताबारे बोल्दै खानले भने, 'यो सफलता मेरो मात्र होइन, यो मेरो ग्राहक, टिम र हामीले बनाएको विश्वासको उपलब्धि हो। हरेक पोलिसीसँगै हामी केवल बीमा होइन, भविष्य बनाउँदैछौं। ' कम्पनीले आर्यन खानको यस उपलब्धिमा गर्व व्यक्त गर्दै आगामी लक्ष्य टप अफ द टेबल प्राप्त गर्न पनि पूर्ण साथ रहने प्रतिबद्धता जनाएको छ । आर्यन खान जीवन बीमा क्षेत्रका लागि मात्र होइन, भावी पुस्ताका बीमा व्यवसायीहरूका लागि पनि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ । उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरुबाट आर्थिक सुरक्ष। र निश्चितता भएर रहनको लागि जीवन बीमा महत्वपूर्ण छनोट हुन सक्छ । नेपाली बजारमा ग्राहकको आवश्यकतालाई मध्यजनर गरेर विभिन्न बीमा कम्पनीहरूले नयाँनयाँ योजनाहरू ल्याएका छन् । सानिमा रिलायन्स लाइफले पनि बजारमा विभिन्न बीमा योजनाहरू सञ्चालन गरिरहेको छ । तीमध्येको एक हो ‘सानिमा रिलायन्स दम्पती जीवन बीमा’ योजना ।  यसकारण आवश्यक ‘दम्पती जीवन बीमा’ योजना यो जीवन बीमा योजना नेपाली सामाजिक संरचनासँग मेल खान्छ । हाम्रो समाजमा दम्पती मिलेर जीवन चलाउने, घर बनाउने, छोराछोरी हुर्काउने, पढाउने र भविष्य बनाउने परम्परा छ । त्यसैले ऋण, पारिवारिक खर्चजस्ता संयुक्त दायित्व भएका दम्पतीको लागि यो बीमा योजना निकै नै महत्त्वपूर्ण रहेको छ । यो बीमा योजनाले दुईमध्ये कुनै एकजना वा दुवैलाई केही भएको खण्डमा उनीहरूलाई आर्थिक रूपमा सुरक्षित राख्ने कुराको सुनिश्चिता गर्दछ । एक आपसमा आर्थिक उत्तरदायित्व बहन गर्ने, एक अर्का र आश्रितको सुरक्षा गर्न चाहने विवाहित दम्पतीहरूको लागि यो बीमालेख उपयुक्त छनोट हुन सक्ने छ । यो योजनाले दम्पतीको जोखिम बहन गर्नुका साथै सम्बन्ध प्रगाढ बनाई भविष्यको लागि बचत गर्नसमेत मद्दत गर्दछ । योजनाको प्रमुख विशेषता  यो योजना खरिद गर्ने बीमितले विभिन्न सुविधा पाउनेछन् । यो बीमालेख अन्र्तगत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण गरी चार सुविधा पाउने छ ।  उदाहरणको लागि ३२ वर्षकी लक्ष्मी  र उनका ३५ वर्षको श्रीमान हरि कुबेर दम्पतीले २५ लाखको बीमा दम्पती जीवन बीमा योजना खरिद गरेका छन् । कुबेर दम्पतीले खरिद गरेको पोलिसी अवधि २१ वर्षको रहेको छ । उनीहरूले प्रत्येक वर्ष एक लाख ६५ हजार २ सय ५० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।  परिपक्वको हकमा  अब बीमालेख परिपक्वताको हकमा कुनै एक वा दुवै जना बीमित जीवित रहेमा बीमा अवधिको समाप्तिमा बीमांक रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी हुनेछ । पूर्ण स्थायी अशक्तता बीमा अवधिभित्र बीमाालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एक वा दुवै पूर्ण स्थायी अशक्तता भएमा बीमा शुल्क भुक्तानीमा पूर्ण छुट रहेको छ । साथै बीमालेखमा उल्लेखित सर्तअनुसारको पूर्ण स्थायी अशक्तता सुविधा प्रदान हुनेछ । दुर्घटनाका कारण कुनै एक बीमितको पूर्ण स्थायी अशक्ततापछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बीमितको पनि पूर्ण स्थायी अशक्तता भएको अवस्थामा बीमितको पूर्ण स्थायी अशक्तता सुविधा बीमितलाई भुक्तान गरिने छ ।  दुर्घटना मृत्यु बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एकजनाको मृत्यु भएमा दुई गुणा सम्म बिमांक जीवत बीमितलाई एकमुष्ट प्रदान गर्नेछ । बीमालेख अन्तर्गतको बाँकी प्रिमियम शुल्कमा छुटसमेत रहेको छ । बीमा समाप्तिमा पुनः बीमांक र आर्जित बोनस एकमुष्ट भुक्तानी हुनेछ ।  दुर्घटनाका कारण कुनै एक बीमितको मृत्युपछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बीमितको पनि मृत्यु भएको अवस्थामा बीमितको दुर्घटना सुविधा नजिकको कानुनी हकवालालाई भुक्तान गरिने छ ।  प्राकृतिक मृत्यु  बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितको प्राकृतिक मृत्यु भएमा पहिलो मृत्युबापत बिमांक र दोस्रो मृत्युबापत बिमांक र आर्जित बोनस एकमुष्ट पाउनेछन् ।  घातक रोग सुविधा बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितलाई घातक रोग अन्र्तगत १८ मध्ये कुनै एक घातक रोग लागेको अवस्थामा र चिकित्सकीय रूपमा प्रमाणित भएको अवस्थामा एक जना वा दुवैलाई उपचारको लागि जनही २५ लाख रुपैयाँ भुक्तानी हुने छ । बीमा योजना खरिद गर्नको लागि योग्यता यो बीमा योजना  न्यूनतम २१ वर्ष पूरा भएका र अधिकतम ५० वर्ष उमेर समूहका दम्पतीले खरिद गर्न सक्नेछन् । यो योजनामा श्रीमान/श्रीमतीको उमेरअन्तर ७ वर्षसम्मको मात्रै मान्य हुने छ । बीमा योजनाको अवधि न्यूनतम १५ वर्षदेखि  अधिकतम ३० वर्षसम्मको रहेको छ । यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक हैसियत अनुसार खरिद गर्न सक्नेछन् ।बीमितले न्यूनतम ५० हजारदेखि अधिकतम जति पनि रकमको बीमालेख खरिद गर्न सक्नेछन् ।  प्रिमियम भुक्तानी गर्ने तरिका  यो योजना खरिद गर्ने बीमितलाई प्रिमियम रकम भुक्तानी गर्ने तरिका लचिलो छ । बीमतले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।  जुनबेला पनि खरिद गर्न सकिने जीवनमा अप्ठ्यारो स्थिति जुनसुकै बेलामा पर्न सक्ने हुनाले दम्पतीले यो पोलिसी होस् या जुनसुकै पोलिसी खरिद गर्नको लागि कुनै विशेष समय कुर्नुपर्ने आवश्यकता छैन । बीमितले जतिबेला पनि खरिद गर्न सकिने छ । दम्पती जीवन बीमाको हकमा  दम्पती जीवन बीमा विवाह गर्नेबितिकै गर्नु उचित हुन्छ । एउटै बीमालेखमा श्रीमान्÷श्रीमतीको बचत तथा जोखिम बहन हुने भएकाले ढिलाइ नगरी यो बीमा खरिद गरियो भने निकै फाइदाजक हुन्छ ।  यदि प्रत्येक एकल पुरुष र महिलाले जस्तै जीवन बीमाको महत्व सबै श्रीमान् र श्रीमतीहरूले बुझ्ने हो भने दम्पती जीवन बीमा योजना सबै विवाहित दम्पतीहरूको पहिलो रोजाइ पर्न जान्छ ।  बीमाको लागि सानिमा रिलायन्स नै किन रोज्ने ?  सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बीमालेखहरू प्रदान गर्दै आइरहेको छ । कम्पनीले नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरू पस्कन सफल र सक्षम रहेको छ । आर्थिक रूपमा सुदृढ, सम्पन्न साथै कम्पनीको वित्तिय अवस्था सबल रहेको छ । साथै कम्पनीले  पारदर्शी र उत्कृष्ट संस्थागत सुशासनबाट सञ्चालित रहेको हुँदा ढुक्क भएर सानिमा रिलायन्सको बीमालेख खरिद गरेर भविष्य सुरक्षित बनाउन सकिन्छ ।