बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका पोखरलले लिए सपथ
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षकाे सपथ लिएका छन् । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले समक्ष उनले सपथ लिएका हुन् । प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सरकारले अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएको थियाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हाे । पाँच महिनाअघि प्राधिकरणको अध्यक्षमा नियुक्ति भएका ओझाले झुटो कागजात र योग्यता नपुगीकन नियुक्ति पाएकाे आरोपमा अदालतमा उजुरी परेपछि छानबिनकाे लागि समिति गठन भएकाे छ । छानबिन समिति गठन भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।
युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको आम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सोमबार साधारणसभा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, ०८०/८१ को युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची सभावाट पारित गरियो । साथै, सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको थियो ।
सानिमा रिलायन्स लाइफको साढे १६ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको साढे १६ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । केही सेयरधनीले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा सञ्चालक समितिको असार १३ गते र असार २७ गते सम्पन्न बैंकले स्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिन अर्थात् भदौ २ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।