युनाइटेड अजोड इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको असार ४ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे ।  इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद  गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे ।  कम्पनीले प्रस्ताव गरेकाे उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाइ वितरणा गरिनेछ ।   

१०.५२ प्रतिशत लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो २३औँ वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असार ४ गते बसेको बैठकले खसार ३० गते बिहान १० बजे काठमाडौंमा २३औँ साधारण सभा डाकेको हो ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बोनस वितरणपछि कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्नेछ ।  बोनस पश्चात हुने सेयर संरचनामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संसोधन गर्नेछ ।  सभाले वार्षिक प्रतिवेदन २०८०/८१, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, सर्वसाधारण सेयरधनीतर्फबाट १ जना संचालकको निर्वाचन र संस्थापक सेयरधनीको तर्फबाट नियुक्त सञ्चालकलाई अनुमोदन गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सीप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहेका अभिकर्ताहरुलाई विशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई आमन्त्रित गरिएको थियो। झा मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रुपमा भारतदेखि विश्वको विभिन्न देशहरुमा प्रख्यात छन् । भारतकै ठूलो र प्रतिष्ठित जीवन बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा आवद्ध झाले  थुप्रै कार्यानुभव र ख्याती  कमाई सकेका छन् । यस सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गरे । उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए । यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन प्रेरित गरेको छ । कार्यक्रममा ८० भन्दा धेरै अभिकर्ताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू, लगायत सुदुरपश्चिम र कर्णाली प्रदेशका सबै  तथा बाँके र  बर्दियाको  शाखा तथा उपशाखाका  कर्मचारीहरूको  पनि उपस्तिथी रहेको थियो ।  कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रशिक्षणको महत्व र  अपरिहार्यता माथि प्रकाश पार्दै तालिमबाट सिकेका कुराहरुलाई व्यावहारिकतामा उतार्नुपर्ने बताए । प्रस्तुत ज्ञान र सीपको उपयोग गरेर कम्पनिको व्यवसायिक लक्ष्य प्राप्तिमा दखल पुराउन सकिने बताए ।  सोही कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृतले सीप विकास जस्ता तालिमले अभिकर्ताहरुलाई  व्यवहारिक सीप र आत्मविश्वास प्रदान गर्ने भन्दै बीमालेख बिक्री दरको वृद्धि र ग्राहक सन्तुष्टिमा योगदान पुर्‍याउने  र कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतालाई मजबुत बनाउने बताए ।