वित्तीय सुधारमा लम्कीँदै बीमा समिति, जोखिममा आधारीत पुँजी सम्बन्धि निर्देशिका जारी

काठमाडौं । बीमा समितिले जोखिममा आधारीत पूँजी सम्बन्धि निर्देशिका जारी गरेको छ । समितिले बीमा कम्पनीहरुमा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उदेश्यका साथ उक्त निर्देशिका जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा बजारमा रहेका केही सामान्य समस्याहरु हामीले समाधान गर्न खोजेको बताए । हाम्रो उदेश्य बीमा कम्पनीहरुलाई कारबाही मात्र गर्ने भन्दापनि बीमा बजार तथा कम्पनीको अवस्था सुधारमा लाग्ने उनको भनाइ छ । निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिमको मापन गर्नुपर्नेछ । यसरी कम्पनीहरुले जोखिमको मापन गर्नुको कारण आफ्नो तथा बिमितको उदेश्यमा पुग्न सहज होस भन्ने हो । बीमा कम्पनीमा अनुशासन तथा सुशासन ढंगबाट चलाउनु पर्ने, बीमा कम्पनीहरुले जोखिमको पहिचान गर्नुपर्ने सोही अनुसार पोलिसीको अवस्था निश्चित गर्नुपर्ने तथा बोर्ड तथा उच्च तहबाट जोखिम व्यवस्थापनमा कदम चाल्नुपर्नेछ । यस कारण आवश्यक छ जोखिम नियन्त्रण बीमा कम्पनीहरुरको मुख्य काम नै जोखिम बहन गर्ने भएकाले कम्पनीले जोखिम नियन्त्रणमा ध्यान दिनु पर्ने निर्देशिकामा उल्लेख छ । बीमा कम्पनीहरुले धारण गर्ने जोखिम क्षमताको प्रभाव सम्पूर्ण आर्थिक क्षेत्रमा पर्छ । जोखिम बहन गर्ने सकारात्मक संस्कारबाट नै जोखिम व्यवस्थापनमा मद्धत पुग्ने निर्देशिकामा उल्लेख छ । जोखिमको पर्याप्त नियन्त्रण गर्नु पर्ने, बीमा व्यवसायको विवेकपूर्ण आचरण हुनुपर्ने, वित्तीय जानकारीहरुको सन्दर्भमा रिर्पोट विश्वसनीयता खुलाउनु पर्ने लगायत विषय निर्देशिकामा समेटिएका छन् समितिले रिक्स म्यानेजमेन्ट फ्रेमवर्क समेत तयार गरेको छ । सो फ्रेम वर्कमा आइडेन्टीफाइ रिक्स, एनालाइसीस रिक्स, इभ्यालुयट रिक्स तथा ट्रिट रिक्स शिर्षक रहेका छन् । सो फ्रेम वर्क अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिम पहिचान गर्ने, त्यसकोलागि आवश्यक अनुमान गर्ने तथा जोखिमको समाधान तर्फ काम गर्छन् । जोखिम मापनलाई शुन्यदेखि ४ भागमा विभाजन गरिएको छ । अति न्यून जोखिम, न्यून जोखिम, मध्यम जोखिम, उच्च जोखिम तथा अत्याधिक जोखिम शिर्षकमा मापन गर्न मिल्ने जनाइएको छ । यस्तै, निर्देशिकामा डाटा इन्टीग्रीटी एवम् साइबर रिक्स, स्टार्टटेजिक रिक्स, लिगल रिक्सहरु समेटीएका छन् । बीमा समितिले आगामीमा दिनमा बीमाको पहुँच वृद्धिमा मात्रै नभई आफूहरु बीमाको गुणस्तरमा समेत केन्द्रित रहने बताएको छ । यस्तो छ पूर्णपाठ: [pdf id=198072]

बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न बीमा समितिले निर्देशन दिएको छ । बुधबार एक निर्देशिका जारी गर्दै सो जानकारी दिएको हो । समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले जारी गर्ने नीतिमा अल्पकालीन र दीर्घकालीन सूचना प्रविधि सम्बन्धि रणनीतिहरु संलग्न गरेको हुनुपर्नेछ । यस्तै, बीमा कम्पनीले प्रयोग गरेको प्रणालीलाई व्यवस्थित गर्न कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीमा आवश्यक पहल गरेको हुनु उल्लेख गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयको मागसँगै सूचना प्रविधि मार्गदर्शन मार्फत थप व्यवस्थित गर्न खोजिएको बताए । ‘हालसम्म बीमा कम्पनीहरुले आफ्नो वेव साइट प्रयोगमा ल्याएका थिए सोही मार्फत काम गर्थे, अहिले यो प्रणाली लागु गर्न खोजेका छौं’, उनले भने । बीमा कम्पनीहरुले हार्डवेयर तथा सफ्टवेयर वा सो सम्बन्धि सक्कली उत्पादन मात्र प्रयोग गर्न पाउने छन् । त्यस्ता सक्कली ईजाजतपत्र लाइसेन्स समेत राख्न समितिले अनिवार्य गरेको छ । सूचना प्रविधिको प्रणालीको रेखदेखका लागि बीमा कम्पनीले छुट्टै प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ र त्यस्तो कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिएको हुनपर्नेछ । कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र समितिलाई वार्षिक प्रतिवेदन पठाउनु पर्ने छ । साथै, बीमकको वेभ साइट सम्बन्धी व्यवस्था, २०६५ खारेज गरिएको समितिले जनाएको छ । निर्देशिकाका अनुसार डेटा सेन्टर तथा स्ट्याण्डवाई साइट वा विपद पुनरुत्थान साइट कार्यान्वयन गर्नु पर्नेछ । डेटा, पावर तथा प्रणालीको व्याकअप, रिकभरी टाइम अब्जेक्टिभ र रिकभरी व्याइन्ट अब्जेक्टिभ, घटना व्यवस्थापन, डेटा सेन्टर तथा प्रकोप व्यवस्थापनमा भएको सूचनाको कारोबार तथा तथ्यांकको पूर्णताको सम्बन्धमा, सूचनाको सुरक्षा सम्बन्धलाई समितिले जोड दिएको निर्देशिकामा उल्लेख छ । यस्ताे छ  निर्देशिका  [pdf id=198022]

बीमाको समस्या सुन्दै अर्थ समिति, चलायो विधेयक बहस

काठमाडौं । बीमा क्षेत्रका व्यक्तिहरुलाई बोलएर संसदको अर्थ समितिले समस्याका बारेमा छलफल गरेको छ । अर्थ समितिले बीमाको विधेयक माथि पनि छलफल सुरु गरेको हो । लामो समयदेखि रोकिएको उक्त विधेयकमा समितिले छलफल गरेको छ । छलफलमा समितिले बिभिन्न क्षेत्रका विज्ञलाई सहभागी गराएर रायसुझाव लिएको हो । छलफलमा बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, सिद्धार्थ इन्स्योरेन्सका सिइओ वीरेन्द्र वैदवार छेत्री, नेता सुरेन्द्र पाण्डे लगायतका व्यक्तिहरुको सहभागीता थियो । ‘बीमा क्षेत्रमा व्यक्तिहरुलाई बोलाएर उनिहरुको सुझावलाई अर्थ समितिमा छलफल गरेको हो,’ अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने ।