लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क ३१ करोड बढी, पुर्नबीमा कमिशन आयमा वृद्धि

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमाशुल्क ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आवमा भने कम्पनीको बीमा शुल्क ३६ करोड ८३ लाख रुपैयाँ रहेको थियो । आय: कम्पनीकाे आय चालु आवको दोस्रो त्रैमासमा ९७ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा कम्पनीको आय ३६ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीको आय गत आवको दोस्रो त्रैमासको तुलनामा चालुको दोस्रो त्रैमासमा ३ करोड रुपैयाँले घट्न पुगेको हो । पुर्नबीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशनबाट आय ७ करोड ९५ लाख रुपैयाँ रहेको छ भने गत आवमा ५ करोड ८८ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आयमा ३ करोड १७ लाख रुपैयाँ रहेको छ भने गत अवाको दोस्रो त्रैमासमा कम्पनीको लगानी, कर्जा तथा अन्य आय ३ करोड १ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको बीमा कोषमा ५८ करोड ९ लाख रुपैयाँ रहेको छ ।

आइएमई जनरलको आय ९ करोडले बढ्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड रुपैयाँले बढ्न पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको आय ७१ करोड ६५ लाख ८३ हजारु रुपैयाँ छ भने अघिल्लो आवमा कम्पनीको आय ६२ करोड ५६ लाख ३३ हजार रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा खुद बीमा शुल्क ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ छ भने अघिल्लो आवमा २६ करोड ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको ४ करोड रुपैयाँले बीमा शुल्क वृद्धि हुन पुगेको छ । पुर्नबीमा कमिशन आयः पुर्नबीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा ८ करोड ९ लाख ७३ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशन आय ७ करोड ५ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः लगानी, कर्जा तथा अन्य आयमा आइएमई जनरल इन्स्योरेन्सको १ करोड ९३ लाख ३८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ६ लाख रुपैयाँ रहेको छ ।  

शिखर इन्स्योरेन्सको बीमाशुल्क साढे ९० करोड नाघ्याे

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा ९० करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको थियो । आय: शिखर इन्स्योरेन्सको आय चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ छ भने २ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो । पूनर्बीमा कमिशन आय: कम्पनीको पूनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड २६ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा २० करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः शिखर इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवमा ९ करोड ३३ लाख ७९ हजार रहेको थियो । हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।