महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम, सीईओसहित ४० जनाले गरे रक्तदान
काठमाडौं । महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनीको पहिलो वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । रक्तदान कार्यक्रममा कम्पनीका सीईओ रमेश कुमार भट्टराईसहित ४० जनाले रक्तदान गरेकाे इस्योरेन्सले बताएकाे छ। रक्तदानको सुरुवात महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । महालक्ष्मी लाइफले अभिकर्ता पप्पु गोत्तामेलाई सम्मान पत्र प्रदान गरेको छ । अभिकर्ता गोत्तामेले पहिलो वर्ष मै महालक्ष्मी लाइफमा ५० लाख रुपैयाँ भन्दा माथिको व्यवसाय भित्र्याउन सफल भएकाले उनलाई सम्मानित गरेको इन्सोरेन्सले बताएको छ । उनलाई मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अवार्ड प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा रहेको अभिकर्ताहरुको क्लबको रुपमा एमडीआरटीलाई बुझ्न सकिन्छ । बीमा व्यवसायमा ५० लाख रुपैयाँ भन्दा बढीको व्यवसाय भित्र्याउने अभिकर्ता मात्र एमडीआरटीको सदस्य हुन पाउँछन् ।
६० प्रतिशत हकप्रदपछि दुई इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । सोमबार दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । ६० प्रतिशत हकप्रद पछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ५६५.६३ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको पनि ६० प्रतिशत हकप्रद पछिको मूल्य प्रतिकित्ता ४६७.५० रुपैयाँ तोकिएको छ ।
ज्योति लाईफ इन्स्योरेन्सकोे प्रादेशिक कार्यालय धनगढीमा, बीमा समितिका अध्यक्षद्वारा उद्घाटन
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराएका छन् । साथै, अहिलेसम्म नियामकिय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएतापनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने बताए । यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा समेत जानकारी गराए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको बताए । यसैगरी, सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गराएका थिए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले छोटो समयमानै बीमाको दायरा ६ % बाट २२ % पुर्याउन बीमा समितिको अहम भूमिका रहेको कारण समितिप्रति कृतज्ञता ज्ञापन गरे ।