जीवन बीमा कम्पनी मध्ये एलआइसीको सेयर मूल्य सबैभन्दा बढी, कस्को कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत बीमा कम्पनी मध्ये लाइफ इन्स्योरेन्स कम्पनी(एलआइसी)को प्रतिकित्ता सेयर मूल्य सबै भन्दा बढी छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम रहेको छ । त्यसैगरी दोश्रो स्थानमा नेपाल लाईफ इसन्स्योरेन्स र तेस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स रहेको छ । नेपाल लाईफको सेयर मूल्य प्रतिकित्ता ८ सय २९ रुपैयाँ कायम हुँदा नेशनल लाइफको भने प्रति कित्ता ५ सय ४९ रुपैयाँ रहेको पाइन्छ । कुन कम्पनीको सेयर मूल्य कति ? नेप्सेका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १ लाख ७ हजार कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । बिहिबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रति कित्ता ३ सय २६ रुपैयाँ पुगेको कायम छ । यस्तै, गुराँश लाइफ इन्स्योरेन्स कम्पनीको ९३ लाख ८५ हजार २ सय कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ४ सय २० रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल(एलआईसी)को नेप्सेमा १ करोड ४९ लाख ४८ हजार ३ सय ८८ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम छ । साथै, नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७४ हजार ४ सय ४ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख ४० हजार ४ सय रुपैयाँ रहेको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ४९ रुपैयाँ रहेको छ । यसैगरी , नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ४९ लाख ६१ हजार ६ सय ८ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्त पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ८ सय २९ रुपैयाँ कायम छ । प्राईम लाइफ लाइफ इन्स्योरेन्स कम्पनीको नेप्सेमा १ करोड ७८ लाख ४८ हजार ३ सय ५० कित्ता सेयर सूचीकृत छ । कम्पनीको चुक्त पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ताको ४ सय १० रुपैयाँ कायम छ । सूर्या लाइफ इन्स्योरन्स कम्पनीको नेप्सेमा १ करोड २६ लाख ७७ हजार २ सय ८० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार रहेको छ । बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय ८४ रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ भएपनि नेप्सेमा भने ७ कम्पनी मात्र सूचीकृत छन् ।
बिऊ पूँजी ५ लाख, प्रतिफल दुई बैंकको सञ्चालक र बीमा कम्पनीको अध्यक्ष
काठमाडौं । चार वर्षअघि रमेशकुमार निरौला नेको इन्स्योरेन्सको अध्यक्ष हुँदा कम्पनीको प्रिमियम वार्षिक ३५ करोड रुपैयाँ थियो । बीमा समितिको निर्देशन अनुसार २५ करोड चुक्ता पुँजी पुर्याउन कठिन भएर प्रिमियर इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा थियो । सेयर मूल्य प्रतिकित्ता १५० को हाराहारीमा थियो । अहिले सेयरको मूल्य प्रतिकित्ता ३९० भन्दा माथि छ । गत वर्ष १९१ करोड प्रिमियम आर्जन गरेको छ । ३४ करोड खुद नाफा गरेको छ । चार वर्षमा कम्पनीले सेयरधनीलाई १२१ प्रतिशत बोनस सेयर दिएको छ । प्रस्तावित १२ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १३१ करोड बन्दैछ । कम्पनी बलियो भएको छ । ‘खुद नाफाको आधारमा हामी दोस्रो स्थानमा छौं । प्रिमियमको आधारमा शिखर पहिलो, सगरमाथा दोस्रो, नेको तेस्रो स्थानमा छ । नाफाको हिसावले शिखर पहिलो, हामी दोस्रो स्थानमा छौं । कुल प्रिमियम र खुद नाफाको अनुपातका आधारमा हामी पहिलो स्थानमा छौं’- अध्यक्ष निरौला व्याख्या गरे-‘हामीले १९१ करोड प्रिमियम संकलन गरेर ३४ करोड नाफा गर्यौ । शिखरले ३२५ करोडको कारोबार गरेर ४७ करोड मात्र खुद नाफा गरेको छ ।’ हाल नेकोको चुक्ता पुुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । फेरी कम्पनीले १२ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । के लगानीकर्तालाई नगद लाभांश चाहिँदैन ? अध्यक्ष निरौलाका लागि यो गम्भीर प्रश्न भयो । उनले भने-‘बीमा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दवाव दिएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब बनाउने आभास हामीले पाएका छौं । त्यसैले हामीले फेरी बोनस दिने निर्णय गरेका छौं ।’ पाँच वर्षको सबै परिसूचकमा पहिलो हुने योजनासहित काम गरिरहेको उनले सुनाए । ‘रिटेल विजनेशमा हामी अहिले पनि नम्बर वान छौ । एभिएशन विजनेश हामीसँग नभएकोले केही समय मिहेनत गर्नुपर्छ । केही वर्षमा अर्थतन्त्र बुम हुन्छ, हुन्छ । अर्थतन्त्र बुम हुँदा बीमा कम्पनीहरुले लाभ लिन सक्छन् । त्यो बेला हामी पहिलो कम्पनी बन्छौं’- उनले आत्मविश्वास व्यक्त गरे । उपेन्द्र महत्तो, रमेशकुमार निरौला, इन्द्रबहादुर थापा र रामेश्वर सिंह सिजापति संलग्न विनायक कम्पनीले नेकोमा लगानी गरेपछि निरौलाले अध्यक्षको जिम्मेवारी पाए । उनी कार्यकारी पदमा छैनन् । तर, प्रायजसो कार्यालय जान्छन् । कम्पनीलाई शुक्ष्म रुपमा नियाल्छन्, सुधारका योजना बनाउँछन् । व्यवस्थापन समितिबाट नै कम्पनीका सबै काम गराउँछन् । ‘मैले यो कम्पनीमा कुनै पनि कर्मचारीलाई हटाइन । प्रभावकारी रुपमा काम गराउने क्रममा कसैकसैले आफै छोडे । राम्रो काम गर्नेले मौका पाए । हामीले बैकिङ क्षेत्रबाट केही नयाँ मान्छे ल्यायौं । परिणाम राम्रो आयो’ उनले सुनाए । छोटो कर्पोरेट यात्रा निरौलाको कर्पोरेट यात्रा लामो छैन । एनडीइपी डेभलपमेन्ट बैंकमा एक कार्यकाल र माछाुपुच्छ्रे बैंकमा एक कार्यकाल सञ्चालक भएर काम गरे । पब्लिक कम्पनीको सञ्चालक समितिमा रहेर काम गर्नु उहाँको लागि तेस्रो कम्पनी हो नेको । बिऊ राम्रो पब्लिक कम्पनीमा सञ्चालक वा अध्यक्ष बन्न आवश्यक पहिलो सर्त हो लगानी । उनी कति ठूलो लगानीका मालिक हुन् ? हामीले जान्न प्रयास गर्यौँ । उनले अर्को पटकलाई भाका सारे । ‘म सफल लगानीकर्ता हुँ’ उनले भने-‘सेयर लगानीबाट राम्रो प्रतिफल आउँछ । राम्रै जीवन बिताउनु पुग्छ ।’ निकै जोड गर्दा पनि उनले लगानीबारे खुलेर अंक बोलेनन् । ‘नेको इन्स्योरेन्समा २ प्रतिशत सेयर छ । युनिलिभर, नागरिक लगानी कोषमा राम्रो लगानी छ । केही नयाँ बीमा कम्पनीमा प्रमोटर सेयरमा लगानी गरेको छु ।’ सेयर बजारमा प्रवेश गर्दा उनले लगभग ५ लाख रुपैयाँ लगानी गरेका थिए । उनको पहिलो लगानी माछापुच्छ्रे बैंकको सेयरमा थियो । वि.स. २०६१ सालतिर उनले किन्दा कित्ताको १ सय ७० रुपैयाँ परेको थियो । त्यहि बैंकमा उनी सञ्चालक पनि बने । विगतमा सञ्चालक भएको माछापुच्छ्रे र हालको देवः विकास बैंक दुबैमा एक कित्ता पनि सेयर नभएको उनले खुलाए । कारण खुलाए-‘सेयर बजारको गेम जित्नु भनेको विज्ञान र कलाको राम्रो प्रयोग गर्नु हो ।’ बिऊ राम्रो भएमा फल राम्रो हुने विश्वास उनलाई छ । ‘बरको विऊ तोरीको गेडाभन्दा सानो हुन्छ । त्यो सानो बिऊबाट ठूलो बरको रुख बन्छ’–उनले भने-‘दुब्लो मान्छेको दिमाग पनि एटम बम भन्दा ५ लाख गुणा शक्तिशाली हुन्छ ।’ चाहाना डाक्टर, बने पूँजीपति पारिवारिक पृष्ठभूमि, पढाई र जागिरे जीवन भन्दा अलग स्थानमा छन् रमेश निरौला यतिबेला । चाहाना डाक्टर बन्ने थियो, तर बने पूँजीपति । उनको पहाड घर ओखलढुंगा हो । उनको परिवार सो स्थानबाट सिरहाको सिमरामा बसाई सरेर आएको थियो । हाल सर्लाही जिल्लाको बाग्मतीमा वसोबास रहेको छ । गोल बजारको श्री जनता माध्यमिक विद्यालयबाट उनले स्कूले शिक्षा आर्जन गरे थिए । वि.स. २०३८ सालमा एसएलसी परीक्षा पाए गरे । उनले ८ कक्षादेखि बेच्चमा बसेर बढेका हुन् । ‘कक्षा ७ सातमा अध्ययन गर्ने बेलासम्म पनि घरबाट बोरा बोकेर विद्यालय जानु पथ्र्यो’ उनले सम्झिए । उनका छोरा एमबीवीएस गर्दैछन् । छोरी विविए पढ्दैछिन् । छोराछोरीको स्कूले जीवन र आफ्नो स्कूले जीवन तुलाना गर्दै भने–‘हामी गुच्चा खेलेर हुक्र्यौ । हाम्रा छोरा छोरी प्रविधिसँग खेलेर हुर्किए । पहिलेको आईए पढेको विद्यार्थीले नपाएको ज्ञान अहिलेको ८ कक्षाको विद्यार्थीले लिइसकेको छ ।’ तर विकाससँगै प्रतिस्पर्धा बढेकोले नयाँ पुस्ताको जीवन सहज नभएको उनको बुझाई छ । बीरगञ्जस्थित ठाकुराम बहुमुखी क्याम्पसबाट आइएसी र बीएससी अध्ययन गरे दिदीको घरमा बसेर । ‘साइन्स पढ्दा डाक्टर बन्छु भन्ने थियो । त्यो रहर वा कहर नभई फेसन थियो’ उनले भने–राम्रो पढाई भएको विद्यार्थीले साइन्स पढ्नुपर्छ भन्ने फेसनमा उनी फसे । ‘अग्रेजी कमजोर थियो । चार कक्षामा एवीसी पढेको मान्छे । पढेर जानेको कुरा पनि अंग्रेजीमा लेख्न नसकेर माक्स कम भयो’ उनले भने–‘केमेस्टीमा एमएसी गर्दै थिए । पहिलो वर्षको परीक्षा मुम्बई स्थीत एक कम्पनीमा काम गर्ने अवसर जुर्यो । पढाई छोडेर जागिर खान गएँ ।’ सेयर बजार भनेकै त्यहि हो । सानो पूँजी लगानी गरेर पनि ठूलो पूँजीपति बन्न सकिन्छ । बिऊ सहि ठाउँमा पर्यो भने बरको रुख बन्छ । गलत ठाउँमा पर्यो भने त्यो कुहिन सक्छ । उनी एमआर (मेडिकल रेप्रिजेन्टिभ) बने । त्यतिबेला यो पेशा निकै राम्रो मानिन्थ्यो । परिवार र आफन्त सबै खुशी भए । उनको कार्यक्षेत्र बीरगञ्ज केन्द्रीत भयो । उनले पूर्वमा राजविराजदेखि पश्चिममा नारायणघाटसम्म हेर्थे । वि.स. २०५१ साल फागुन महिनामा उनको विवाह भयो । विवाहपश्चात घुमफिर गर्नु पर्ने काम सकसपूर्ण बन्दै गयो । श्रीमती, घर–परिवारलाई समय दिनै नपाइने बाध्यताले त्यो पेशा छाडिदिए । २०५३ सालमा उनी जागिर छोडेर काठमाडौ आए । सोही अवधिमा उनले सरकारी जागिरको लागि समेत प्रयास गरे । २०५५ र ५६ सालमा दुई पटक लोक सेवाको परीक्षा दिएपछि उमेरले नेटो काट्यो । अब सरकारी जागिर खान उनले नपाउने भए । त्यसपछि गोरखा आयुर्वेदमा म्यानेजर भएर ५ वर्ष काम गरे । वि.सं २०६१ सालमा सेयर बजारमा प्रवेश गरे । र, यहि क्षेत्रबाट उनी पब्लिक फिगर, पुग्ने पैसा पनि कमाए । सेयर बजार भनेकै त्यहि हो । सानो पूँजी लगानी गरेर पनि ठूलो पूँजीपति बन्न सकिन्छ । ‘बिऊ सहि ठाउँमा पर्यो भने बरको रुख बन्छ । गलत ठाउँमा पर्यो भने त्यो कुहिन सक्छ ।’ ‘विजनेशमा कानुनी रुपमा फाइदा कमाउने नाफामा जान्छन्, तर सेयर बजारमा पोर्टफोलियो व्यवस्थापन गर्नेहरु अगाडि हुन्छन् । सेयर बजारमा छिर्न तथा निस्कन सही समयको छनोट गर्नु पर्छ’–उनले भने । फेरी उनले वारेन वफेटको लगानी सुत्र सम्झिए । भने–‘सेयर बजार घटेको बेलामा किन्न पर्छ, तर बजार बढेको बेलामा पनि बेच्नु सक्नु पर्छ ।’
युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त, उपाध्याय नबिलमा जाने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । उनले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथग्रहण लिएका छन् । एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीले प्रतिनिधित्व गरेको हुन् । उपाध्याय नविल बैंकको सञ्चालक समितिमा जाने भएपछि युनाईटेड छोडेको स्रोतले बतायो । सन १९७२ मा त्रिभुवन विश्वविद्यायलमा अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ । ‘बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव छ । युनाईटेड इन्स्योरेन्सलाई अहिलेको अवस्थाबाट धेरै अगाडि बढाउनु छ’ उनले विकासन्युजसँग भने । उनी कृषि विकास बैंकमा २ वर्ष महाप्रबन्धक भएका थिए भने वित्तीय क्षेत्र सुधार कार्यक्रम चलेको बेलामा नेपाल बैंकमा ६ वर्ष अध्यक्ष भएका थिए । त्यहिबेलामा नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएर काम गरेका थिए । उनी विश्व बैंकले सहयोग गरेका ग्रामिण खानेपानी विकास बोर्ड, व्यवसायिक कृषि तथा व्यापार परियोजना कार्यक्रमहरुमा संलग्न हुँदै आएका छन् ।