३५ प्रतिशत बोनस सेयर वितरण गर्ने ग्लोबल आईएमई लघुवित्तको घोषणा

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार १ सय २५ रुपैँया बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले जनाएका छन् ।

सानिमा लाइफले ८ करोड ९१ लाख नाफा कमायो, अघिल्लो आव भन्दा २ करोड ५८ लाख बृद्धि

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण आइतबार सार्वजनिक भएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा वृद्धि गरेको छ । आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा ६ करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा ८ करोड ९१ लाख ७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ६ करोड १५ लाख ७३ हजार रुयैयाँ रहेको छ । आर्थिक बर्ष २०७५/७६ को अन्त्यमा भने कम्पनीको जगेडा कोषमा १४ करोड ४३ लाख ४४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, जीवन बीमा कोषमा आव २०७४/७५ मा ५ करोड ११ लाख ६२ हजार तथा आव २०७५/७६ मा २२ करोड २८ लाख २६ हजार रुपैयाँ रहेको देखिन्छ । आर्थिक बर्ष २०७४/७५ मा कम्पनीको आम्दानी ११ करोड ५३ लाख ७० हजार रुपैयाँ थियो भने आव २०७५/७६ मा ११ करोड ६३ लाख ६१ हजार रुपैयाँ छ । विमाङ्कीय मूल्याङ्कन र सो पश्चात आउने प्रतिफलले सेयर आम्दानी तथा नेटवर्थ सबैमा परिवर्तन हुने तथा नयाँ बोनश दर कायम हुने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

ज्योति लाईफले कमायो १२ करोड ४६ लाख नाफा

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा आउँदा ११ लाख ३६ हजार रुपैयाँ खुद नाफामा बढाएको छ । आर्थिक बर्ष २०७४/७५ मा खुद नाफामा १२ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा १२ करोड ४६ लाख ३२ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ११ करोड ९९ लाख २१ हजार रुयैयाँ रहेको छ । आर्थिक बर्ष २०७५÷७६ को अन्त्यमा भने कम्पनीको जगेडा कोषमा२३ करोड २० लाख ९० हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा आव २०७४÷७५ मा १५ करोड २३ लाख ५३ हजार तथा आव २०७५/७६ मा ७२ करोठ ८८ लाख ३७ हजार रुपैयाँ रहेको छ । आर्थिक बर्ष २०७४/७५ मा कम्पनीको आम्दानी १८ करोड ७२ लाख ४८ हजार रुपैयाँ थियो भने आव २०७५/७६ मा१६ करोड ६८ लाख ३६ हजार रुपैयाँ रहेको छ । ज्योति लाईफको प्रति सेयर आम्दानी ८.०९ रहेको छ भने प्रति सेयर नेटवर्थ ११६.७५ रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ नै कायम राखेकोे छ ।