लाइफ इन्स्योरेन्सको १७ औँ साधारण सभा सम्पन्न, ७० प्रतिशत लाभांशको प्रस्ताव पारित
काठमाडौ । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले शुक्रबार राजधानीमा आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट कम्पनीले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जनाएको हो । आर्थिक बर्ष २०७५/७६ को नाफाबाट एलआईसी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३४.४६ प्रतिशत बोनश सेयर तथा ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभामा एलआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मीप्रसाद दासले भने-‘अहिले हाम्रो व्यापारिक अवस्था राम्रो भइरहेको छ, सोही कारण सेयरधनी लगानीकर्ताहरु ढुक्क हुनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ उनले आगामी दिनमा आफ्नो इन्स्योरेन्स कम्पनी नयाँ योजनाका साथ अघि बढ्ने बताए ।
३० अर्ब ५४ करोड पुग्यो जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी, २ खर्ब २५ अर्ब लगानी
काठमाडौँ । आर्थिक बर्ष २०७५/७६ को असार मसान्तसम्म जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी ३० अर्ब ५४ करोड ९१ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी २ खर्ब २५ अर्ब १७ करोड ८७ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीहरुको नगद तथा मौज्दातमा ८ अर्ब २० करोड ५१ लाख रुपैयाँ रहेको पाइएको छ । जीवन बीमा तर्फ २ सय २१ प्रकारका बीमा लेख गत आर्थिक बर्षमा प्रचलनमा आए । कूल अभिकर्ता संख्या ५ लाख ४६ हजार २ सय ७६ रहेको छ । बीमा दाबी: बीमा समितिका अनुसार ३४ हजार ५ सय ८७ संख्याको बीमा दाबी परेको छ । उक्त दाबी परेको रकम ५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ । जीवन बीमा कम्पनीका कार्यालय संख्या: जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको कार्यालय संख्या १ हजार ६ सय ५४ पुगेको छ । बीमा कम्पनीहरुको कर्मचारी संख्या भने ४ हजार ७ सय ९८ रहेको छ । गत आर्थिक बर्षमा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ४० रहेको छ । सो संख्या मध्येमा जीवन बीमा गर्ने कम्पनीहरु भने १९ वटा छन् । जीवन बीमा कम्पनीहरुले बिमितको जोखिम बहन तथा बचतमा सघाउ पुर्याउँदै आएका छन् । बीमा समितिले दिएको जानकारी अनुसार बीमा समितिबाट इजाजत पत्र प्राप्त बीमा कम्पनीहरुको स्वामित्व संरचनामा सरकारी, निजी, विदेशी तथा संयुक्त छन् । जीवन बीमा व्यसाय गर्ने सरकारी कम्पनीको संख्या १, निजी तर्फ १६, विदेशी शाखा रहेको कम्पनी १, संयुक्त लगानी भएको कम्पनी १ गरी कुल १९ कम्पनीहरु संचालनमा छन् । यस्तै, समग्र बीमा क्षेत्रमा भने सरकारी कम्पनीको संख्या ३, निजी तर्फ ३२, विदेशी शाखा भएका कम्पनी ३, संयुक्त लगानीमा आवद्ध कम्पनीहरु २ गरी जम्मा ४० वटा बीमा कम्पनीहरु क्रियाशील रहेका छन् ।
सिटिजन लाइफद्वारा बिजनेस अवार्डस् नाइट आयोजना, सेल्स टिमका सदस्यहरु पुरस्कृत
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत पनि गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरु उपस्थित थिए । कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरु, सात उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरियो । कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुँयालले आगामी दिनहरुका लागि बोकेको लक्ष्य र कम्पनीको भावी योजनाबारे पनि जानकारी दिए । प्रमुख अतिथि र कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय आचार्य र श्री श्रेष्ठ, कम्पनीका अध्यक्ष पाण्डे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य प्रस्तुत गरी सिटजन लिडर्सहरुको हौसला अझ बढाएका थिए ।