ज्योति विकास बैंकले मनायो ११औं वार्षिकोत्सव, ‘हाम्रो सुरक्षित बचत खाता’ सञ्चालन
काठमाडौँ । ज्योति विकास बैंक साउन ९ गते स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सव अवसरमा बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए । वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको र १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेको बैंकले जनाएको छ ।सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इनेबल नेपाल संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ । उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने जनाइएको छ । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा रु २ लाखको चेक इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे । हाम्रो सुरक्षित बचत खाता सञ्चालन वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचतसंगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंकले विश्वास लिएको छ । सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी ज्ञवालीले संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गरेका हुन् । गत आर्थिक वर्षमा बैंकको व्यवसायका विभिन्न विधाहरुमा उत्कृष्ट ठहरिएका कर्मचारीहरुलाई पनि सोहि अवसरमा सम्मान गरियो । हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा बैंकले जनाएको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २५.५० अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेको जनाएको छ ।
कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने
काठमाडौ । कर्जासँग प्रत्यक्ष सम्बन्धित बीमा पोलिसी मात्र बिक्री गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो कुरा उल्लेख छ । आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पतीको बीमा गर्न पाउने उल्लेख गरे ।
लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते, बुक क्लोज कहिले ?
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २९ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि साउन १५ गते १ दिन सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने कमपनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रहेको छ । बैशाख २५ गते विशेष साधारण सभा गरिएको र उक्त साधारण सधाको निर्णय बमोजिम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।