सिटिजन लाइफको प्रथम बीमा शुल्क १०० करोड नाघ्यो, ७५ करोडको आईपीओ आउने

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बीमा शुल्क रु.१०० करोड भन्दा बढी संकलन गर्न सफल भएको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापन लगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद दिए । साथै कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यवसायिक विज्ञद्वारा हुने धारणा व्यक्त गरे । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको व्यवसायिक विकास एवम् समुन्नतीसंगै कर्मचारीको वृत्ति विकास हुँदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दाअझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए । यसका साथै कम्पनीले एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सहयोग पुर्याउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, सम्पूर्ण कर्मचारी, अभिकर्ताहरु तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बीमालेख प्रति विश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बीमितहरु एवम् यो उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले रु. ७५ करोडको सेयर सर्वसाधारणलाई जारी गर्ने बताए । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बीस हजार इञ्जिनियरको सामूहिक बीमा गरिँदै

काठमाडौँ । बीस हजार इञ्जिनियरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इञ्जिनियर्स एशोसिएशनबाट आयोजना हुने ५७औँ इञ्जिनीयर दिवसका अवसरमा प्रतिव्यक्ति रु १० लाखका दरले दुर्घटना बीमा गर्न गर्न लागिएको हो । विहीबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इञ्जिनीयरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिए । बीमाङ्कबापतको पहिलो किस्ता रकम भने एशोसिएशन आफैँले उपलब्ध गराउने भएको छ । त्यसमा रु ५० लाख उपलब्ध गराएर बीमा शुरु गरिनेछ । पहिलो चरणमा शुरु गरिएको बीमालाई विस्तार गर्दै लैजाने सोचमा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भने, “जुन स्थानमा हाम्रा इञ्जिनियरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ ।” प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएकोे प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो । एशोसिएशनका महासचिव छविराज पोखरेलका अनुसार इञ्जिनीयरलाई थप व्यावसायिक एवं दक्ष बनाउने र जीवन सुरक्षाका लागि समेत बीमा कार्यक्रम अगाडि बढाउन लागिएको हो । “सकेसम्म कुनै पनि इञ्जिनीयर दुर्घटनामा नपरून् भन्ने नै हाम्रो कामना छ । काम गर्दै जाँदा दुर्घटना नै परिहालेको अवस्थामा पनि उपचारका लागि सहज होस् भन्ने लक्ष्य राखिएको छ”, महासचिव पोखरेलले भने । नेपाल इञ्जिनीयरिङ परिषद्का अनुसार हाल देशभर ५० हजार इञ्जिनीयर छन् भने एशोसिएशनमा आबद्ध भएका इञ्जिनीयरको सङ्ख्या २७ हजार छ । एशोसिएसनमा आबद्ध नभएका इञ्जिनीयरलाई पनि सङ्गठित गर्ने प्रयासमा लागिएको महासचिव पोखरेलको भनाइ थियो । यस्तै एशोसिएशनले इञ्जिनीयरलाई थप दक्ष र पेशाप्रति इमान्दार बनाउने लक्ष्यका साथ परीक्षा लिएर प्रमाणपत्र लिने व्यवस्था गर्न लागेको छ । इञ्जिनीयरिङ सेवा ऐनको तयारीमा समेत लागिएको जनाइएको छ । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सम्पूर्ण इञ्जिनीयरका तर्फबाट पनि साथ र सहयोग रहने जनाउँदै एशोसिएसनले गुणस्तरीय भौतिक निर्माणका लागिसमेत आफूहरु परिचालन भइरहेको बताएको छ । हरेक वर्ष साउन ३ गते ‘इञ्जिनीयर दिवस’ मनाउने निर्णय गरेको एशोसिएसनले यस वर्ष इञ्जिनीयर दिवसको नारा ‘समृद्ध नेपाल निर्माणका लागि इञ्जिनीयरिङ सेवा’ तय गरेको छ । दिवसका अवसरमा ऊर्जा, सिँचाइ तथा खानेपानी, यातायात पूर्वाधार, सङ्घीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका क्षेत्रमा तीन प्राविधिक सत्रको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा इञ्जिनीयरिङ क्षेत्रमा लामो समयदेखि योगदान गर्ने इञ्जिनीयरलाई समेत सम्मान गरिने भएको छ ।

अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बीमा समिति समक्ष लिए सपथ

काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीका अनुसार बुधवार श्रेष्ठले अध्यक्ष पदको सपथ लिएका हुन् । अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित