अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित

काठमाडौँ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले सोमबार प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सर्वसाधारणका लागि सेयर निष्काशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट आजाद श्रेष्ठ, रामबहादुर गुरुङ, सागर ुूरुङ र चिरञ्जीवी ध्वा सञ्चालन निर्वाचित भएका हुन् । कम्पनीले चालु आवको हालसम्म ४९ हजार ४ सय बीमालेख जारी गरी रु. ४१ करोड बीमा शुल्क आर्जन गर्नुका साथै ३३० वटा दाबी बापत २ करोड ८३ लाख दाबी भुक्तानी गरेको जनाएको छ । त्यसैगरी हाल कम्पनीका संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूँजी रु. ७० करोड रहेको छ । लगानीतर्फ ७८ करोड ५ लाख पुगेको छ । कम्पनीले प्रधान कार्यालय लगायत प्रादेशिक र शाखा कार्यालय सहित ३० कार्यालय, १ ग्राहक सेवाकेन्द्र र १७ वटा तेश्रो पक्ष बीमा काउण्टर मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले २०७६ बैशाख १ गतेदेखि ३६५ दिननै बीमा सेवा प्रदान गर्दै आएको छ । सेवा छिटो र पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी २ लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको जनाएको छ ।

आइएमई जनरल इन्स्योेरेन्सकाे साधारणसभा सम्पन्न, ५ प्रतिशत बाेनस सेयर र मर्जरकाे प्रस्ताव पास

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा असार २९ गते काठमाण्डौंमा सम्पन्न भयो । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ वर्षमा हामीले नयाँ नयाँ बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । उनले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे। पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको उनले बताए । कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएकौ छ । अब कम्पनीको चुक्ता पूंजी १ अरब २ करोड ६ लाख पुगेको छ । साथै नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेकाे छ । कम्पनीलेआ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको सभालाइ जानकारी दिइयाे ।

सांग्रिला डेभलपमेन्ट बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।