ज्योति लाईफको बीमालेख नविकरण शुल्क अब इसेवाबाट भुक्तानी

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स्को बीमालेख नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स्का ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवा प्रदान गर्ने व्यवस्था ल्याएको हो । काम तथा सेवालाई प्रविधि मैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको हो । जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाबाट शुरु गरेको छ । कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ज्योति लाईफ इन्स्योरेन्स्ले जानकारी दिएको छ ।

सानिमा लाइफले ६० करोड रकम बराबरको आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि.ले साधारण सेयर(आईपीओ) निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सानिमा लाईफ इन्स्योरेन्स लि.को प्रधान कार्यलय, कमलादीमा असार २५ गते आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाईँ प्रमुख वित्त अधिकृत आर्यकरञ्जन बराल तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुशार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने रु ६० करोड रकम बराबरको सेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पूर्ण कार्य बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रहेकोमा सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी नियमनकारी निकाय बीमा समितिले तोके बमोजिम रु २ अर्ब पुग्ने छ ।

न्यून शूल्कमा बीमा गराउँदै एभरेष्ट इन्स्योरेन्स, बीमा समिति भन्छ-‘स्वस्थ्य प्रतिस्पर्धाको विकल्प छैन’

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सुनसरीस्थित इटहरी शाखाले न्यून बीमा शुल्क लिएर बीमा गरेको छ । कम्पनीले ३८ लाख ९६ हजार रुपैयाँ पर्ने गाडीलाई ३५ हजार १ सय ४४ रुपैयाँ मात्र लिएर बीमा गरेको छ । बीमा समितिले ताेकेका बीमा दर अनुसार कम्पनीले सो गाडी बीमा गरेवापत ४४ हजार २ सय २० रुपैयाँ बीमा शुल्क लिनुपर्ने थियो । कुनै पनि बीमा कम्पनीले बीमा पोलिसी बिक्री गर्दा बढी वा कम प्रिमियम शुल्क लिनु स्वस्थ्य मानिदैन । कम्पनीहरूले लहडमा बीमा गराउनुभन्दा पनि स्वस्थ्य प्रतिस्पर्धा गरी बीमा पोलिसी बिक्री गर्नुपर्ने बीमा समितिले बताएको छ । एभरेष्ट इन्स्योरेन्सले असार १८ गते बीमा पोलिसी बिक्री गरेको थियो । बीमा अवधि २०७७ साल साउन ५ गते सोमबारसम्म छ । बजारमा स्वस्थ्य प्रतिस्पर्धा होस भनेर  बीमा शुल्क कम वा बढी नलिन बीमा कम्पनीहरूलाई बीमा समितिले निर्देशन दिँदै आएको छ । समितिले सुपरीवेक्षणको क्रममा यस्ता क्रियाकलाप भए गरेको पाइएमा बीमा कम्पनीहरूलाई सचेत पनि गराउँदै आएको छ । मोटर बीमा दर सम्बन्धि निर्देशिका २०७३ मा बीमा लेख चालू रहेको अवस्थामा बीमा गरिएको सवारी साधनको घोषित मूल्यमा थपघट गर्ने सक्ने व्यवस्था गरेको छ । निर्देशिकामा बीमा लेखको अवधि समाप्त हुने मितिसम्म समानुपातिक हिसाबले लाग्ने अतिरिक्त बीमा शुल्कको बारेमा चर्चा गरिएको छ । निर्देशिका अनुसार समानुपातिक रुपले लाग्ने अतिरिक्त बीमा शुल्क लिई वा फिर्ता दिई उक्त मूल्यमा थपघट गर्न सकिन्छ ।