एनएलजी इन्स्योरेन्सले जेठ १४ गते बोलायो विशेष साधारणसभा, यस्तो छ एजेन्डा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको बैठकले उक्त प्रयोजनको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न १० बराबर ६ अनुपात अर्थात ६० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त दिन विशेष साधारणसभा बोलाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि एक अर्ब रुपैयाँ नाघ्ने छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा रोजगारदाताले गर्नु पर्ने

काठमाडौ । सरकारले वैदेशिक रोजरागीका लागि जाने नेपाली कामदारको बीमामा चासो देखाएको छ । आगामी आर्थिक वर्षबाट वैदेशिक रोजगारमा जाने श्रमिकको बीमा रोजगारदाताले नै गर्नु पर्ने नीति कार्यक्रममा उल्लेख भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको पेश गरेको नीति कार्यक्रममा बैदेशिक रोजगारीमा जानेको बीमा अपरिहार्य रहने कुरामा विषेश जोड दिएकी हुन् । रोजगारीको खोजीमा परदेशी जीवन बिताउन बाध्य नेपालीको जोखिमलाई अन्त्य गर्न श्रमिककै पक्षमा सम्बोधन गरेको हो । बीमा कम्पनीहरुको नियामकको रुपमा रहेको बीमा समितिलेपनि वैदेशीक रोजगारमा जाने श्रमिकको पक्षमा विभिन्न निर्देशिका तथा कार्यक्रमको तर्जुमा गर्दै आएको पाईन्छ । विदेश जाने कामदारको मर्मलाई मध्यनजर गर्दै बीमा समितिले वैदेशिक रोजगारमा जाने कामदारको बीमा पुल मार्फत हुने सुविधा उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारमा ‘बीमा पुल’ बीमा समितिले वैदेशिक रोजगारीमा हुने जोखिम बहन गर्न सहजता होस् भन्ने ध्येयले बीमा पुलको सञ्चालन गरेको हो । पुलमा तोकिएका कम्पनीले अन्य कम्पनीको कार्यक्रमलाई सहज बनाउन सहयोगी भुमिका निभाउँदै आएको पाईन्छ ।

सबै नागरिकको स्वास्थ्य बीमा गरिने, जेष्ठ नागरिकलाइ निःशुल्क

काठमाडौ । सरकारले सबै नागरिककाे स्वास्थ्य बीमा गराउने नीति लिएकाे छ । दुर्इ वर्षभित्र सबै नागरिकलाइ स्वास्थ्य बीमाकाे दायरामा ल्याइने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, गत वर्ष घाेषणा भएकाे  ज्येष्ठ नागरिकले स्वास्थ्य लागू भएकाे छ ।  शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति र कार्यक्रम प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाे बताएकी छिन् ।