अधिवक्ता तथा उप-प्राध्यापक डा. चौधरीको ‘वाणिज्य कानून’ सार्वजनिक

काठमाडौं । अधिवक्ता एवं उप-प्राध्यापक डा. नेवल चौधरीको वाणिज्य कानून पुस्तक सार्वजनिक भएको छ । डा. चौधरीको अग्रेजी भाषामा लेखिएको पाठयक्रममा आधारित बाणिज्य कानून अर्थात कमर्शियल ल नामक पुस्तक सार्वजनिक भएको हो । कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा कार्यरत स्थायी उप-प्राध्यापक डा. चौधरीले अग्रेजी भाषामा लेखिएको स्नातकोत्तर तह (एलएलएम) वाणिज्य कानून (कमर्शियल ल) को पाठ्यक्रममा आधारित पुस्तक बजारमा ल्याएका हुन् । उक्त पुस्तकमा विदेशी लगानीमा देखिएका समस्या समाधानका लागि विदेशी अदालतहरुबाट भएका फैसलाहरु पनि उल्लेखित रहेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा कार्यान्वयनमा देखिएका कमी कमजोरी समेतलाई उर्जागर गर्ने कोशिश गर्दै उनले नेपालमा विदेशी लगानीको वर्तमान अवस्थाको बारेमा उल्लेख गरेका छन् । डा.नेवल चौधरी अधिवक्ता भै मुख्यतः नेपालको सर्वोच्च अदालत तथा काठमाडौंको विशेष अदालतमा कानूनी व्यवसाय गर्दै आएका अधिवक्ता एवं नेपाल ल क्याम्पसका स्थायी उप-प्राध्यापक हुन् । चौधरीले वाणिज्य कानूनअन्तर्गत नेपालमा प्रत्यक्ष विदेशीमा देखिएका समस्या तथा सम्भावना विषयमा पीएचडी गरेका छन् । डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसँग सम्बन्धित पुस्तक प्रकाशित गरिसकेका छन् । जसको नाम द आर्ट अफ साइबर ल र साइबर क्राइम रहेको छ ।

पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख र सबै विभागीय प्रमुखले दिए राजीनामा

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । स्रोतका अनुसार सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका स्रोतले बतायो ।

पाँंच हजारले गरे नेक इन्जेनियम अवलोकन

काठमाडौं । भक्तपुरमा एकदिने नेक इन्जेनियम २०२३ प्रदर्शनी बिहीबार सकिएको छ । प्रदर्शनीको झण्डै पाँंच हजार विद्यार्थीले अवलोकन गरेको जनाइएको छ । त्यसका लागि आयोजकले काठमाडौं उपत्यकाका विभिन्न स्कुल कलेजहरुलाई निमन्त्रणा गरिएको थिको । साथै काठमाडौंको दुई छुुटाछुटै स्थानहरुबाट प्रदर्शनीमा आउने विद्यार्थीलाई निशुल्क बस सुविधाको व्यवस्था गरेको थियो । जिल्लाको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा आन्तरिक र बाह्य गरी एक सय भन्दा वढी स्टलहरु रहेका थिए । विशेष गरी इन्जिनियरिंग सम्वन्धि सम्वन्धित स्टलहरु वढी रहेका थिए । बाहिरका प्लस टु साइन्स र भित्रका स्नातक तहका इन्जिनियरिंगका विद्यार्थीले स्टल राखेको जनाइएको छ । प्रदर्शनीको एक कार्यक्रमवीच चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले रिवन काटेर गरेका थिए । त्यस अवसरमा उनले कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने योजना रहेको बताए । कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरेको सुनाए । प्रदर्शनी संयोजक विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता हुने जनाए । उनका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्ससहित विभिन्न प्रकारका प्रतियोगिताहरू हुने छन् । दस जोड दुईका विद्यार्थीहरूको लागि परियोजना प्रतियोगितासमेत हुने छन् । प्रदर्शनीलाई अझ रोमाञ्चक बनाउन विजेताहरूको लागि पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । असाधारण प्रतिभा र रचनात्मकता प्रदर्शन गर्नेहरूलाई पुरस्कारहरूको व्यवस्था रहेको उनको भनाई थियो । प्रदर्शनीमा दस जोड दुईका विद्यार्थीहरूका लागि खुला विज्ञान परियोजना प्रतियोगिता पनि हुने जनाइयो । यहाँं सहभागी प्रतियोगीहरुमध्ये सर्वाेत्कृष्टलाई ३० हजारसम्मको पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । ‘यो प्रदर्शनी प्रतिभा प्रस्फुटन मात्र होइन; यो इन्जिनियरहरू, आविष्कारकहरू र समस्या समाधानकर्ताहरूको भावी पुस्तालाई उनीहरूको कडा परिश्रमको इनाम दिँदै प्रेरणा दिनेबारे हो, प्रदर्शनी संयोजक श्रेष्ठले थपे, चाहे तपाईं विद्यार्थी, शिक्षक वा प्राविधिक नै किन नहोस् सवैका लागि नेटवर्किङका अवसरहरू र अत्याधुनिक परियोजनाहरू र डिजाइनहरू हेर्ने मौकाले भरिएको हुने हामी प्रतिज्ञा गर्दछौ ।’ विचारलाई यथार्थमा रूपान्तरण गर्दै भन्ने नाराका साथ प्रदर्शनी र प्रतियोगिताहरू हुन लागेको जनाएको छ । नेपालभरका कलेज र संस्थाहरूका विद्यार्थी, शिक्षक र प्राविधिक उत्साहीहरूलाई आयोजक नेपाल इन्जिनियरिङ कलेजमा प्रेरणा र आविष्कारको दिनमा सामेल हुन हार्दिक निमन्त्रणा गरेको छ । प्रदर्शनीका लागि प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल इको प्यानललगायतको प्रायोजन रहेको जनाइएको छ । त्यसकारण त्यहाँं उनीहरुका स्टलहरु पनि रहेका छन् ।