शुक्रबार र शनिबार काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंको बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ । आईसीटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन् । कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ । नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवर्द्धन गर्न २ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरिएको लिभिङ विथ आईसीटीको अध्यक्ष राजन लम्सालले बताए । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ । फेस्ट तथा स्टिम क्याम्पमा सहभागी हुने अवलोकनकर्ताले कुनै शुल्क तिर्नु पर्ने छैन् । यसअघि मंगलबार र बुधबार किंग्स कलेजमा काठमाण्डौ बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन भइसकेको छ । कार्यक्रममार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टम विकासका लागि आह्वान गरेको छ । अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन् । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक(एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्ड समेत प्रदान गरिने छ । आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् । कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु पनि प्रशारण गर्नेछ ।

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ‘क्वान्टम डट’को खोजी गर्ने तीन वैज्ञानिकलाई

काठमाडौं । रसायनशास्त्र तर्फको यो वर्षको नोबेल पुरस्कार क्वान्टम डट खोजी र संश्लेषण गर्ने मुङ्गी बावेन्डी, लुई ब्रुस अलेस्की एकमोभलाई संयुक्त रुपमा प्रदान गरिने भएको हो । क्वान्टम डटु भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन् । जसले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन् । जसलाई सौर्य प्यानलमा पनि प्रयोग गरिन्छ । ट्युमरको अप्रेसन प्रकृयामा कोषलाई देखिनेगरी उज्यालो बनाउन पनि क्वान्टम डट जडित प्रविधिको प्रयोग गर्ने गरिन्छ । पुरस्का प्राप्त गर्ने तीनैजना अमेरिकामाकार्यरत वैज्ञानिक हुन् ।

इन्जिनियरिङकाे प्रवेश परीक्षा अनिश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको विभिन्न कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न तय गरेको प्रवेश परीक्षा अनिश्चित भएको छ । अध्ययन संस्थानअन्तर्गत परीक्षा बोर्डका अध्यक्ष सहितका सदस्य र सल्लाहकारहरुले परीक्षा गराउन नसकिने भन्दै राजीनामा दिएपछि २२ गतेको लागि तोकिएको प्रवेश परीक्षा अनिश्चित भएको हो । प्रवेश परीक्षाको लागि १९ गतेसम्म फाराम भर्ने र २२ गतेदेखि परीक्षा सञ्चालन गर्न नसकिने भन्दै बोर्डका पदाधिकारीहरुले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । पदाधिकारीहरुले राजीनामा दिएपछि इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले सूचना निकालेर अर्को सूचना प्रकाशन नभए सम्मका लागि प्रवेश परीक्षा स्थगित भएको उल्लेख गरेको छ ।