अटिजम भएका बालबालिकाका लागि विद्यालय बनाउन कार्यक्रम गर्दै राउण्ड टेबल

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाम दिईएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिने संस्थाले जनाएको छ । यसका साथै संस्थाले डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गर्ने जनाएको छ । कम्पनीले यसका लागि असार ४ गते  दि मल्ल होटलमा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ । ुजुन वियर कार्निभलुको नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारिवारिक कार्निभलको संयुक्त रुप हुने संस्थाले जनाएको छ । यस कार्यक्रमबाट भएको आम्दानिको सबै रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताए । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षा र मनोरञ्जनका लागि काम गर्ने योजनाको यो पहिलो पाईला भएको बताउँदै अध्यक्ष केडियाले थप विभिन्न कार्यक्रमहरु भविष्यमा गरिने योजना रहेको समेत बताए । सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सि। के। गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । ३६ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी नेपालभरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पु¥याई सकेको छ ।

शिक्षामन्त्रीले दातृ निकायसँग भने –स्रोतको अभाव हुनसक्छ, सहयोग गुर्नप¥यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् । शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री पौडेलले सो कुरा बताएका हुन । उनले कोभिडको समयमा गुमेको सिकाई क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बढ्ने बताए । उनले समयवद्ध रूपमा विद्यालय, शिक्षालय एवम् उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाएका थिए । ‘शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौं,’ मन्त्री पौडेलले भने, ‘यी कार्यहरू पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न । यसमा दातृ निकायले सहयोग गर्नुप¥यो ।’ प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार गर्न र सिकेको ज्ञान र सीपलाई रोजगारी र आर्य आर्जनसँग आबद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षण रुपमा कार्यान्वयनमा ल्याएको बताए । मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकुल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको जानकारी गराएका थिए । शिक्षामन्त्री र जापानका राजदूतसँग शिष्टचार भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र जापानका महामहिम राजदूत किकुता युताबीच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षको विद्यालय शिक्षा योजना तर्जुमा गरिरहेका बताउँदै सहयोग गर्न मन्त्रीले आग्रह गरे । जापान सरकारबाट नेपालको शैक्षिक विकासका लागि सहयोग प्राप्त हुने बताउँदैमन्त्री पौडेलले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे । भेटवार्तामा अध्ययनका लागि जापान गएका विद्यार्थीको अवस्था र उत्पादित जनशक्तिको विषयमा छलफल भएको थियो ।

‘जुन शिक्षाले रोजगार दिँदैन, त्यस्तो शिक्षाको के काम’

काठमाडौं । सांसद भरतकुमार शाहले नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड छन् । उनी सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् । शुक्रबार संसदमा जारी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सझाव दिने क्रममा शिक्षाको प्रणालीगत सुधार गर्न आवश्यकता रहेको बताएका हुन् । ‘जुन शिक्षाले रोगार दिँदैन, त्यस्तो शिक्षाको के काम’ उनले प्रश्न गर्दै भने,’रोजगार दिने शिक्षाको व्यवस्था गर्नुपर्छ ।’ साथै कृषकको विद्युत् महशुल कम गराउन विद्युतलाई किसानको खेतखेतमा पुर्‍याउनुपर्नेसमेत बताएका छ ।