त्रिवि पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित गरेको छ । बिहिबार बसेको विश्वविद्यालयको बैठकले पोस्ट ग्रेजुऐट डिप्लोमाको ३ विषयको परीक्षा स्थगित गरेको त्रिवि अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक पशुपति अधिकारीले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका हो । त्रिविले बुधबार नै स्नातक तह चौथों वर्षको परीक्षा पनि रद्ध गरेको छ । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।
त्रिवि स्नातक तह चौथो वर्षको पनि सबै परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पनि स्नताक तह चौथों वर्षको सबै परीक्षा स्थगित गरेको छ । बिहिबार बसेको त्रिविको बैठकले अर्का सुचना नआएसम्मको लागि सबै परीक्षा रद्ध गरेको त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक डा. घनश्याम ठाकुरले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि बिएस्सी चौथों वर्ष, बिबिएस चौथों वर्ष र बि.एड चौथो वर्षको परीक्षा स्थगित गरेको हो । त्रिविले बुधबार नै पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका छ । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।
त्रिविको सबै स्थगित परीक्षा सहज वातवरण भएपछि मात्र हुन्छ: उपकुलपति धर्मकान्त बास्कोटा
काठमाडौं । त्रिविको सबै स्थगित परीक्षा लकडाउन अन्त्य भई सहज वातवरण सिर्जन भएपछि मात्र संचालन हुने भएको छ । बुधबार एक विज्ञप्ती मार्फत त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले सबै स्थगित परीक्षा लकडाउन अन्त्य भई सहज वातवरण सिर्जन भएपछि क्रमश पुर्ण तालिका बनाई संचालन गर्न बताएका हुन् । कोरोनाभाईरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले चैत ६ गतेको एसईईको साथै चैत महिनाको विश्वविद्यालयहरुको सबै परीक्षा स्थगित गरेको थियो । लकडाउन लम्बिएसँगै त्रिविको अन्य परीक्षा पनि स्थगित हुने त्रिवि अन्तर्गतको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।