अल्फा बिटामा एजुकेसन फेयर हुँदै

काठमाडौं । माघ ४ गतेदेखि अल्फा बिटाले अष्ट्रेलिया एजुकेसन फेयर गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधि सहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्विराज शर्माले जानकारी दिए । मेलामा अष्ट्रेलियाका २५ वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने भएको छ भने विद्यार्थीहरुले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्ष लगाएतका विषयमा सूचना प्राप्त गर्ने छन् । सहभागि विद्यार्थीहरुले सो दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस, पिटिइ, टोफल लगाएतका तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गर्ने भएको छ । मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा रहेको अल्फा बिटाले जनाएको छ ।

इन्जिनियरिंगका तीन विद्यार्थीले विकास गरे चिचिला एप्स, साना विद्यार्थीका लागि बहुउपयोगी

काठमाडौं । भक्तपुरका विद्यार्थीले बुधबार ‘चिचिला’ मोवाइल एप्लिकेशन (एप्स) को लन्च (शुभारम्भ) गरेका छन् । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायणका विद्यार्थीले बालबालिकाहरुको प्रयोगका लागि उपयोगी चिचिला मोवाइल एप्लिकेशनको शुरुवात गरेका छन् । रोवोर्ट हस्तान्तरण तथा मोवाइल एप्लिकेशन कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा श्रेष्ठले एप्लिकेशन लन्च गरेका हुन् । कलेजमा कम्प्युटर विभाग अन्तर्गत स्नातक तहमा कम्प्युटर इन्जिनियरिंग अध्ययनरत तीन जना विद्यार्थीले एप्लिकेशनको विकास गरेका हुन् । व्याचुलर इन कम्प्युटर इन्जिनियरिंगमा अध्ययनरत केशव घिमिरे, पोषण शर्मा र दुर्गाबहादुर कुँंवरले एप्लिकेशन तयार पारेका हुन् । उक्त कार्यक्रममा एप्लिकेशन तयार गर्ने विद्यार्थीले यो एप्लिकेशन ससाना विद्यार्थीका लागि बहुउपयोगी हुने जानकारी दिएका थिए । बालबालिकाहरुलाई उनीहरुकै उमेरमा ज्ञान दिन सकिए पछि त्यो समाजकै लागि उपयोगी हुने विश्वास उनीहरुको छ । एप्लिकेशनले बालबालिकाहरुलाई नेपाली सिक्न पनि सहयोग पुराउने भएको छ । स्टोरबाट डाउनलोड गरी मोवाइलबाट बालबालिकाहरुले यो एप्लिकेशन चलाउन सकिने जनाइएको छ । बालबालिकाका लागि दिएको शिक्षा भोलिको देशकै लागि सम्पती हुने चर्चा गर्दै जापानमा सुनामी आउँंदा एक जना साना बालकले चारपाँंच सय मानिसलाई जोगाएको स्मरण गर्दै उनले बालबालिकाको शिक्षामा जोड दिए ।

ग्लोबल आइएमई नेपाल शैक्षिक परामर्श संघको आधिकारिक बैंक

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) को १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्चशिक्षा अध्ययनका लागि विद्मार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिन भित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ । ग्लोबल आइएमई बैंकको हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुबीच सेवा प्रदान गर्दै आइरहेको छ ।