पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीद्वारा गण्डकी मेडिकल कलेज खारेज गर्न माग
काठमाडौं। गण्डकी मेडिकल कलेजले तोके भन्दा बढी शुल्क लिएको भन्दै पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कलेज खारेजको माग गरेका छन्। कलेजले विद्यार्थीलाई ४२ लाख लिनुपर्ने ठाउँमा ५२ लाख लिएको र त्यसैले यस्ता कलेजलाई सरकारले अनुगमन गरी खारेज गर्नपर्ने उनले बताए। गण्डकी मेडिकल कलेजका विद्यार्थी कलेजले बढी शुल्क लिएको भन्दै गत माघ १७ देखि देखी आन्दोलनमा छन्। विद्यार्थीले तालाबन्धी लगाए पनि कलेज प्रशासनले प्रहरीको बल प्रयोग गरी ताला खोलेको थियो। ताला खोलिए पनि विद्यार्थोहरुले अझै अनसन जारी राखेका छन्।
सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता, २५ लाखसम्म पाउने
काठमाडौँ । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका उपरथी ताराध्वज पाण्डे र प्रभु बैंक लि.का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच आज सम्पन्न सम्झौता बमोजिम नेपाल सैनिकजंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथावन विज्ञान संकायमा स्नातकवा सो भन्दामाथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंक लि.को बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विधार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट उपलब्ध हुनेछ ।
वीपी प्रतिष्ठानमा उपकुलपति फेर्ने स्वाथ्यमन्त्रीकाे तयारी, को को छन् दौडमा ?
काठमाण्डौ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू अनुकुलका उपकुलपति राख्ने तयारी थालेका छन् । हालका उपकुलपतिको कार्यकाल करिब साढे ३ वर्ष बाँकी छँदै उनले हटाउने र नयाँ उपकुलपति नियुक्त गर्न खोजिएको स्रोतले बतायो । प्रत्येक पटक भिसी नियुक्तिमा निकै ठूलो रकमको चलखेल हुने र आर्थिक लाभको उदेश्यले सरकारीले भीसी परिवर्तन गर्न लागेको आरोप सरकारमाथि लागेको छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चालक समितिको निर्णय अनुरुप प्रधानमन्त्री तथा तत्कालीन मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको थियो । सचिव केदारबहादुर अधिकारीले दिएको प्रतिवेदन गोप्य राखिएको छ । त्यसपछि बी.पी. विज्ञान स्वास्थ्य प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमितता माथि छानबिन गर्न भन्दै नयाँ कमिटि गठन भएको थियो । प्रचण्ड सरकारको पालामा २०७३ फागुन १७ गते प्रा.डा. राजकुमार रौनियार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त भएका हुन् । प्रतिष्ठानका पूर्व उपकूलपति प्रा.डा.बलभद्र दास र रजिष्टार तुलबहादुर श्रेष्ठले सञ्चालक परिषद्को बैठकबाट स्वीकृति नलिई लागत बढाई ४०० शैयाको मातृशिशु भवन निर्माणको ठेक्का र २०० शैयाको कार्डियोलोजी भवन तथा अंकोलोजी भवनहरुको निर्माण सम्बन्धी प्रक्रिया अगाडि बढाएपछि यस संस्थाको आर्थिक मामिलामा विवाद हुँदै आएको छ । संचालक परिषद्को ४१ औं सभाले निर्णय नं. ६९३० मा सभामा उपस्थित सभासद्हरुले प्रतिष्ठानमा दिनानुदिन बढ्दै गइरहेको बिरामीको चाप एवं विशेषज्ञ सेवा दिन आवश्यक रहेकोले आ.व.२०७२/०७३ देखि निर्माण शुरु भएको भवनलाई निरन्तरता दिनुपर्ने राय सुझाव दिएको थियो । संचालन परिषद्को ४० औं सभाबाट उक्त भवनहरुको बजेटको सुनिश्चितता सम्बन्धमा तत्कालीन स्वास्थ्य सचिवको संयोजकत्वमा गठित समितिबाट प्रतिवेदन पेश नभएको अवस्थामा आदिलाई मध्यनजर गरी एक छानबिन समिति गठन गर्ने र उक्त समितिको प्रतिवेदन प्राप्त भएपछि उक्त भवनहरुको निर्माणको विषयमा प्रक्रिया अगाडि बढाउने सम्बन्धमा सभाका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई अख्तियारी दिईएको थियो । बी.पी. प्रतिष्ठान पूर्व भीसी बलभद्र प्रसाद दास र रजिष्टार तुलबहादुर श्रेष्ठको मिलेमतोमा भएको भ्रष्टाचार ढाकछोप गर्न भीसी परिवर्तनको खेल भएको आरोप लागेको छ । २०७५ भदौ १७ गते प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) बमोजिम सहकुलपति तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा डा. गुरुप्रसाद खनाल, सिनेटर, बी.पी. प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठ रहेको छानबिन समिति गठन गरिएको थियो ।