जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्वन्धी सम्झौता भएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।  

आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्सका सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले उक्त सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात हरपुर नगरपालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्सबााट गर्नसक्ने छन् । नगरपालिकाले नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरको दुर्घटना बीमा गराई आफना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुने जानकारी दिए । सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरवासी दाजुभाई तथा दिदी बहिनीहरुको भैतिक सम्पत्ति, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात नगरवासी दाजुभाई तथा दिदी बहिनीको सम्पत्तीको कुनै क्षेति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न सकिने छ । आइएमई जनरल इन्स्योरेन्सका सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुरले नगरपालिकाले आफना नगरबासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान जानकारी दिएका छन् ।

मुक्तिनाथ विकास र वेर्ष्टन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मुक्तिनाथ विकास बैंक र वेर्ष्टन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको कुल ५४ लाख ७७ हजार ५२९ कित्ता बोनस नेप्सेमा थपिएको हो । जसमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको सेयर थपिएको छ । विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, वेर्ष्टन डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।