आरएमडीसीको कर्जा बिश्लेषण तालिम सम्पन्न

काठमाडौं। आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखाकार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी ३ दिने तालिमगोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३२ वटा सहकारी संस्थाका ३२ जना ऋण हेर्ने कर्मचारी तथा ऋण समितीको संयोजकहरुको सहभागीता रहेको थियो। उक्त तालिम कार्यक्रमको संचालन शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रमको संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गरेका थिए। उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसीका प्रबन्धक श्री भोलानाथ रेग्मी र ईटहरी शाखाका शाखा प्रबन्धक श्री गोबिन्द प्रसाद पौडेलले भुमिका निर्वाह गरेका थिए। उनिहरुले कुनै पनि बित्तीय संस्थाको मुख्य आम्दानी भनेको ऋण लगानीबाट प्राप्तहुने ब्याज रहेको हुदा संस्थाले ऋण लगानी गर्दा बिशेष ध्यानदिनु पर्ने कुरा दर्शाएका थिए। प्रशिक्षकहरुले ऋण लगानीका सिद्धान्तहरु, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापन, नगद प्रवाह विवरणको फिल्डमा गै अभ्यास गरिनुका साथै ऋण बिश्लेषण फारम, ऋणका गुण स्तरका साथै बित्तीय सुचकहरुका बारेमाजानकारी दिदै ऋण उप–समिती र ऋण अधिकृतको जिम्मेवारी,ज्ञान,सिपका बारेमासमेत प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरुले तालिमलाई सहभागीता मुलक बनाउन बिभिन्न विषयमा समूह कार्य पनि गराएका थिए।

६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।

उन्नती माईक्रोफाईनान्सकोे साधारणसभाबाट ४० % बोनश सेयर स्वीकृत

भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा अवस्थित उन्नती माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले शनिबार चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिको माघ ३ गते बसेको एक सय २५ औं बैठकको निर्णय अनुसार संस्थाले २६ गते चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष अनिता ढुङ्गाना शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाले पाँच वटा सामान्य र सात वटा विशेष प्रस्ताव पास गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रेमबहादुर पाठकले जानकारी गराए । पाठकले उपलब्ध गराएको जानकारी अनुसार चुक्तापुँजीको दुई दशमलव १३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस स्वीकृत गरेको छ । त्यसैगरी उक्त साधारणसभाले ४० दशमलव ५० प्रतिशत बोनस सेयर, संस्थाको नाम संशोधन, ५ः१ को अनुपात अर्थात २० प्रतिशत हकप्रद सेयर जारी, अधिकृत, जारी र चुक्तापुँजी बृद्धि, कार्य क्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती, संशोधन तथा परिमार्जनमा सञ्चालक समीतिलाई अख्तियारी र मर्जर तथा गाभ्ने/गाभिने, प्राप्ती गर्ने वा प्राप्ती हुन जान आवश्यक काम कारवाहीको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सात वटा विशेष प्रस्तावहरु पारित गरेको छ । ४४ करोड ५१ लाख निक्षेप संकलन गरी एक अर्ब ३६ करोड कर्जा प्रवाह गरेको संस्थाले हाल ३९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ ।