चौधरी ग्रुपले २५ करोड सहयोग दिने
विकासन्युज/काठमाडौं २३ बैशाख । औद्योगिक घराना चौधरी ग्रुपले विनासकारी भुकम्पवाट क्षति भएकाहरुको लागि २५ करोड रुपैयाँ राहत दिने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ग्रुपका अध्यक्ष विनोद कुमार चौधरीले यस्तो राहतको घोषणा गरेका हुन् । यस्तै ग्रुपले १० हजार ओटा घर तथा सयवटा विद्यालय भबन पुननिर्माण गर्न सहयोग गर्ने पनि जानकारी दिइएको छ ।
पार्क होराइजनमा बस्नै नमिल्ने, छ वटा अपार्टमेन्टलाई पहेँलो र पाँच वटालाई निलो स्टिकर
२२ वैशाख । सहरी विकास तथा भवन निर्माण विभागले धापासीको पार्क भ्यु होराईजन अपार्टमेन्टलाई बसोबास गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको छ । बिभागको अनुगमन टोलीले महाभूकम्पका कारण होराईजनका पिलर तथा विममा समेत क्षति पुगेको भन्दै बसोबासका लागि अयोग्य रहेको निष्कर्षसहित रातो स्टिकर टाँसेको हो । बिभागको अनुगमन टोलीले उपत्यकाभित्रका अपार्टमेन्ट र संयुक्त आवास भवनमा भएको क्षतिका सम्बन्धमा स्थलगत अध्ययन गरी भवनको वास्तविक अवस्थाका बारेमा अहिले विभागका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशी संयोजकत्वको टोलीले स्थलगत रुपमा द्रुत लेखाजोखा मूल्याङ्कन गरिरहेको छ । भूकम्पले धापासीको पार्क भ्यू होराइजन अपार्टमेन्टमा संरचनागत क्षति पुर्याए पनि अन्य अपार्टमेन्टमा भने घरभित्रका भित्ता मात्र चर्किएको सहरी विकास तथा भवन निर्माण विभागबाट गएको अनुगमन टोलीले जनाएको छ । टोलीले हालसम्म एक दर्जनभन्दा बढी अपार्टमेन्टको स्थलगत अध्ययन गरी रातो (बस्न नमिल्ने), पहेँलो (सामान झिक्न तथा मर्मत गरेर बस्न मिल्ने) र हरियो (बस्न मिल्ने) तीन भागमा वर्गीकरण गरी सोही किसिमका स्टिकर टाँस्ने कामसमेत सुरु गरेको छ । बुधबारदेखि अनुगमन थालेको टोलीले सर्वसाधारणको जानकारी र सावधानीका लागि धापासीको पार्क भ्यू होराइजन अपार्टमेन्टमा रातो स्टिकर टाँसेको हो भने अनुगमन गरिसकेका अन्य छ अपार्टमेन्टमा पहेँलो र पाँच अपार्टमेन्टमा हरियो स्टिकर टाँसेको छ । अनुगमनपछि टोलीले चण्डोलको प्रेस्टिज, बालुवाटारको विनायक, धुम्बाराहीको ग्य्रान्ड, टोखाको ग्य्रान्डी–१, टोखाको ग्य्रान्डी–२ र हात्तिबनको सिटिस्क्याप अपार्टमेन्टमा पहेँलो स्टिकर टाँसेको छ भने भाटभटेनीको इन्दे्रणी–१, भाटभटेनीको इन्दे्रणी–२, भाटभटेनीस्थित भाटभटेनी, लाजिम्पाटको टिसिएच र धुम्बाराहीस्थित धुम्बाराही अपार्टमेन्टमा हरियो स्टिकर टाँसिसकेको छ । उपत्यकाका तीनै जिल्लामा विभिन्न व्यक्ति र कम्पनीले विभागबाट ७० अपार्टमेन्ट निर्माणका लागि स्वीकृति लिएको र त्यसमध्ये निर्माण कार्य सम्पन्न भएकामध्ये ३० भवनमा मानिस बसिसकेको विभागको तथ्याङ्क छ । भूकम्पले राजधानीका अपार्टमेन्ट चर्किएपछि अधिकांश मानिस कि घर छोडेर बाहिर आफन्तको शरणमा बसेका छन् कि सोही घरमा डराएर बस्न बाध्य छन् ।
राहत वितरणमा शिर्ष नेताको दौडधुप(फोटो फिचरसहित)
बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट पिडितहरुलाई राहत वितरण गर्न शिर्ष नेताहरु आफैं दौडधुप गरिरहेको छ । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल राहत वितरणमा जुटेको एक हप्ता नाघि सकेको छ भने अर्का बरिष्ठ नेता झलनाथ खनालले समेत राहत वितरण गरेका छन् । फोटोः नेताहरुको फेसबुकबाट एमाओवादीका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राहत वितरणमा सक्रियता बढाएका छन् भने एमाओवादी कै बरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राजधानी तथा गोरखामा राहत वितरण गरेका छन् । काँग्रेस उपसभापति रामचन्द्र पौडेल पनि भूकम्प पिडितलाई साथ दिन भन्दै तनहुँ गएका छन् । नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले सरकार प्रमुखका रुपमा सोमबार सिन्धुपाल्चोक भ्रमण गरेका छन् । एमाले सचिव तथा युवा नेता योगेश भट्टराईले पनि गोंगबुमा राहत वितरण गरिरहेका छन् । काँग्रेस युवा नेता गगन थापाले राजधानीकै बिभिन्न स्थानमा राहत बाँढिरहेका छन् । तराई मधेश केन्द्रित राजनीतिक दलका नेताहरुले समेत राहत वितरणमा आफुलाई सक्रिय बनाएका छन् । उपेन्द्र यादव र हृदयेश त्रिपाठीले भूकम्प पिडितलाई राहत वितरण गरेका हुन् । भूकम्प पिडितलाई राहत वितरणमा खटिएका नेताहरुले आफ्नै प्रयासमा संकलित समाग्री वितरण गरिरहेका छन् । हप्ता अघि देखि माधव नेपाल एमाले बरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्प पिडितको उद्धार तथा राहत वितरणमा एक हप्ता अघि देखि नै सक्रियता देखाउँदै आएका छन् । उनले बैशाख १४ गते बिहानै देखि राजधानीका बिभिन्न क्षेत्रको भ्रमण, पिडितसँग भेटघाट तथा राहत वितरण गर्दै आएका छन् । उनले आफ्नै पहलमा संकलित एक हजार बोरा चामल वितरण गरेका थिए । यसबिचमा उनले भुकम्पपछि पुनःनिर्माणका लागि बिभिन्न कुटनितिक नियोगका प्रमुखहरुसँग निरन्तर छलफल समेत गरिरहेका छन् । किर्तिपुर हुँदै सिन्धुपाल्चोकसम्म प्रचण्ड एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किर्तिपुरदेखि सिन्धुपाल्चोकसम्म पुगेर राहत वितरण गरेका छन् । किर्तिपुर प्रचण्डको निर्वाचन क्षेत्र पनि हो भने सिन्धुपाल्चोकमा उनी अग्नि सापकोटासँग राहत बाँढ्न गएका हुन् । झलनाथ र योगेशसँगसँगै एमालेकै बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले गोंगबु क्षेत्रका पिडितलाई राहत वितरण गरेका छन् । एमाले सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र समेत रहेको गोंगबुमा खनालले भट्टराईसँगै गएर राहत वितरण गरेका हुन् । गोरखामा बाबुराम एमाओवादीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्पबाट अति प्रभावित गृह जिल्ला गोरखामा राहत बाँढीरहेका छन् । उनले राहत वितरणमा दलगत र गुटगत प्रवृति नदेखाउन समेत आग्रह गरेका छन । उनले फेसबुकमा लेखेका छन्–‘मैले आफ्नो तथा पार्टीको पहलमा संकलित राहत सामाग्री प्रजिअको संयोजकत्वमा रहेको जिल्ला प्राकृतिक प्रकोप उद्धार समिति मार्फत नै पठाउँदै आएको छु र जेजति संकलित हुनेछ त्यही प्रक्रियाबाटै वितरण गर्नेछु !’ रामचन्द्रको तनहुँ अभियान रामचन्द्र पौडेलले बैशाख २० गते आफ्नो फेसबुकमा यस्तो लेखेका छन्– म महाभुकम्प पछिको अवस्थाका वारेमा जानकारी लिन तथा राहात तथा उद्धार एवं पुननिर्माण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी लिन आजवाट केही दिन तनहूँ लमजुङ्ग र गोर्खा रहनेछु । उनले तनहुँमा भूकम्प पिडितका लागि राहत वितरण गरिरहेका छन् भने पुनः निर्माणको खाकाबारे सकारोवाला निकायहरुसँग छलफल समेत गरिरहेका छन । दौडमा मधेशी नेता पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार भक्तपुर क्षेत्रका भूकम्प पिडितलाई राहत बाँढेका छन् । त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले पनि शनिबारै गोरखा पुगेर राहत वितरण गरेका छन् ।