सिटिजन्स बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाँउनेछन् ।

३ करोड जनसंख्यालाई ६१३७ डाक्टर, १ डाक्टरले ४७२५ जनालाई उपचार, कुन रोगको कति हेर्नुहोस

काठमाडौं । नेपालमा एक विशेषज्ञ चिकित्सक (डाक्टर) ले ४ हजार ७२५ जना विरामी हेर्नुपर्ने देखिएको छ ।  हालसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ६ हजार १३७ जना मात्र रहेका छन् । अहिले २ करोड ९० लाख जनसंख्यालाई हिसाव गर्दा एउटा चिकित्सकले ४ हजार ७२५ जनालाई उपचार गर्नुपर्छ । कुल चिकित्सक मध्ये पुरुषको संख्या ४ हजार ३८९ र महिलाको संख्या १ हजार ७४८ जना रहेको नेपाल मेडिकल एसोसिएसनले जनाएको छ । सबैभन्दा कम चिकित्सक कार्डिक सर्जरीमा रहेको एसोसियसनले जनाएको छ । ट्रान्सफुजन मेडिसिन एन्ड टिस्युटाइपिङमा १ जना मात्र चिकित्सक छन् । सबैभन्दा बढी चिकित्सक इन्टरनल मेडिसिनमा रहेका छन् । यस्तै अवस्टीक एन्ड गाइनेमा ६२२, पेडट्रिक्समा ५०४, जनरल सर्जरीमा ५५६, अर्थोपेडिकमा ४७५, रेडियोलोजी एन्ड एमाइजिनमा ३५२, अप्टोमनोलोजी २९१ जना रहेका छन् ।    

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ग्राण्डी हस्पिटलमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७.५ प्रतिशत छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।