१४ वर्षीय सानिमाको अपहरण विवाहपछि जागेको प्रशंसाको प्रशंसनीय चेत
काठमाडौं । सन् २०१८ मा प्रशंसा केसीले ग्लोकल टीन हिरोको उपाधी हात पारिन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै १९ वर्षीय प्रशंसाले उपाधी हात पारेकी हुन् । आखिर के थियो प्रशंशामा, जसले उनलाई यो उपाधीको लागि दाबेदार ठान्यो ? आउनुहोस् आज उनको यात्रालाई नजिकबाट नियालौं । १९ वर्षीय प्रशंसा केसी रुकममा जन्मिएकी हुन् । उनी ६ वर्षको हुँदा उनको १४ वर्षीय सानिमालाई २४ वर्षीय युवकले अपहरण गर्यो । अपहरण गरेर लगेपछि उनकी सानिमाको त्यही युवकसँग विवाह भयो । धेरैका लागि यो घटना अनौठो लागे पनि रुकुमका लागि नयाँ थिएन । उनको गाउँमा यस्तो ‘चलन’ वर्षौंदेखि चल्दै आएको थियो । त्यसैले उनको सानिमाको अपहरणकारीसँगै विवाह हुँदा गाउँका कसैले केही पनि भनेनन् । ६ वर्षीय प्रशंसालाई यो विवाह रोकेर सानिमालाई एउटा निकै सुन्दर जिन्दगी दिन मन थियो । तर त्यो रोक्न र मानिसहरुको ध्यान आकर्षण गर्नको लागि उनले उठाउन खोजेको आवाज निकै नै सानो थियो । आफ्नो सानिमामाथि भएको घटनाले प्रशंसाको त्यो कलिलो दिमागमा एउटा गहिरो छाप बनाइसकेको थियो । उनले त्यो घटनालाई कहिल्यै बिर्सन सकिनन् । त्यो चोटले उनलाई बारम्बार पिरोलिरहन्थ्यो । प्रशंसा ८ वर्षको हुँदा उनको परिवारले रुकुम छोडेर काठाडौं बसाई सराई गर्यो । काठमाडौं आएपछि पनि उनलाई त्यो नमिठो घटनाले लखेट्न छोडेको थिएन । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अन्ततः उनले परिवर्तनको लागि पर्खनुभन्दा आफैं नै गरेर देखाउँने निधो गरिन् । त्यसपछि १५ वर्षको उमेरमा पहिलोपल्ट प्रशंसाले बुवाको तलबको सहयोगमा रुकुम जिल्लामै पहिलोपटक अपहरण विवाह र बालविवाह विरुद्ध अभियान सुरु गरिन् । यो अभियान संचालन गर्ने उनी पहिलो व्यक्ति थिइन् । यसअघि रुकुममा अपहरण र बालविवाह सम्बिन्धी कसैले पनि अभियान संचालन गरेका थिएनन् । कुनै पनि सम्बन्धित निकायको यसमा ध्यान गएको थिएन । त्यसपछि प्रशंसाले सन् २०१७ मा बालविवाह र अपहरण विवाहको विरुद्ध २१ दिने लामो अभियान नै चलाइन । उनले सो अभियानको क्रममा १० किलो वजन पनि घटाइन् । उनले अभियान सुरु गर्ने बेलासम्म पनि रुकुममा ८० प्रतिशत अपहरण विवाह र बालविवाह हुने गर्दथ्यो । तर, अहिले अपहरण विवाह भने निकै घटेर गएको छ । बालविवाह भने अझै पनि ८० प्रतिशत नै रहेको प्रशंसा बताउँछिन् । प्रशंसाले ग्लोकल टिन हिरोको बारेमा सन् २०१७ का ग्लोकल टिन हिरो सचिन डाँगीबाट थाहा पाएकी थिईन् । उनलाई आफ्नो कामको लागि पहिचान चाहिएको थियो । र, यसको लागि उनले ग्लोकन टीन हिरोको स्टेज रोजिन् । ६ जनालाई पछि पार्दै उनले उपाधी पनि जितिन् । ‘ग्लोकन टीन हिरो भएपछि मेरो जिवनमा धेरै राम्रा राम्रा घटनाहरु भए, त्यसमा पनि मेरो लागि सबैभन्दा महत्वपूर्ण थियो मेरो कामको पहिचान । एउटा सामाजिक अभियान्ताको लागि आफ्नो कामको पहिचान सबैभन्दा ठूलो कुरा हुँदो रहेछ, मैले त्यहीँ पाएँ,’ प्रशंसा भन्छिन् । उनलाई अहिले महसुस भएको छ, समाजिक परिवर्तन एक जनाले मात्रे गरेर सम्भव छैन । परिवर्तनका लागि सबैको सहभागिता जरुरी छ । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । उनलाई त्यो उपाधीले धेरै मानिसहरुसँग सम्पर्क राख्न तथा विभिन्न प्रकारका सम्मेलनमा आफ्नो कुराहरु राख्न मद्दत गर्यो । उनले आफ्नो जस्तै सोच भएको धरै मानिसलाई भेटिन् । र, आफ्नो सोचसँग मिल्ने सोच भएकाहरुसँग मिलेर काम गर्ने मौका पनि पाइन् । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । र, शिक्षा नै नारी सशक्तिकरणको लागि सबैभन्दा राम्रो उपाय रहेको उनको निर्क्यौल छ । ‘मध्यपश्चिम क्षेत्रका किशोरीहरु लजालु हुन्छन् । उनीहरु हामी जस्तो आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । शिक्षा यस्तो पाटो हो, जसले उनीहरुलाई आफ्नो भावना व्यक्त गर्न मद्दत गर्दछ,’ प्रशंसाले भनिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । जिन्दगी आएका कुनै पनि समस्यालाई हल गर्न सक्छु भन्ने विश्वास प्रशंसालाई छ । आफ्नो सोच अनुसार काम गर्ने राम्रो प्लेटफर्म पाएकोले ग्लोकल टिन हिरोको उपाधीलाई उनी जीवनको सबैभन्दा ठुलो उपलब्धीको रुपमा लिन्छिन् । प्रशंसासँग एक अभियान्ताको साथै फिल्म मेकिङको पनि चाहना छ । सामाजिक कुराहरुको विषयमा उनले डकुमेन्ट्रीहरु बनाएकी छिन् । उनले युएनबाट बेस्ट सर्ट फिल्म मेकिङको उपाधी पनि पाएकी थिइन् । यस्तै जोनताले सार्वजनिक मामिलामा लागिपरेका विश्वका १० युवतीहरुको लागि दिइने छात्रवृति पनि प्रशंसाले पाएकी थिइन् ।
विश्वका सबैभन्दा जेठो पुरुष, धेरै बाँच्नुकाे रहस्य कहिल्यै नरिसाउनु
काठमाडौं । जापानका चितेत्सु वातानाबी हुन् विश्वका जेठो पुरुष । उनी अहिले १ सय १२ वर्षका भए । उनी मार्चमा १ सय १३ वर्षका हुँदैछन् । उनले आफ्नो जन्मदिन भन्दा पहिला गिनिज वल्र्ड रेकर्डबाट उपहार पाएका छन् । जसले आफु विश्वका जेठो पुरुष हुँ भन्ने पुष्टि गराई सकेका छन् । आफु लामो समय बाँच्नुको कारण कहिले नरिसाउनु र सधैं हाँसिराख्नु भएको उनी बताउँछन् । उनलाई ब्राउन सुगर जस्तो मिठाई पनि मन पर्दछ । तर, अहिले दाँत नभएकोले उनी क्स्टर्ड र क्रिम हालेको पफहरु मन पराउँछन् । सन् १९०७, मार्च ५ गते जन्मिएका वातानाबी परिवारको ८ वटा छोराछोरी मध्येका सबैभन्दा जेठा छोरा हुन् । कृषि स्कुलबाट दिक्षित भएपछि उनले १८ वर्ष ताईवानमा बिताए जहाँ उनले उनको श्रीमति मित्सुलाई भेटेर बिहे गरेका थिए । उनका ५ वटा छोराछोरी छन् । दोस्रो विश्वयुद्धको अन्त्य तिर उनले सैनिकमा पनि सेवा दिएका थिए । त्यसपछि उनी आफ्नै ठाउँ निगातामा फर्किए र अवकाश प्राप्त गर्दासम्म कृषि कार्यलयमा काम गरिरहे । यद्यपि, अवकाशले उनलाई सक्रिय हुनबाट रोकेन । सन् १९०७ मा उनी र उनका छोराले परिवारको लागि घर बनाए जहाँ वातानाबीले १०४ वर्षको उमेरसम्म तरकारीको खेती गरे । पछिल्लो एक दशक उनले बोनसाईका रुखहरु रोपे र त्यसलाई प्रर्दशनमा पनि राखे । कुन देशका मानिसहरु सबैभन्दा बढि बाँच्छन् ? जापानका मानिसहरुको सबैभन्दा लामो आयु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठन्का अनुसार जापानीहरुको औसत आयु ८४.२ वर्ष छ । पुरुषहरुको औसत आयु ८१ वर्ष रहेको छ भन्दा महिलाको ८७ वर्ष छ । जापानीहरुको खानपानलाई उनीहरु लामो समय बाँच्नुको एक कारण मान्दछन् । उनीहरु विशेष गरेर मुटु लाई स्वस्थ राख्ने माछा खान्छन् । जुन ओमेग ३ फ्याटी एसिडका मुख्य स्रोत हुन् । तोफु, समुन्द्रि जनावर अक्टोपस, सिविड (समुन्द्रि तरकारीबाट बन्ने एक परिकार) जापननिजहरुमा प्रख्यात खानेकुरा हुन् । यी खानाले क्यान्सर लाग्ने सम्भावना कम बनाउँछ । यस्तै, जापानिजहरुमा मोटोपना पनि एकदमै हुन्छ । कुल जनसंख्याको ३ं.६ प्रतिशत जापानिजमा मात्र मोटोपनाको समस्या छ । मोटोपनाको कारण वर्सेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । यसको कारण मुटुरोग, क्यान्सर हो । साथै, जापानीज स्वास्थ्य सेवा प्रणालीलाई संसारको सबैभन्दा उत्तम मानिन्छ । जापानमा उत्कृष्ट चिकित्सा ज्ञान र उपकरणहरुको साथै सरकारले ७० प्रतिशत स्वास्थ्य खर्च बेहोर्छ भने कम आय भएका व्यक्तिको ९० प्रतिशतसम्म बेहोर्ने गर्दछ ।
तपाईंको शरीरको आकार कस्तो छ ? यस्तो कपडा लगाउनुस्, साच्चै राम्रो देखिन्छ
काठमाडौं । धेरै मानिसहरु लुगा लगाउन शौेखिन हुन्छन् । आफ्नो शरीरमा चिटिक्क र सुहाउने लुगा सबैलाई मनपर्छ । आफूलाई के लगाउँदा सुहाउँछ वा सुहाउँदैन भन्ने हरेक मानिसको लागि एउटा महत्वपूर्ण विषय हो । किनभने हरेक मानिसहरु सुन्दर देखिने चाहना राख्छन् । विभिन्न कारण तपाईले लगाएको कपडा तपाईलाई निकै नै खुलेको हुन्छ र यसको एक प्रमुख कारण हो तपाईको शरीरको आकार र तपाईको छालाको रंग । पुरुषको दाँजोमा महिलाहरुको भिन्नभिन्न आकारको शरीर र धेरै मात्रामा कपडाको विकल्प हुने भएकोले पनि उनीहरु के लगाउने भन्ने तनावमा हुन्छन् । यद्यपि पुरुषहरुलाई यो समस्या छैन भनेर भन्न मिल्दैन । तपाईंकाके शरीरको आकार अनुसार यस्तो पहिरन गर्नुभयो भने तपाईं वास्तवमै आकर्षक र राम्रो देखिनु हुनेछ । १. त्रिकोण शरीर आकार यदि तपाईको शरीरको आकार त्रिकोण हो कि होईन भन्ने दुविधामा हुनुहुन्छ भने सबैभन्दा पहिला ईजिप्टको पिरामिडको आकार सम्झनुहोस् । त्यस आकारलाई उल्टोबाट सोच्नुहोस् । यदि तपाईको काँध फराकिलो छ, कम्मर सानो छ र तपाईको शरीरको तल्लो भागतर्फ बढ्दै गर्दा खुट्टाहरु पातलो छन् भने तपाईको शरीर त्रिकोण आकारको हो । यदि तपाई यो आकारको हुनुहुन्छ भने खुशी हुनुहोस् किनभने ५ प्रतिशत महिलाहरु मात्र यो आकारको हुने गरेको बताईन्छ । तर यसको मतलब तपाईसँग फेसनका विकल्प कम छन् भन्ने पक्कै पनि होइन । यस्ता धेरै उपायहरु छन्, जसको मद्दतले तपाईले आफ्नो शरीरको माथिल्लो भाग र तल्लो भागलाई ब्यालेन्स गर्न सक्नुहुन्छ । तपाईको शरीरको माथिल्लो भागलाई सानो र राम्रो देखाउन जहिले पनि फिटिंग र गाढा रंगको कपडा लाउनुहोस् । भि–नेक, काउल नेक वा स्क्वायर नेक सर्ट कपडाहरुले तपाईलाई बढी राम्रो देखाउँछ । तपाईको खुट्टाको भागलाई हाई वेस्ट पाईन्ट र स्कर्टहरुले राम्रो देखाउन मद्धत गर्दछ । यस्ता आकार भएका महिलाहरुले टिर्सट, स्कर्टहरुको तल्लो भाग धेरै खुलेको छ भने नलगाउनुहोस् र साथै घुडामा खुला भएको पाईन्टहरु पनि नलगाउनुहोस् । २. आवर ग्लास सेप यो आकारको शरीर भएको महिलाहरुको काँध र हिप उत्तिकै फराकिलो हुन्छ भने कम्मर सानो हुन्छ । धेरै मानिसहरुले यो आकारको शरीरलाई आर्दश आकारको रुपमा लिने गर्छन् । यो आकार भएको महिलालाई राम्रो देखिन कम्मरमा विशेष फोकस गर्न जरुरी छ । यसो गर्नको लागि तपाईले छोटो टिर्सट, कम्मरमा बेल्ट भएको लुगा (र्याप डे्रस), पेन्सिल स्र्कट र यस्ता कुनै पनि लुगा प्रयोग गर्नुपर्छ, जसले तपाईको कम्मर र हिपको भागलाई बढी आकर्षक देखाउँछ । स्टाईल विशेषज्ञहरु यस्ता शरीर भएको मानिसहरुलाई खुला, ठुलो लुगा नलगाउन सुझाव दिन्छन् । यो शरीरको आकार भएको चर्चित हलिउड सेलिबे्रटीमा किम कार्डसियन पर्दछिन् । ३. बनाना आकार यो आकार भएको महिलाहरुको काँध, हिप र कम्मर सबैको एउटै चौडाई हुन्छ । यो आकारको शरीर भएको चर्चित व्यक्तिमा हलिउड नायिका जेनिफर गार्नर र एन्ने ह्याथवे पर्दछन् । यो आकार भएको महिलाहरुको छोटो कम्मर र हिप सानो हुने गर्दछ । यस्ता आकार भएका महिलाहरुलाई स्टाईल विशेषज्ञहरु सर्टलाई पाईन्ट भित्र नहाल्न सुझाव दिन्छन् । यो आकारको महिलाहरुले डे्रस लगाउँदा बेल्टहरुको प्रयोग गर्नुपर्छ । मिनीस्कर्टहरु यो आकारको मानिसहरुलाई निकै राम्रो देखिन्छ । यसका साथै स्किनी जिन्स पनि यो आकारलाई निकै नै खुल्दछ । ४. नाशपाति आकार यो आकार भएका महिलाहरु धेरै नै हुने बताइन्छ । हलिउड सेलिबे्रटी जेनिफर लोपेज यसको एक गतिलो उदाहरण हुन् । यदि तपाईको काँधको चौढाई तपाईको हिपको भन्दा सानो छ भने तपाई नासपति आकारको हुनुहुन्छ । यो आकार भएको महिलाहरुले काँध फराकिलो देखाउने कपडा लगाउनु पर्छ । यो आकार भएका महिलाहरुले टाईट जिन्स पाईन्टहरु लगाउन हुँदैन । किनभने यसले तलको भागमा मात्र ध्यान केन्द्रित गराउँदछ । यस आकारका महिलाहरुले माथिल्लो भागलाई केही ठुलो देखाउन भित्री वस्त्रहरु राम्रो रोज्नपर्छ । यस्तै सिधा आकारका पाईन्टहरु हिलसँग लगाउँदा यो आकारको महिलालाई निकै नै खुल्छ ।