विश्वका सबैभन्दा जेठो पुरुष, धेरै बाँच्नुकाे रहस्य कहिल्यै नरिसाउनु

काठमाडौं । जापानका चितेत्सु वातानाबी हुन् विश्वका जेठो पुरुष । उनी अहिले १ सय १२ वर्षका भए । उनी मार्चमा १ सय १३ वर्षका हुँदैछन् । उनले आफ्नो जन्मदिन भन्दा पहिला गिनिज वल्र्ड रेकर्डबाट उपहार पाएका छन् । जसले आफु विश्वका जेठो पुरुष हुँ भन्ने पुष्टि गराई सकेका छन् । आफु लामो समय बाँच्नुको कारण कहिले नरिसाउनु र सधैं हाँसिराख्नु भएको उनी बताउँछन् । उनलाई ब्राउन सुगर जस्तो मिठाई पनि मन पर्दछ । तर, अहिले दाँत नभएकोले उनी क्स्टर्ड र क्रिम हालेको पफहरु मन पराउँछन् । सन् १९०७, मार्च ५ गते जन्मिएका वातानाबी परिवारको ८ वटा छोराछोरी मध्येका सबैभन्दा जेठा छोरा हुन् । कृषि स्कुलबाट दिक्षित भएपछि उनले १८ वर्ष ताईवानमा बिताए जहाँ उनले उनको श्रीमति मित्सुलाई भेटेर बिहे गरेका थिए । उनका ५ वटा छोराछोरी छन् । दोस्रो विश्वयुद्धको अन्त्य तिर उनले सैनिकमा पनि सेवा दिएका थिए । त्यसपछि उनी आफ्नै ठाउँ निगातामा फर्किए र अवकाश प्राप्त गर्दासम्म कृषि कार्यलयमा काम गरिरहे । यद्यपि, अवकाशले उनलाई सक्रिय हुनबाट रोकेन । सन् १९०७ मा उनी र उनका छोराले परिवारको लागि घर बनाए जहाँ वातानाबीले १०४ वर्षको उमेरसम्म तरकारीको खेती गरे । पछिल्लो एक दशक उनले बोनसाईका रुखहरु रोपे र त्यसलाई प्रर्दशनमा पनि राखे । कुन देशका मानिसहरु सबैभन्दा बढि बाँच्छन् ? जापानका मानिसहरुको सबैभन्दा लामो आयु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठन्का अनुसार जापानीहरुको औसत आयु ८४.२ वर्ष छ । पुरुषहरुको औसत आयु ८१ वर्ष रहेको छ भन्दा महिलाको ८७ वर्ष छ । जापानीहरुको खानपानलाई उनीहरु लामो समय बाँच्नुको एक कारण मान्दछन् । उनीहरु विशेष गरेर मुटु लाई स्वस्थ राख्ने माछा खान्छन् । जुन ओमेग ३ फ्याटी एसिडका मुख्य स्रोत हुन् । तोफु, समुन्द्रि जनावर अक्टोपस, सिविड (समुन्द्रि तरकारीबाट बन्ने एक परिकार) जापननिजहरुमा प्रख्यात खानेकुरा हुन् । यी खानाले क्यान्सर लाग्ने सम्भावना कम बनाउँछ । यस्तै, जापानिजहरुमा मोटोपना पनि एकदमै हुन्छ । कुल जनसंख्याको ३ं.६ प्रतिशत जापानिजमा मात्र मोटोपनाको समस्या छ । मोटोपनाको कारण वर्सेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । यसको कारण मुटुरोग, क्यान्सर हो । साथै, जापानीज स्वास्थ्य सेवा प्रणालीलाई संसारको सबैभन्दा उत्तम मानिन्छ । जापानमा उत्कृष्ट चिकित्सा ज्ञान र उपकरणहरुको साथै सरकारले ७० प्रतिशत स्वास्थ्य खर्च बेहोर्छ भने कम आय भएका व्यक्तिको ९० प्रतिशतसम्म बेहोर्ने गर्दछ ।

तपाईंको शरीरको आकार कस्तो छ ? यस्तो कपडा लगाउनुस्, साच्चै राम्रो देखिन्छ

काठमाडौं । धेरै मानिसहरु लुगा लगाउन शौेखिन हुन्छन् । आफ्नो शरीरमा चिटिक्क र सुहाउने लुगा सबैलाई मनपर्छ । आफूलाई के लगाउँदा सुहाउँछ वा सुहाउँदैन भन्ने हरेक मानिसको लागि एउटा महत्वपूर्ण विषय हो । किनभने हरेक मानिसहरु सुन्दर देखिने चाहना राख्छन् । विभिन्न कारण तपाईले लगाएको कपडा तपाईलाई निकै नै खुलेको हुन्छ र यसको एक प्रमुख कारण हो तपाईको शरीरको आकार र तपाईको छालाको रंग । पुरुषको दाँजोमा महिलाहरुको भिन्नभिन्न आकारको शरीर र धेरै मात्रामा कपडाको विकल्प हुने भएकोले पनि उनीहरु के लगाउने भन्ने तनावमा हुन्छन् । यद्यपि पुरुषहरुलाई यो समस्या छैन भनेर भन्न मिल्दैन । तपाईंकाके शरीरको आकार अनुसार यस्तो पहिरन गर्नुभयो भने तपाईं वास्तवमै आकर्षक र राम्रो देखिनु हुनेछ । १. त्रिकोण शरीर आकार यदि तपाईको शरीरको आकार त्रिकोण हो कि होईन भन्ने दुविधामा हुनुहुन्छ भने सबैभन्दा पहिला ईजिप्टको पिरामिडको आकार सम्झनुहोस् । त्यस आकारलाई उल्टोबाट सोच्नुहोस् । यदि तपाईको काँध फराकिलो छ, कम्मर सानो छ र तपाईको शरीरको तल्लो भागतर्फ बढ्दै गर्दा खुट्टाहरु पातलो छन् भने तपाईको शरीर त्रिकोण आकारको हो । यदि तपाई यो आकारको हुनुहुन्छ भने खुशी हुनुहोस् किनभने ५ प्रतिशत महिलाहरु मात्र यो आकारको हुने गरेको बताईन्छ । तर यसको मतलब तपाईसँग फेसनका विकल्प कम छन् भन्ने पक्कै पनि होइन । यस्ता धेरै उपायहरु छन्, जसको मद्दतले तपाईले आफ्नो शरीरको माथिल्लो भाग र तल्लो भागलाई ब्यालेन्स गर्न सक्नुहुन्छ । तपाईको शरीरको माथिल्लो भागलाई सानो र राम्रो देखाउन जहिले पनि फिटिंग र गाढा रंगको कपडा लाउनुहोस् । भि–नेक, काउल नेक वा स्क्वायर नेक सर्ट कपडाहरुले तपाईलाई बढी राम्रो देखाउँछ । तपाईको खुट्टाको भागलाई हाई वेस्ट पाईन्ट र स्कर्टहरुले राम्रो देखाउन मद्धत गर्दछ । यस्ता आकार भएका महिलाहरुले टिर्सट, स्कर्टहरुको तल्लो भाग धेरै खुलेको छ भने नलगाउनुहोस् र साथै घुडामा खुला भएको पाईन्टहरु पनि नलगाउनुहोस् । २. आवर ग्लास सेप यो आकारको शरीर भएको महिलाहरुको काँध र हिप उत्तिकै फराकिलो हुन्छ भने कम्मर सानो हुन्छ । धेरै मानिसहरुले यो आकारको शरीरलाई आर्दश आकारको रुपमा लिने गर्छन् । यो आकार भएको महिलालाई राम्रो देखिन कम्मरमा विशेष फोकस गर्न जरुरी छ । यसो गर्नको लागि तपाईले छोटो टिर्सट, कम्मरमा बेल्ट भएको लुगा (र्याप डे्रस), पेन्सिल स्र्कट र यस्ता कुनै पनि लुगा प्रयोग गर्नुपर्छ, जसले तपाईको कम्मर र हिपको भागलाई बढी आकर्षक देखाउँछ । स्टाईल विशेषज्ञहरु यस्ता शरीर भएको मानिसहरुलाई खुला, ठुलो लुगा नलगाउन सुझाव दिन्छन् । यो शरीरको आकार भएको चर्चित हलिउड सेलिबे्रटीमा किम कार्डसियन पर्दछिन् । ३. बनाना आकार यो आकार भएको महिलाहरुको काँध, हिप र कम्मर सबैको एउटै चौडाई हुन्छ । यो आकारको शरीर भएको चर्चित व्यक्तिमा हलिउड नायिका जेनिफर गार्नर र एन्ने ह्याथवे पर्दछन् । यो आकार भएको महिलाहरुको छोटो कम्मर र हिप सानो हुने गर्दछ । यस्ता आकार भएका महिलाहरुलाई स्टाईल विशेषज्ञहरु सर्टलाई पाईन्ट भित्र नहाल्न सुझाव दिन्छन् । यो आकारको महिलाहरुले डे्रस लगाउँदा बेल्टहरुको प्रयोग गर्नुपर्छ । मिनीस्कर्टहरु यो आकारको मानिसहरुलाई निकै राम्रो देखिन्छ । यसका साथै स्किनी जिन्स पनि यो आकारलाई निकै नै खुल्दछ । ४. नाशपाति आकार यो आकार भएका महिलाहरु धेरै नै हुने बताइन्छ । हलिउड सेलिबे्रटी जेनिफर लोपेज यसको एक गतिलो उदाहरण हुन् । यदि तपाईको काँधको चौढाई तपाईको हिपको भन्दा सानो छ भने तपाई नासपति आकारको हुनुहुन्छ । यो आकार भएको महिलाहरुले काँध फराकिलो देखाउने कपडा लगाउनु पर्छ । यो आकार भएका महिलाहरुले टाईट जिन्स पाईन्टहरु लगाउन हुँदैन । किनभने यसले तलको भागमा मात्र ध्यान केन्द्रित गराउँदछ । यस आकारका महिलाहरुले माथिल्लो भागलाई केही ठुलो देखाउन भित्री वस्त्रहरु राम्रो रोज्नपर्छ । यस्तै सिधा आकारका पाईन्टहरु हिलसँग लगाउँदा यो आकारको महिलालाई निकै नै खुल्छ ।

७० वर्षे घाँसी बाजे, जसले कमाउछन् २५ लाख रूपैयाँ

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित छन् । ७० वर्ष उमेर पूरा भइसकेका उनले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाएका छन् । उनलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उनलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् । खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । खनालले यो वर्ष करिब २५ लाख रूपैयाँको घाँस बिक्री गर्ने लक्ष्य राखेका छन् । यो वर्षको वर्षायाममा खनालले नौ/दश लाख रूपैयाँको घाँस बिक्री गरिसकेका छन् भने अझै १५ लाख रूपैयाँको घाँस बिक्री हुने क्रममा रहेको खनालले जानकारी दिए । “झण्डै दश लाख रूपैयाँको घाँस बिक्री भइसक्यो, अझै १५ लाख रूपैयाँको घाँस बिक्री हुने अनुमान छ”, खनालले भने, “घाँस किन्नका लागि तनहुँका विभिन्न ठाउँका अलवा, स्याङ्जा, सिन्धुली, गोरखाबाट पनि सम्पर्क गरिरहेका छन् ।” खनालले गत जेठ महिनामा सल्यानबाट बीउ ल्याएर रोपेका सुपर नेपियरको बेर्ना मात्रै पाँच लाख रूपैयाँको बिक्री गरिसकेका छन्। खनालका अनुसार सुपर नेपियरको बेर्ना दुई वटा आख्लाको १० रूपैयाँमा बिक्री भइरहेको छ । विसं २०५४ देखि घाँसखेती शुरु गरेका उनी बिहानै ७ बजेदेखि साँझ ६/७ बजेसम्म बारीमै काम गरिरहेको अवस्थामा भेटिन्छन् । घाँसखेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल भएका छन् । कुनै समय वर्षभरिको कमाइले चार महिना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो । थप ३२ रोपनी जग्गा भाडामा लिएर कूल ७० रोपनी क्षेत्रफलमा खनालले घाँसखेती गरेकाे उनी बताउँछन् । अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीलगायतका ठाउँका कृषकले खनालले उत्पादन गरेको घाँस विस्तार गरिसकेका छन् । खनालले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायतका घाँसखेती गरिरहेका छन् । भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी तीन हजार रूपैयाँ र पाखो बारीको प्रतिरोपनी दुई हजार रूपैयाँ वार्षिक भाडा तिर्ने खनालले बताए । खनालले घाँसखेतीबाट आम्दानी भएको रकमले भ्यानसमेत खरिद गरेका छन् । पोखरा, बागलुङ, स्याङ्जालगायतका ठाउँबाट घाँसको माग भएको बेला ढुवानीको समेत व्यवस्था मिलाइएको छ । उनले भने, “देशमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा मैले छोरालाई समेत यही व्यवसायमा सहभागी गराएको छु, आफ्नै ठाउँमा पौरख गरे विदेशिनु पर्दैन ।” जिल्ला पशुसेवा कार्यालय तनहुँका तत्कालीन पशुसेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा विसं २०५४ सालमा पशुसेवा फर्म पोखरामा एक हप्ते तालिममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैँचाको रुपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि परेका थिए । एक हप्ते घाँस बाली तालीमबाट घर फर्कदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँसखेती शुरु गरेका उनको पाखो बारी अहिले हरियाली नर्सरीको रुपमा परिणत भएको छ । जिल्ला पशुसेवा कार्यालय तनहुँले खनाललाई तालिममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उनको आफ्नै अथक मेहनत र परिश्रमले गर्दा उनी आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात छन्। रासस