मेहनत पछिको सफलता हो जीवन

विचित्रको छ समाज । कसैलाई धनको लोभ छ । कसैलाई पदको लोभ छ । कसैलाई अर्नौठौ सोख छ । म नजिक बसेर हेरिरहेको छु । कसैले मलाई माया गर्छन्, कसैले घृणा गर्छन्, कसैले सल्लाह दिन्छन् यसो गर र त्यसो गर भनेर, कोहि बिचरा यसको जिन्दगी भन्ने पनि छन् र कोही मेरै जिन्दगी देखेर जल्नेहरु पनि छन् । यो सामान्य मेरो जीन्दगी होईन म जस्ता आम मान्छेको जिन्दगीमा यस्ता मानिसहरु फेला परिरहन्छन् र यिनीहरुकै बिचमा जिबनलाई सहज किसिमले अगाडी बढाउनु छ । अथाहा सम्भावनाकाबीच जिवन विताईरहेका हामी सम्भावनालाई पनि शंकाको रुपमा लिएर जीवन गन्तव्यहिन बनाईरहेका छौं । कतिपयले आफनो जीवनमा खाली निराशा मात्र देखेर आत्महत्या तिर लम्कीरहेका छन्, कोही जीन्दगीमा केही गर्न सकिएन भनेर अरुलाई सुनाईरहका छन् भने कोही कुहिरोको कागजस्तो हराईरहेका छन् । र, अझ भनौं आउने पुस्ताहरुलाई जीवनको नकारात्मक कुराहरु उनीहरुको मानस पटलमा भरिदीएका छौ । मन सबैको छ, पीडा सबैका छ, दुःख सबैलाई छ,आशु सबैका बग्छन् तर आफ्नो मात्र देख्ने र म मात्रै अभागी रहेछु भनेर अरुलाई नहेरी जीवनदेखि हार मान्नु र दुःख पीडा पर्ने बित्तिकै तुरुन्तै निर्णय लिएर आफुलाई बर्बादी तिर धकेल्नु कदापी राम्रो होईन । द्रब्यसँग बिकाउ जमात छ सजिलो छैन जीवन जिउनलाई तर बिकल्प भने धेरै छन् त्यही बिकल्प जसले खोज्छ उ नै असली जिबन जिउनका लागी पहिलो हकदार हुन्छ । खुट्टा भएर पनि हिड्नलाई अरुले जोड दिनु पर्दछ भने आत्मबल र आत्मबिस्वासको कमि रहेको बुझ्नु पर्दछ । आफ्ना सोच बिचार र व्यवहार आफैमा लागु गर्न सकिएन भने जीवन जिउनुको कुनै अर्थ रहदैन । उदाहरणको लागी तपाई एउटा जेलमा गएर जेलमा बसेकाहरुलाई सोध्नुहोस् । त्यहा बस्ने प्राय जसो व्यक्तिहरूको भनाई मलाई फसाईयो, मेरो केही गल्ति छैन, उनीहरु सबै मिलि म माथी आक्रमण गरे, मैले मान्छे चिन्न गल्ती गरे, म सिधा भएको कारण मलाई फसाईयो भन्ने जस्ता जबाफ सुन्न पाईन्छ र यो जबाफ सुने पछि यस्ता निर्दोष व्यक्तिहरु एकै ठाउमा भेट्न कहाँ पाईन्छ र जस्तो हुन्छ । हो मानिस पनि त्यही मैले त गर्न खोजेकै थिएँ, घर परिवारले साथ दिएन,आर्थिक अभाव भयो भगवान पनि मेरो बिरुद्धमा लागे जस्तो भयो भन्ने जस्ता कुराहरु सुन्न पाईन्छ । के यी नै कारण हुन् त हामी सफल नहुनु र जिन्दगीबाट हार खानुमा रु कदापी होईन । आफ्ना बाबुआमाको हत्या आफै गर्ने अनि हो म टुहुरो हु मलाई माफी दिनुहोस् भन्न मिल्दैन । उखानै छ नी नक्कलमा पनि अक्कल चाहिन्छ अर्काको देखेर रिस र डाहले केही हुँदैन आफ्नै मेहनत र परिश्रममा भर गर्नुपर्दछ । जीवन थाक्नको लागी होईन त्यही थकाईकै बिचमा कामलाई निरन्तरता दिई विजय प्राप्त गर्नुनै जीवन हो । सपनाले मात्र जीवन चल्दैन । सपना नदेख्ने मान्छे त हाम्रा वरीपरी नै छैनन् । सबैले आ(आफनै इच्छा चाहाना अनुसार नै सपना देखिरहेका हुन्छन् । सपना पुरा गर्न सपनाको बाटोमा पनि हिडनु पर्दछ सपनासँगै कामको शुरुवात नगर्ने हो भने सपनाको कुनै अर्थ छैन । तसर्थ जे देख्नु हुन्छ, जे सोच्नुहुन्छ शुरु गर्ने सबैभन्दा राम्रो साईत आजै र अहिलेनै हो भनि शुरु गर्नुहोस् । आफ्नो भगवान आफै हो शक्ति कतै बाहिर लुकेर बसेको हुँदैन साईत पर्ने बित्तिकै दौडिएर आउने खालको । संसार तयार छ परिवर्तनको लागी मात्रै अब तपाई तयार हुनुहोस् । सुख, दुःख, घामपानी, पीडा, तनाब जीवनमा आईनै पर्दछन् तसर्थ शिखर चढने लक्ष्य लिएको मानिस लडे पनि अघि बढ्छ । हो, तपाई पनि त्यही मानिस हो, जोसँग सपनासँगसँगै सपनालाई पछ्याउने आट र अठोट छ । त्यसैले सपनालाई पुरा गर्न कर्म गरि जीवनलाई आनन्द तुल्य बनाउनुहोस् । बैंकर

वसन्त चौधरीका दुई काव्यसंग्रह लोकार्पण

काठमाडाैं । साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मे’ काव्यसंग्रह र ‘तिमी बिनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ । मंगलबार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमकाबीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो । काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमीबिनाको म’ मा समाजमा भएका घटनाहरुको बारेमा चित्रण गरिएको बताए । ‘मन नयाँ कुराहरु सोचेर कहिल्यै थाक्दैन । न त विश्राम नै लिन्छ । हामी वरिपरि जे परिघटनाहरु भइरहेको हुन्छन् । यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौँ । काव्यकृति तिमी बिनाको ममा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरु श्रृंखलित रुपमा राखेको छु,’ चौधरीले भने । चौधरीको ‘तिमीबिनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कवितासंग्रहहरु संग्रहीत छन् । कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ । त्यस्तै हिन्दी भाषामा रहेको काव्यसंग्रह अनेक पल और मैं मा उनले आफ्ना जीवनका चिन्तनहरुलाई समेटेका छन् ।

ए ! जिन्दगी यो हार कतिन्जेल चल्छ ? (गजल)

ए ! जिन्दगी यो हार कतिन्जेल चल्छ ? खै घाटाको व्यापार कतिन्जेल चल्छ ?? दुःख छ, पीडा छ, अभावले बेचैन मन सोध्छौ आँखा असार कतिन्जेल चल्छ ?? सोच्नुस् त गाउँका सबै उतै फर्किए भने घरभेटी बा बजार कतिन्जेल चल्छ ?? जात, धर्म, क्षेत्र लिई मानवता बिर्सेर यी मान्छेमा काटमार कतिन्जेल चल्छ ?? यो सत्य हरेको, न्याय डरेको याम भयो नबिर्स झुठो प्रचार कतिन्जेल चल्छ ?? -नुवाकोट