कोरोना महामारीमा सरकारः स्थानीय तहलाई भयानक सकस, प्रदेश र केन्द्र राजनीतिमै फोकस

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व ठूलो संकटमा छ । विभिन्न देशहरु यो संकटलाई परास्त गर्न लागि परेका छन् । नेपाल पनि लामो समयदेखि कोरोना भाइरसको लडाईंसँग जुधिरहेको छ । यो भाइरसकै कारण गत वर्ष लामो समयसम्म लकडाउन भयो । त्यसले पनि मानिसको दैनिकी सँगै आर्थिक गतिविधिहरु ठप्प भए । परिणाम स्वरुप देशले ठूलो अर्थतन्त्रमा नोक्सानी मात्रै व्यहोरेन यो भाइरसकै कारण सयौं मानिसले अकालमै ज्यान गुमाए । अहिले फेरि कोरोना भाइरसको दोस्रो लहरले जनजिवन अस्तव्यवस्त छ । देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । अझै पनि यो भाइरसको संक्रमणदर कम हुन सकेको छैन । यति ठूलो जनधनको क्षति भइरहेको समयमा भने नेपालमा ठूलो राजनीतिक खेल भइरहेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा विश्वका धेरै देशहरु यो सँग लडाईं गरिरहेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नको लागि धेरै देशहरु स्वास्थ्य सामग्री तथा कोरोना विरुद्दको खोपको सहज आपुर्ति मात्र होइन घर भित्रै थुनेर बसिरहेको सर्वसाधारणहरुलाई राहत दिइरहेका छन् । तर, नेपाल भने राजनीतिक लडाईंमा व्यस्त छ । कोरोना भाइरसको यही परिस्थितीमा नेपाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी फुट्नुमा महत्वपूर्ण हिस्सा मात्रै बोकेनन् उनले यही भयावह अवस्थामा प्रतिनिधि सभा संसद विघटन गरेर आफ्नो नाम संविधानमाथि ‘कु’ गर्ने प्रधानमन्त्रीका रुपमा इतिहासमा लेखाउन भ्याए । कोरोना भाइरसको यो महामारीमा उनको यो सनकको प्रभाव प्रदेश सरकारसम्म पुग्यो । प्रदेश सरकार पनि राजनीतिक रौनक र कित्ता काट गर्न व्यस्त बन्यो । जसको प्रत्यक्ष मारमा सिंगो देश र आम नागरिकलाई पर्यो । कोरोनाको यो विषम परिस्थितिमा धेरै प्रदेश र संघीय मन्त्रीहरु परिवर्तन भए । धरै सासंद कारवाहीमा परे । यही अवस्थामा निर्वाचन हुने सम्मका गतिविधिहरु भए । प्रधानमन्त्रीको त्यो सनक र एकलौटी शासनको परिणाम स्वरुप बहुमत प्राप्त नेपाल कम्युनिट पार्टी अहिले अध्यादेश ल्याएर काम चलाउने मात्र होइन बजेट पास नगराउन सक्ने स्थितिमा पुग्यो । संघ र प्रदेशमा राजनीतिक माहोलमा व्यस्त भइरहँदा स्थानीय सरकारले भने यो महामारीमा संघीयताको गज्जवको अभ्यास गरेको उदाहरण देखाएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा उपचारमा स्थानीयतहहरुले आफुले सकेसम्मको प्रयास गरिरहेका छन् । यो विषम परिस्थितिा अधिकांश स्थानीय तहहरु एकजुट भएर यो रोगको निदानमा लागि परेका छन् । स्थानीय तहहरुले कोरोना भाइरस नियन्त्रण गर्नको लागि केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरिरहेका छन् । तथापि उनीहरु खटेरै काम गरिरहेका छन् । विभिन्न स्थानीय तहहरुले कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्ने, आइसोलेसन कक्ष निर्माण गर्ने, निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने मात्र होइन घरघरमै गएर पीसीआर परीक्षण गर्ने काम पनि स्थानीय तहले गरेका छन् । कोरोना संक्रमितहरुको मनोबल बढाउन र उपचार सहज होस् भन्ने उद्धेश्यले अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले आफु चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरेका छन् भने कतिले प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको भन्दै सहयोग जुटाउने अभियानहरु सञ्चालन गरिरहेका छन् । हामीलाई जानकारी भएसम्म आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने स्थानीय तहको नाम यहाँ प्रस्तुत गरेका छौं । बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपमेयरले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेकी छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि उपमेयर सुशीला पाख्रीनले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेकी हुन् । बान्नीगढी जयगढ गाउँपालिका अछाम को बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले पनि आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेका छन् । कोरोना संक्रमितको संख्या उच्च रहेको प्रदेशका रुपमा रहेको यस गाउँपालिकाका अध्यक्ष खड्काले पालिकामा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । तिलोत्तमा नगरपालिकाका रुपन्देहीमा पर्ने यस नगरपालिकाका मेयर र उपमेयरले चढदै आएको गाडी पनि एबुलेन्सको प्रयोग गरेका छन् । पालिकाका मेयर बाशुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरीले सवारी साधनका रूपमा स्कूटर प्रयोग गरेर गाडी एम्बुलेन्सका रुपमा सञ्चालन गरेका हुन् । पाँचखाल नगरपालिका पाँचखाल नगरपालिकाका मेयर र उपमेयरले आफूले चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड–१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका हुन् । घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लामा पर्ने घ्याङलेख गाउँपालिकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या बढेपछि गाउँपालिका अध्यक्ष जगत बहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले प्रयोग गर्ने गाडीलाई कोरोना संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेका हुन् । तीनपाटन गाउँपालिका तीनपाटन गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्सँगै एम्बुलेन्स अभाव भएपछि उपाध्यक्ष पदममाया तामाङले चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याइने भएको छ । एम्बुलेन्स पर्याप्त नहुँदा र अन्य सवारी साधनले बिरामीलाई बोक्न नमानेपछि यतिबेला संक्रमित समस्यामा पर्दै आएका छन् । त्यसैलै उपाध्यक्षको गाडी एम्बुलेन्सको ल्याइको छ । रामेछाप नगरपालिका रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छन् । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स रुपमा प्रयोग गर्न दिएको हो । गाडीमा आवश्यकता अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन गरिने छ । बेलका नगरपालिकाका उदयपुरको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले पनि आफू चढ्ने सरकारी गाडी कोभिडका बिरामीका लागि उपलब्ध गराएका छन् । नगरप्रमुख थापाले चढ्ने गरेको गाडी कोभिड प्रभावितको सेवामा समर्पित गरेपछि कोभिडका बिरामीलाई अस्पताल लैजान प्रयोग गरिएको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै नगर प्रमुख थापाले यस्तो उद्घोष गरेका हुन् । इनरुवा नगरपालिका इनरुना नगरपालिकाकी उप–प्रमुख जमुना गौतम पोखरेले आफू चढ्ने सरकारी गाडी बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । यो गाडी गर्ववती महिला, कोभिडका बिरामी सथै समस्या परेका नागरिकहरुले यो गाडी प्रयोग गर्न सकिने उप प्रमुख पोखरेले बताइन् । कालीका गाउँपालिका रसुवाको कालीका गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले पनि आफु चढ्दै गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । पालिकामा पनि संक्रमण दर तिब्र रुपमा फैलिए पछि एबुलेन्सको अभाव भएको कारण चढ्दै आएको गाडी एबुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । शहिदनगर नगरपालिका कोरोना महामारीको बेला जनतालाई उपचारमा सहजताको लागि धनुसा जिल्लाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यालब) ले पनि आफुले चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् । कोरोना भाइरसको द्रोस्रो लहरले सुरु भएसँगै पालिकामा एबुलेन्सको अभावमा ग्रामिण भेगका नागकिलाई अस्पताल पुगनको लागि कुनै पनि समस्या नहोस् भनेर गाडीलाई एम्बुलेन्सको प्रयोग गर्न दिएको मेयर बरबरियाले जनाए । बन्दिपुर गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा यो गाउँपालिका पर्छ । तीब्र गतिमा फैलिएको कोरोना भइरसबाट यो गाउँपालिकाका पनि दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । पालिकामा कोरोनाको उच्च जोखिम बढेसँगै एम्बुलेन्सको पनि अभाव भयो तर एम्बुलेन्स अभाव हुन नदिनको लागि पालिकाकी उपाध्यक्ष करुणा गुरुङले पनिे चढ्दौ आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकि छिन् । मझुवागढी नगरपालिकाका खोटाङको मझुवागढी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइएको छ । कोभिड–१९ बाट गम्भीर बिरामी भएका संक्रमितलाई नगरपालिकाको आइसोलेसन सेन्टरसम्म पु¥याउन वा थप उपचारका लागि रेफर भएको अवस्थामा काठमाडौं, विराटनगरलगायत अस्पताल लैजान उपयोग गर्ने गरी प्रमुख रिजाल र उपप्रमुख राईले आफ्ले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा उपयोगमा ल्याएको हो । अभियान चलाउँदै धनगढी उपमहानगर सुदूरपश्चिमको कैलालीमा पर्ने धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको उपचारमा स्वास्थ्य सामग्री तथा अक्सिजनको अभाव भएको भन्दै सहयोगको अभियान सञचालन गरिरहेको छ । उपमहानगरले अक्सिजन प्लान्ट स्थापना गर्नको लागि सर्वसाधारण, दातृ निकाय, व्यवसायी लगायतलाई सहयोगको अपील गरेको छ । प्रदेश र केन्द्र सरकारले वास्ता नगरेपछि उपमहानगरले नै सहयोगको अपील गरेको उप प्रमुख सुशिला भट्ट मिश्रले जानकारी दिइन् । यस उपमहानगरपालिकाले धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग मागिरहेको हो । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम कम गर्न कुनै पहल नगरेको आरोप पनि लागिरहेको छ । केही दिन अगाडि मात्रै सुदूरपश्चिम प्रदेश सरकार हराएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

राम्रो उत्पादन गर्ने कृषकहरुले पुरस्कार स्वरूप ४० हजार रुपैयाँ नगद पाउँदै आएका छन् – गाउँपालिका अध्यक्ष शर्मा

बरेङ गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । बरेङ बजारको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ । ५ ओटा वडा रहेको यस गाउँपालिकामा १४ हजार ४ सय ९२ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका ७५ दशमलव २८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? कोरोना महामारी पालिकामा पनि दिन प्रतिदिन बढ्दै गएको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रूपमा फैलिएको कारण पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । भारतबाट सीमा पार गरी २ दिन हाम्रो पालिकामा हिँडेर नै नागरिकहरू आउन सक्ने भएकाले बाहिरबाट आउने संख्या पनि धेरै छ । कोभिडले पालिकाको समग्र विकास निर्माणको र विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । पालिकास्तरको विभिन्न सङ्घ संस्था मिलेर उच्च स्तरिय समितिको गठन गरेका छौं । यो समिति मार्फत जनचेतना वा सचेतनाका कार्यक्रम सञ्चालन हुर्दै आएको छ । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । हामीले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । हामीले सबै नागरिकलाई होम आइसोलेसनमा नै बस्न आग्रह गरेका छौं । पालिकामा कोरोना संक्रमित पनि बढ्दो छ । पालिकास्तरको कोभिड अस्थायी अस्पतालको निर्माण गरेका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागकिलाई कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा अक्सिजन सहितको ५ बेडको अस्पताल रहेको छ । हामीले कोरोनासँग मिल्दोजुल्लो लक्षण देखिएका नागरिकहरुकोस्वाब सङ्कलन गरी धौलागिरि अस्पतालमा पठाउने गरेका छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । हालसम्मको अवस्थालाई मध्यनजर गर्दा कोरोनाको प्रभाव पालिकामा पनि उच्च भइसकेको छ भने यसलाई न्यूनीकरण गर्नको लागि सबै जुटेर मिलेर लागी परेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । कोभिडको कारण शैक्षिकक्षेत्र पनि प्रभावित बन्दै गएको छ भने हाल सबै विद्यालयहरू बन्द भएका छन् । फरक फरक क्षमता भएका विद्यार्थिहरुलाई उनिहरुको रुची अनुसारको कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नका लागी विभिन्न विज्ञयहरुबाट तालिम पनि दिँदै आएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । सरकारी विद्यालयमा गुणस्तर शिक्षा नभएको भन्दै बसाइसराई गरेर पनि धेरै मानिसहरू गएका छन् । निजी विद्यालयमा विद्यार्थीको चाप बढि हुने र सामुदायिक विद्यालयमा भने पढाई हुने ठाउँ होइन घुम्न जाने ठाउँ हो भन्ने जुन खालको सोचाइ त्यो सोचाइलाई अन्त्य गरेर सामुदायिक विद्यालयलाई पनि विद्यार्थिको रोजाइको केन्द्र बनाउनको लागी परेका छौं । नेपाल सरकारको तलब खाने जनप्रतिनिधि तथा कर्मचारीहरु वा कसैले पनि सरकारको सेवा सुविधा लिन्छ भने उनिहरुको पनि बालबच्चा सामुदायिक विद्यालय भन्दा बाहिर पढ्न नपाउने पहिले गाउँभाबाट नै यो निर्णय गरेका छौं । शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड दिएका छौं । पालिकाको शैक्षिक क्षेत्रमा सुधार आएपनि पछिल्लो निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुराहरु करिब करिब पुरा गर्न सफल भएका छौं । हामीले गरेको कामको परिणाम धेरै समय पछि देखिन सकिन्छ । त्यस कारणले गर्दा हामीले काम नै गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेको थिएनौं । काम गर्न सक्ने कुराहरूमा मात्र हामीले प्रतिबद्धता गरेका थियौं । हामीसँग आएको बजेट बढि भन्दा बढि जनताको पक्षमा लगेर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । कोभिडको कारणले पूर्वाधारको काम पनि रोकिएको अवस्था छ । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । केही कामहरू त बाँकी पनि रहेको छ तर हाम्रो कार्यअवधी सकिदा बाँकी कामहरू पनि सक्छौं भन्ने आशा रहेको छ । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पुगेस् भनेर हामी काम गरिरहेका छौं । स्वास्थ्य क्षेत्र प्राथमिकता राखेर सामुदाईक स्वास्थ्य इकाईहरूको निर्माण पनि गरेका छौं । स्वास्थ्य इकाईहरू टोल टोलमा पुर्याएका छौं । पालिकामा ४ ओटा स्वास्थ्य इकाई र १ ओटा अस्पताल रहेको छ । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? पालिकाको मुख्य बजार भनेको बुटवल हो । बुटवल देखि पालिकाको केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने अवस्था छ । सडक सञ्जाल पालिकाको धेरै ठाउँमा पुगेको छ । पालिकाको केन्द्र देखि आर्के स्थानीय तहसम्म जोडने १ किलोमिटर सडकको कालोपत्रे गरेका छौं । गाउँपालिकाको तर्फबाट पनि धेरै सडकहरू निर्माण भएका छन् । पालिकाका धेरै सडकहरू पिच हुने क्रममा छन् भने केही सडकहरू ग्राबेल पनि भएका छन् । हामीले सडकको स्तरोन्नती पनि गरेका छौं । पालिकाको धेरै सडकहरू कच्ची छन् भने सडक सञ्जाल सबै वडामा पुर्याएका छौं । एउटा वडाबाट पसेपछि पालिकाको ७ ओटै वडामा पुग्न सकिने गरी सडक निर्माण भएका छौं । गाउँपालिकाले कृषि क्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । पालिकाको ५ नं. वडामा राम्रो आलु उत्पादन हुने गरेको छ । पालिकामा बाजारको अभाव छ । कृषि शाखा मार्फत कृषकहरूलाई अनुदान स्वरूप विभिन्न बिउ बिजनहरू पनि वितरण गर्दै आएका छौं । तर ठूलो परिमार्जनमा हामीले कृषकहरूलाई तरकारीको बिउ दिन सकेका छनौं । पहाडी भूभाग भएको हाम्रो पालिकामा मध्यम प्रकृतिको तरकारी उत्पादन हुने गरेको छ । कृषि विकाससँगसँगै पशु क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । केही युवाहरुले व्यवसायिक रूपमा कृषि खेती पनि गर्न थालेका छन् । कृषि क्षेत्रमा केही समस्याहरू पनि रहेका छन् । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउनु पर्छ भनेर किसानहरूलाई प्रोत्साहन पनि गर्दै आएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्रायः सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । उद्योग कलकारखाना नभएको ठाउँमा स्वभाविक रूपले आम्दानीको स्रोत नै कृषि हो । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई छनोट गरी हामीले पुरस्कार दिने व्यवस्था पनि मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई नगद ४० हजार रुपैयाँसम्म दिँदै आएका छौं । व्यवसायी खेती गर्ने कृषकलाई र राम्रो नमुना खेती गर्ने कृषकलाई मात्र पुरस्कार दिन्छौं । आधुनिक उत्पादन पद्धतिमा लागेका कृषकहरूलाई अगुवा कृषक भनेर हामीले पालिका छुट्याएका छौं । स्थानीय स्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारी मूलक पनि बनिरहेका छन् । धेरै रोजगारी सिर्जना गर्नको लागी पालिकामा ठुलो उद्योग त छैन । विभिन्न युवा स्वरोजगारका तालिमहरू पनि दिँदै आएका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धी पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । यस संधर्वमा बाँझो जमिन नराख्नको निम्ति र जग्गा नभएका युवाहरूलाई जग्गा उपलब्ध गराउँदै आएका छौं । ‘एक घर एक रोजगार’ भन्ने कार्यक्रम सञ्चालन गरी युवाहरूलाई रोजगार बनाई रहेका छौं । यो रोजगार कार्यक्रम अन्तर्गत युवाहरुले कुनै वित्तीय संस्थासँग कर्जा लिन सक्छन् भने पालिकाले ब्याजमा सहज गराइदिन्छ । युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । यो रोजगार कार्यक्रम अन्तर्गत ५ सय जनाले रोजगार पनि पाएका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? स्थानीय सरकारको व्यवस्थापनको सन्दर्भमा २ ओटा पक्ष जस्तो कर्मचारी र जनप्रतिनिधि पक्ष्य हुन्छ । जनप्रतिनिधिको काम भनेको नीति बनाउने र निर्णय गर्ने हो । कार्यान्वयन गर्ने भनेको कर्मचारीले हो । सही तरीकाले काम गर्ने र सञ्चालन गर्न सक्ने कर्मचारी भइदियो भने मात्र सोचेको जस्तो काम गर्न सकिन्छ । कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पालिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? हामीले गर्नुपर्ने केही कामहरू अझै बाँकी छन् । सडक सञ्जाल सबै वडामा पुर्याउन सफल भएका छौं । शिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । पालिकामा बाल कक्षको पनि सञ्चालन गरेका छौं । भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । एक मात्र क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? करिब करिब हाम्रो कार्यकाल १ वर्ष मात्र बाँकी रहेको छ । १ वर्षको अवधिमा पनि धेरै काम त गर्न सक्छौं । पालिकास्तरको रिङ रोडको परिकल्पना छ हाम्रो । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोलक्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । मानिसहरुले सोचे भन्दा बढि पालिकामा कोभिड फैलिरहेको छ । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु । पालिकाका बासिन्दालाई सचेत र सुरक्षित रहन पनि आग्रह गर्छु ।

आगामी आर्थिक वर्षमा क्षेत्रगत रूपमा कृषकहरूलाई पुरस्कृत गर्छौं – गाउँपालिका उपाध्यक्ष रुचाल

चौबिसे गाउँपालिका नेपालको प्रदेश १ अन्तर्गत धनकुटा जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो । ८ ओटा वडा रहेको यस गाउँपालिकामा १९ हजार २ सय ८३ जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाकी उपाध्यक्ष यज्ञ कुमारी रुचालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? हाम्रो पालिकामा खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । कृषि विकासको लागि कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । पालिकामा कृषकहरूलाई कृषिका विभिन्न तालिमहरू दिँदै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । तरकारी खेतीले राम्रो फाइदा दिन थालेपछि धेरै किसान व्यवसायिक रूपमा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । १, २, ६, ७ र ८ नं. वडालाई किवी जोनको रुपमा विकास गर्ने भनेर कृषकलाई १६ लाख रुपैयाँ बराबरको विरुवा खरिद गरी वितरण पनि गरेका छौं । कृषकहरूलाई पशुपालनको तालिम पनि दिँदै आएका छौं । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । केही बिदेसिएका युवाहरू पनि गाउँमै आएर पशुपालन र कृषि पेशामा लागेका छन् । कृषि उत्पादनका हिसाबले हाम्रो पालिका उर्वर भूमि भएको ठाउँ पनि हो । युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड पनि दिइरहेका छौं । परम्परागत खेती प्रणाली छाडेर व्यवसायमुखी बन्नु जरुरी छ । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । उत्पादन र आम्दानी राम्रो भएपछि उनीहरू व्यवसायिक कृषिमा अगाडि बढ्न थालेका छन् । पालिकामा आलु, खुर्सानी, सिमी, बोडी, धनियाँ, गोलभेँडा, भ्यान्टा, धान र मकै खेती हुने गरेको छ । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समूहको पनि गठन भएको छ । कृषि अनुदानका विभिन्न कार्यक्रमहरू सञ्चालन गरी कृषि विकासको लागि काम गर्दै आएका छौं । कृषक र पालिकाको साझदारिमा हामीले ५० प्रतिशत अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका छौं । पालिकामा फलफूल खेती अन्तर्गत किवी, सुन्तला, कागती, एभोकाडा, उत्दान हुने गरेको छ । भूगोलको अनुसार पालिकाको कृषि क्षेत्रलाई ३ तहमा विभाजन गर्न सकिन्छ । फलफूल खेती विकासको लागि पनि हामीले जोड दिइरहेका छौं । सामूहिक कृषि खेती गर्ने कृषहरुलाई प्रोत्साहन पनि गर्दै आएका छौं । पालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रको रूपमा छुट्याई कृषि विकासको कामहरू अगाडि बढाएका छौंं । गाउँपालिका भित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिका भित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ । उन्नत जातका बाख्रा तथा खसी, स्थानीय जातका कुखुरा पालनसँगै बेमौसमी तरकारी उत्पादन गरिँदै आएको छ । भौतिक पूर्वाधारको विकास गर्दै कृषि तथा पशुपालनलाई वृद्धि गर्दै लैजाने योजना हाम्रो रहेको छ । कृषि क्षेत्रबाट कतिपय कृषकहरुले राम्रो आम्दानी गर्न पनि सफल भएका छन् । खेती योग्य जमिनलाईलाई बाँझो नराख्न पनि आग्रह गरेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्रायः सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । हामीले कृषकहरूलाई एकिबद्धता गर्नको लागि टोल सुधार समिति अन्तर्गत काम गर्ने भनेका छौं । सामुहिक कृषि विकासको लागि पनि जोड दिएका छौं । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । यो आर्थिक वर्षमा किसानहरूलाई कोभिडको कारण पुरस्कृत गर्न सकेका छैनौं । आगामी आर्थिक वर्षमा क्षेत्रगत रूपमा कृषकहरूलाई पुरस्कार दिने योजना रहेको छ । हामीले व्यक्तिलाई भन्दा पनि समूहलाई पुरस्कृत गर्ने योजना बनाएका छौं । गाउँपालिकाको वडा नं. ६ र ५ लाई सुन्तलाको पकेट क्षेत्रको रूपमा लिइन्छ भने कृषकहरूले उत्पादन गरेका वस्तुहरू धरान निकासी गर्ने गरिन्छ । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? कोरोना संक्रमणबाट हाम्रो पनि पालिका दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रूपमा फैलिएको कारण पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोभिडले पालिकाको समग्र विकास निर्माणको र विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । हामीले सबै नागरिकलाई घरमा नै बस्न आग्रह गरेका छौं । पालिकामा कोरोना संक्रमित पनि बढ्दो छ । पालिका स्तरको हामीले पालिकामा नै कोभिड अस्पतालको निर्माण गरेका छौं । हामले कनट्र्याक्ट ट्रेसिङ मेशिन पनि खरिद गर्ने निर्णयगरेका छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यसका लागि पालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्ने, अस्पतालहरूको क्षमता विकास गरेर धेरैभन्दा धेरै बिरामीको उपचार गराउने, कोभिडबाट सक्रमित भएका र नभएका दुवै थरीका बिरामीलाई अस्पताल आवतजावत गर्न जोखिमपूर्ण ठाउँलाई निःसंक्रमण गराउने लगायतका काम गरिरहेका छौं । पालिकाका धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको छ भने नागरिकहरुलार्ई घरभित्र नै बस्नको लागि आग्रह गरेका छौं । पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । संक्रमण दर गत सालभन्दा भयावह भइरहेको छ तर हालसम्मको अवस्थालाई मध्यनजर गर्दा कोरोनाको प्रभाव उच्च भइसकेको छ । कोरोना न्यूनीकरण गर्नको लागि पूर्वतयारी अवस्थामा जुटेका छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । हामीले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरुमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । पहाडी भूभाग भएको कारण विद्यार्थीहरूले धेरै हिँडेर विद्यालयसम्म पुग्नु पर्ने अवस्था पनि छ । कोभिडको कारण शैक्षिकक्षेत्र पनि प्रभावित बन्दै गएको छ भने हाल सबै विद्यालयहरू बन्द भएका छन् । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न लागि विभिन्न विज्ञयहरुबाट तालिम पनि दिँदै आएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्रविधि मैत्री शिक्षा हुनु पर्छ भनेर हामी लागि परेका छौं । शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । पालिकाको सबै विद्यालयमा रमाइलो कक्षाको पनि सञ्चालन गरेका छौं । शिक्षाबाट कुनै पनि विद्यार्थी बन्चित नहुन् र उनीहरूलाई विद्यालयसम्म ल्याउनको लागि हामीले रमाइले कक्षाको व्यवस्थापन गरेका हौं । पालिकामा ४४ ओटा विद्यालयहरू रहेका छन् । पालिकमा बाल विकास केन्द्र पनि रहेको छ । पालिका भित्र रहेको विद्यालयमा नै विद्यार्थीले सभओभरसीयर, साइन्स, म्यानेजमेन्ट पढ्न चाहे भने हामीले १६ हजारको दरले छात्रवृत्ती र अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधी तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर प्रत्येक वडाका १ जना विद्यार्थीलाई मात्र छनोट गरी छात्रवृत्ती दिने व्यवस्था मिलाएका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? घोषणापत्रमा उल्लेख गरेको कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै सकिसकेको जस्तो मलाइ लाग्छ । केही कामहरू बाँकी रहेका छन् भने बाँकी रहेको काम यो वर्ष पुरा गर्ने हाम्रो योजना रहेको छ । विकास निर्माणको काममा कोभिडको कारणले ठुलो असर पुर्याएको छ । अब हाम्रो कार्यकाल १ वर्ष मात्र बाँकी रहेको छ । यो कार्यकाल भित्र बाँकी रहेको काम सक्छौं भन्ने आशा छ । काम नै गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेको थिएनौं । पर्यटन विकास, शैक्षिक सुधार आदि काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन । हामीले गर्छौं भनेको कुरा बाहेक अरू कुराहरू महत्वपुर्ण पनि हुन सक्छ भनेर समग्र पलिकाको नै विकास निर्माणमा लागेका छौं । पालिकाका हरेक महिलाको क्षमता विकासका लागि हामी लागि परेका छौं । महिलाहरू हिंसात्मक गतिविधिबाट पीडित भएको कारण सामाजिक आर्थिक, राजनीतिक क्षेत्रमा अगाडि बढाउनु पर्छ भनेर हामी लागिपरेका छौं । दलित विपनलाई रोजगारी मूलक बनाउनु पर्छ भनेर स्वारोजका कार्यक्रम पनि अगाडि बढाएका छौं । हामीले न्यायिक क्षेत्रमा पनि धेरै काम गर्दै आएका छौं । सांस्कृतिक कलाको संरक्षण गर्न पनि हामी लागि परी खेलकुद विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । ‘एक वडा एक खेल मैदान’ को अवधाण अगाडि सारी प्रत्येक वर्ष खेल मैदान निर्माणको लागि १० लाख रुपैयाँ बजेट पनि छुट्याएका छौं । पालिकामा अब ३ ओटा वडामा मात्र खेल मैदानको निर्माण गर्न बाँकी छ । समाज विकासको लागि र महिलाको क्षमता विकासको लागि पालिकामा हरियो झन्डा कार्यक्रम पनि रहेको छ । सुत्केरी महिलाको पोषणलाई विशेष ध्यान गरी ‘शिशुलाई नाना र आमालाई खान’ भन्ने कार्यक्रम पनि हामीले सञ्चालन गरेको छौं । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो पालिका पर्यटनको प्रचुर मात्रमा सम्भावना बोकेको ठाउँ हो । पालिकामा पर्यटकीयस्थलहरु पनि धेरै रहेको छन् भने प्राकृतिकरूपले पनि हाम्रो पालिका निक्कै सुन्दर छ । न्यानो समशीतोष्ण र चिसो समशीतोष्ण प्रकृतिको हावापानी पाइने हाम्रो पालिकामा तल्लो तथा होचो भू–भागमा निकै न्यानो वातावरण छ भने उच्च ठाउँहरूमा निकै चिसो प्रकृतिको हावापानी महसुस गर्न सकिन्छ । हामीले पालिकामा जनजातिहरूको संग्रहलय पनि खोलेका छौं भने मगर संग्रलय पनि रहेको छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । पर्यटन विकासको लागि होमस्टेको पनि निर्माण गर्ने योेजनामा छौैं । रानीताल (मावारक), नागबेली पार्क, पुण्य मा.वि., सिद्धदेवी, बोधे गढी, हम्वे दरबार, हांसेमालुङ, थाक्केलुङ, त्रिवेणी, मिक्लाजुङ पर्वत, सिंहदेविस्थान आदि पर्यटकीय स्थलको रूपमा निकै चर्चित छन् । पालिकामा प्रवेश गरेका पर्यटनहरू लामो समयको लागि भेडेटार हुँदै नाम्जेको आत्माघर, ओख्रेको टावर तथा डाँडाबजारको ध्वजे डाँडा र एशियाकै ठूलो वरको रूख भ्रमण गरेर चौबिसे गाउँपालिका प्रवेश गर्न सकिन्छ । पलिकाको मौनाबुधुकको सिद्धदेवी मुढेवासको सिंहदेवीस्थान हुँदै वडा नं. ६ मा रहेको बुधबारेको मुक्लाजुङको रमाइलो भ्रमण गर्न सकिन्छ र यहाँबाट देख्न सकिने ठाउँहरूको रमाइला–रमाइला दृश्यावलोकन गर्न सकिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । हामीले पर्यटकीय स्थलहरूलाई सफा राख्न पनि विशेष ध्यान दिएका छौं । परम्परागत संस्कृतिको संरक्षण तर्फ ध्यान दिई पालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् । कोरोनाले गर्दा पलिकाको पर्यटकीय क्षेत्रमा पनि ठूलो असर पुर्याएको छ । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? हाम्रो पालिकाको सबै वडामा सडक सञ्जालको पहुँच पुगेको छ । कोशी राजमार्ग अन्तर्गत भेडेटारबाट पूर्व करिब १९ किलोमिटरको दुरीमा अवस्थित राजारानीबाट गाउँपालिका प्रारम्भ भई १ र ६ नं.मा पुग्दा सो सडकखण्डको लम्बाई ४६ किलोटिर हुन्छ । धरानदेखि भेडेटार–डाँडाबजार–राजारानी हुँदै मौनाबुधुक, बोधे, आइतबारे, मुढेवास तथा ६ नं. वडामा रहेको बुधबारे, शुक्रबारे, कुरुले नियमित यात्रुवाहक बस सञ्चालन हुने गर्दछ । यो वर्ष देखी पालिकाको प्रत्येक वडामा ग्रबेल गर्ने योजना बनाएका छौं । ग्राबेल गरेका सडकहरु मात्र पालिकामा बाह्रै महिना सञ्चालन हुने अवस्थामा छ । सबै वडामा सडक पुगे पनि कच्ची सडक पालिकामा धेरै छन् । पालिकाका केही सडकको स्तरोन्ती पनि गरेका छौं । स्थानीय स्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? यहाँका अधिकांश मानिसहरू कृषि पेशामा संलग्न रहेको पाइन्छ । कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् । धेरै मानिहरु ज्यालामज्दुरी गरेर गुजारा गरिरहेका छन् । धेरै यूवाशक्ति भने वैदेशिक रोजगारीमा जाने गरेको छन् । युवाहरूको सिप विकासको लागि प्राविधिकसँग अन्तर सम्बन्धित विभिन्न तालिम पनि दिँदै आएका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धी पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । पालिकामा जनचेतनाको पनि अभाव रहेको छ । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारी मूलक पनि बनिरहेका छन् । धेरै रोजगारी सिर्जना गर्नको लागि पालिकामा ठुलो उद्योग त छैन । विभिन्न युवा स्वरोजगारका तालिमहरू पनि दिँदै आएका छौं । हामीले एउटा बाटो बसायौं भने आगमि निर्वाचित भएर आउनेले निरन्तरता दिनु हुन्छ भन्ने हाम्रो आशा रहेको छ । युवाहरूको समूह गठन गरी प्रत्येक वडामा युवाहरूलाई सामूहिक व्यवसायमा लानको लागि जोड गरिरहेका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? स्थानीय सरकारको व्यवस्थापनको सन्दर्भमा २ ओटा पक्ष जस्तो कर्मचारी र जनप्रतिनिधि पक्ष्य हुन्छ । जनप्रतिनिधिको काम भनेको नीति बनाउने र निर्णय गर्ने हो । कार्यान्वयन गर्ने भनेको कर्मचारीले हो । सही तरीकाले काम गर्ने र सञ्चालन गर्न सक्ने कर्मचारी भइदियो भने मात्र सोचेको जस्तो काम गर्न सकिन्छ । कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पालिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? १ वर्ष मात्र हाम्रो कार्यकाल रहेको छ । १ वर्षको अवधिमा पनि धेरै काम त गर्न सक्छौं । सबैको सामूहिक भावनाले मात्र विकास निर्माणको काम गर्ने हो । स्थानीय तहमा सुशासन कायम गर्नको लागि कानुनी पाठ्यक्रमको व्यवस्था गर्छौं । पालिकाको प्रत्येक वडामा टोल सुधार समितिको गठन भएको छ । टोल सुधार कार्यक्रम अन्तर्गत हामीले एउटै टोलमा आवद्ध गराएर त्यहाँको आवश्यकता अनुसार प्रत्येक वडामा पास बुक दिने छौं । यो पास बुकमा सम्पूर्ण कुरालाई समेटेर टोल सुधार समिति मार्फत आएको योजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न छौं । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । उद्यम शिल महिलाको लागि घुम्ती कोषको निर्माण गर्ने छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडी परेका टोलक्षेत्रलाई विकास गर्ने सोचमा पनि बनाएको छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । प्रत्येक ज्येष्ठ नागरिकहरूलाई सम्मान पनि गर्दै आएका छौं । एकल महिलालाई पनि सहयोग गर्नुपर्छ भन्ने हाम्रो नीति रहेको छ । अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । मानिसहरुले सोचे भन्दा बढि पालिकामा कोभिड फैलिरहेको छ । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु । पालिकाका बासिन्दालाई सचेत र सुरक्षित रहन पनि आग्रह गर्छु ।