मेरो कार्यकालमा सबैको घर-घरमा सडक पुग्छः अध्यक्ष केदार क्षेत्री

बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो बलेफी । यो गाँउपालिका पर्यटकीय स्थलको रुपमा पनि चर्चित छ । यो गाँउपालिकाभित्र धर्मिक अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र क्रिस्चियनहरु बसोबास गर्ने गरेका छन् । यहाँको मुख्य भाषा भनेको नेपाली हो । त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् । संघीय राजधानी काठमाडौंबाट करिव ७० किलोमिटरको दुरीमा रहेको यो गाउँपालिकामा खास गरेर २ वटा सिमा रेखा, एउटा सुनकोशी नदि रहेको छ भने अर्काे बलेफी नदी रहेको छ । गाँपालिकामा ठूला परियोजनाहरु के के रहेका छन् ? खेलकुदका योजनाहरु के–के रहेका छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? गाँउपालिकाले युवालाई रोजगारीको अवसर कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाँउपालिकामा कोरोनाले के–कस्ता असर पुर्याएको छ, अहिले अवस्था कस्तो छ ? गाँउपालिकामा कोरोना भाइरसले ठूलो असर पु¥याएको छ । खासगरी शिक्षा, स्वास्थ्यमा, मानिसको व्यावसाहिक जिन्दगीमा असर पुगेको छ । कोरोनाको समयमा हामीले २ ठाँउमा क्वारेन्टिन व्यवस्था गरेका थियौं । त्यसै, गरेर हाम्रो प्राथामिक स्वास्थ्य केन्द्र व्यावस्थापन गरेका थियौं । २ सय जनालाई गाँउपालिकाको क्वारेन्टिनमा राखेका थियौं । आइसोलेसनमा पनि केहि मानिसहरुलाई राख्नु परेको थियो । कोरोनाको समयमा सोनिटाइजर, माक्सको प्रयोग गर्नु पर्छ भने चेतनाको विकास भएको थिएन । हामीले माइकिङ्ग गरेर जनचेतना बढाउने काम गर्यौं । गाँउपालिकाको तर्फवाट जनतालाई माक्स सोनिटाइजर, साबुन आदिको वितरण पनि ग¥यौं । साबुन पानीले हात धुनु पर्छ भन्ने चेतनाको अभिवृद्धि पनि ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । तर पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर माक्स सेनिटाइजरको प्रयोग गरेर मात्र कामहरुलाई अगाडि बढाइरहेका छौं । कोरोनाको समयपछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडी बढाइरहेको छ ? विकास निर्माणको काममा कोरोनाले असर पु¥याएको छ । कोरोनाले कषिको काम, पशुपालनको काममा प्रभाव परेको छैन । विकास निर्माणको काममा ढिलाई भयो तर यसमा कोरोनाको प्रभाव परेका छैन । कोरोना जस्ता आपत विपत आइपर्यो भने स्वास्थ्य सेवालाई पूर्व तयारी राख्ख्नु पर्छ भन्ने चोतनाको विकास भएको छ । हाल हामी विद्युत, खोनेपानी, सिचाईको कामहरु गरिरहेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? सुरुमा क्वारेन्टिन जिम्मा स्थानीय तहले लिनुपर्छ भनिएको थियो । आइसोलेसनमा प्रदेश सरकारले हेर्नु पर्ने भनिएको थियो । कोरोनाको समयमा पनि प्रदेश सरकारले राम्रो भुमिका खेलेका थिएन । कोरोना विरुद्ध जनचेतना अभिबृद्धिको लागि प्रचार प्रसार गर्न प्रदेश सरकारले जम्मा १० लाख रुपैयाँ दिएको छ । कोरोनाको मात्र नभइ अरु कामको समन्वय ठिकै छ । प्रदेश सरकारले राखेका योजनाहरु करिव कार्यन्वयनको तहमा आएको छ । संघीय सरकारको विकास बजेट ५० प्रतिशत पनि खर्च हुने गरेको छैन । प्रदेश सरकारको ७५ प्रतिशत खर्च हुने गरेको छ भने स्थानीय सकारको शतप्रतिशत नै खर्च हुने गरेको छ । यो नतिजाले विकास निर्माणको मुल जिम्मा स्थानीय तहलाई दिनुपर्छ भन्ने देखाउँछ । केन्द्र सरकारले नीतिगत कामहरु गर्ने, विकास निर्माणका कुराहरु सबै प्रदेश सरकारलाई दिनु पर्छ । साना योजनाहरु सबै स्थानीय तहलाई दिनु पर्छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ? खासमा भन्नुपर्दा केन्द्र र प्रदेश सरकारले जे जस्ता कामहरु गर्छ हामीले पनि त्यस्तै काम गर्नुपर्छ । तर, हामीसँग विज्ञताको अभाव छ । कर्मचारीकै अभाव छ । यस्ता समस्याको सामना हामीले गरिरहेका छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट स्थानीय तहमा त्यति ठुलो सहयोग मिलेको छैन । केन्द्र सरकारबाट बजेट पठाउने वाहेक अरु सहयोग मिलेको छैन । केन्द्र सरकारले करिब ४ सय स्थानीय तहमा एकैचोटि ५ देखि १५ बेडको अस्पताल बनाउने घोषणा ग¥यो । गत मंसिर १५ गते सबै अस्पतालको सिलान्यास पनि भयो । मेरो गाँउपालिकमा प्रथमिक स्वास्थ्य केन्द्र छ, जुन गाँउपालिकाको वडा नं १ मा पर्छ । त्यो भवन भुकम्पपछि बस्न अयोग्य थियो । यो भवन निर्माणको लागि म आफै स्वास्थ्य मन्त्रालय ३ पटक पुगिसकेको छु । एउटाले अर्काेलाई पन्साउने र निर्णय नै नगरिदिने समस्या मैले भोगिरहेको छु । केन्द्र सरकारले अस्पताल निर्माणमा १८ करोड बजेटमा जम्मा एक करोड रुपैयाा मात्र पठाएको छ । पैसा नपठाए पनि टेन्डर खुलाउनेदेखि सबै व्यावस्थापन गाँउपालिकाले गर्न सक्छ । केन्द्र सरकारसँग तुरन्तै निर्णय गर्ने जिम्मा लिने अभिकारीको अभाव छ । केन्द्र सरकारबाट सशर्त र निशर्त भनेर दुई खालको बजेट आउने गरेको छ । एउटा शिक्षकको तलब र अर्काे कर्मचारी बजेट भनेर बर्षमा १५ करोड रुपैयाँ बजेट आउने गरेको छ । गाँउपालिकाको विभिन्न ठाँउमा कच्ची बाटोहरु छन् । कच्ची बाटोलाई १२ माहिना सञ्चालन गर्नेको लागि र यसलाई स्तरोन्नति गर्नको लागि धेरै बजेट आवश्यक पर्छ । पैसा भने केन्द्र सरकारबाट १५ कारोड रुपैयाँ मात्र आउने गरेको छ । यस्ता समस्या अन्य क्षेत्रमा पनि छन् । कस्ता किसिमको योजानालाई प्रथमिकता राखेर काम गरिरहनु भएको छ ? गाँउपालिकमा बजेटको आकार हेर्ने हो भने हामीले सडकलाई नै प्रथमिकता दिएका छांै । शिक्षा र स्वास्थ्यलाई पनि प्रथमिकतामा नै राखेका छौं । गाँउपालिकमा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ कि भन्ने बारेमा पनि हाम्रो प्राथमिकता छ । विशेष गरेर शिक्षाको विकासबिना कुनै पनि प्रकारको चेतनाको विकास हुँदैन भनेर शिक्षालाई विशेष जोड दिएका छौं । खानेपानी र विद्युतमा पनि प्राथमिकता राखेका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । लकडाउनको समयामा नियमित पठन पाठन सञ्चालन गर्ने नसकेकोले हामीले ८ महिना विद्यालय बन्द गर्यौं । लकडाउनको समयमा पनि अध्यापनलाई निरन्तरता दिनको लागि ३ वटा विधि अगाडि बढायौं । गाँउपालिकामा रहेको अधिकांश भुभाग ग्रमीण भेग रहेको छ । अनलाइनबाट पनि हामीले पठनपाठन सञ्चालन गरायौं । बजारमा रहेका विद्यार्थीलाई अनलाइनबाट पढायौं । अनलाइन शिक्षा पनि प्रभावकारी बन्न सकेन । अनलाइन शिक्षा सिमित विद्यार्थीहरुको लागि मात्र भयो । रेडियोबाट पनि शिक्षा सिकाइ प्रक्रिया भएको थियो । रेडियोबाट पनि शिक्षा प्रभावकारी बन्न सकेन । कोरोनाले गर्दा वालवालिकाको मनोविज्ञानमा पनि असर पुर्यायो । अबको समयमा कोरोनको प्रभाव शिक्षा क्षेत्रमा छैन । गाँउपालिकामा रहेको सबै विद्यालयका पठन पाठन सञ्चालन निरन्तर रुपमा अगाडी बढिरहेको छ । गाँउपालिकामा ४ वटा मावि छन् । १ देखि १० सम्म कक्षाहरु सञ्चालन भएक छन् । तर, दरबन्दीको हिसावले हेर्ने हो भने मावि तहमा पढाउने शिक्षक एक जना पनि छैनन् । निमावि तहको शिक्षक र आधारभुत तहको शिक्षकले १० कक्षासम्म पढाउनु पर्ने वाध्यता छ । गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? गाँउपालिमा रहेको स्थानीय तह करीब करीब २० वर्षपछि गठन भएको हुनाले हाम्रो भैतिक संरचनाहरु थिएनन् । वडा कार्यलय भवन थिएनन् । भवनहरुको निर्माणको लागि धमाधम काम हुँदैछ । एउटा वडा भवन बनाउन मात्रै पनि ७० लाख रुपैयाँसम्म बजेट चाहिन्छ । गाँउपालिकमा जम्मा ८ वटा वडा रहेका छन् । स्वास्थ्य चौकीहरु बनाउन ७० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म आवश्यक पर्छ । केही सडक कालोपत्रे गर्ने काम सुरु गरेका छौं । यसपालि हामीले २ वटा बाटो कालोपत्रे गर्न सुरु गरेका छौं । बलेफीदेखि जलबिरे जाने एउटा सडकको लागि २९ करोड रुपैयाँ केन्द्र सरकारले दिएको छ । यसको टेन्डर भएको ४ महिना पुरा भई सक्यो । तर, यो अझै प्रकियामा नै गएको छैन । आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? गाँउपालिका काठमाडौंदेखि करिव ७० किलोमिटरको दुरीमा छ । खासगरेर गाँउपालिकाको २ वटा सिमा रेखा एउटा सुनकोशी नदी छ भने अर्काे बलेफी नदी छ । हाम्रो गाँउपालिकामा काठमाडौंबाट विदाको समयमा गएर शनिबार बसेर आईतबार अफिस भ्याउन सक्छन् । थेरै रकमा धेरै मनोरञ्जन पनि पाउन सकिन्छ । गाँउपालिकामा रहेको भोटेकोशी संसारमा रहेका ‘ह्वाइट रिभर’को नामले चिनिन्छ । संसारको एउटा आकर्षक रुपमा चिनिने यो नदी हाम्रो गाँउपालिकामा नै रहेको छ । यो नदीमा र्याफटिङ्ग हुने गरेको छ । यसलाई पनि हामीले प्रचार प्रसार गरिरहेका छौं । कोभिडको कारण पर्यटन क्षेत्र पनि पछि परेको छ । काठमाडौंमा धेरै जनसंख्या रहेको छ । काठमाडौंवाट नै घुम्नको लागि यो गाँउपालिकामा आउनेको संख्या ठूलो हुन्छ । आन्तरिक पर्यटनको सम्भावना ठूलो छ । भर्खरै खुलेको जुगल हिमाल आरोहण गर्ने बाटो यही गाँउपालिकाको वाटो भएर जानु पर्छ । यसको प्रचार प्रसार गर्ने सक्यौं भने वाह्य पर्यटन पनि धेरै ल्याउन सकिन्छ । यहाँ पुराना मठ मन्दिर, गुम्वा पनि रहेका छन् । यसको पनि हामीले प्रचार प्रसार गरिरहेका छौं । हामीले पर्यटनको लागि होमस्टेको पनि व्यवस्थापन गरेका छौं । १० लाख रुपैयाँमा लगानीमा हामीले होमस्टेको पनि सञ्चालन गरेका छौं । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकाको मात्र नभई देशको नै मुख्य समस्या भनेको नै बेरोजगारीको हो । शिक्षित जनशक्तिको लागि पनि रोजगारीको पर्याप्त अवसर छैन । यो गाउँपालिकामा जलविद्युत कम्पनीहरु आएका छन् । युवालाई त्यसमा उपयुक्त हुने खालका तालिमहरु दिने गरेका छौं । सिलाई कटाइका तालिम दिने, तालिम मात्र दिने होइन, सिकेको सिपलाई काममा उतार्नको लागि रकमको माग गर्नु भयो भने २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म दिने गरेको छौं । युवाहरुको लागि हामीले विभिन्न सिपयुक्त तालिमहरु प्रदान गरिरहेका छौं । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि उत्पादनमा केही समस्या छ । चाहिएको समयमा मल नपाउने, विउ नपाउने समस्या छ । त्यसैले विउ भन्डारण गर्ने व्यवस्था मिलाएका छौं । सहकारीको विकास गरेका छौं । हामीले अनुदान दिने र समयमा मल ल्याउनको लागि प्रयत्न गरेका छौं । यस्तै, वन्यजन्तुको संख्या बढिरहेको छ । वन्यजन्तुले कृषकले उत्पादन गरेको तरकारी नस्ट गरिदिने गरेको छ । पशुपालनको कुरालाई पनि हामीले अगाडी सारेका छौं । युवाले बाख्रा, कुखुरा पालन सुरु गरेका छन् । हामीले बाख्रा पालन गर्नेलाई खोर व्यवस्थापन भनेर २५ हजार रुपैयाँ दिने गरेका छौं । २ वटा भैसी पालन गर्ने कृषकलाई १ वटा भैसी बराबर २० हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषिको लागि ढुवानी खर्च अनुदान दिने गरेका छौं । गाँउपालिकामा मानिसहरु प्रयाः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दा रहेछन् ? गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । सेवा प्रवाहमा समस्या रहेको छ । गाँउपालिकामा मानिसले सडक राम्रो चाहियो भन्छन् । मुख्य समस्याको रुपमा बेरोजगारीे समस्या छ । तपाईंको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? गाँउपालिकामा रहेका नागरिकलाई उन्नति प्रगति गर्ने, समृद्ध बनाउने अभियानमा हामी लागेका छौं । भौतिक पूर्वाधार निर्माण पनि गररिहेको छौं । गाँउपालिकमा रहेका सबै वडामा विद्युत पुगेको छ । सबै घर घरमा सडक पुगोस् भन्ने योजना मेरो रहेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्यचौकी सञ्चालमा रहेका छन् । मैले धेरै विकास निर्माण गर्न चाहेको छु तर सिमित बजेटको कारण ढिलाई भएको छ ।

स्वरोजगार बन्छु भनेर आउने युवालाई माग गरे जति बजेट दिन सक्छौंः अध्यक्ष अधिकारी

कालिका रसुवा जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । यो गाँउपालिका पर्यटकिय स्थलको रुपमा पनि चर्चित छ । गाँउपालिका रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट २४ किमी दक्षिणपूर्व तिर रहेको छ । नेपालमा अन्य पहाडी भेगले ओगटेको गुणझैैं यस गाँउपालिकाले पनि सम्पूर्ण गुण ओगटेको छ । गाँपालिकामा ठूला योजना तथा परियोजनाहरु के–के छन् ? खेलकुदका योजनाहरु के-के छन् ? कोरोनापछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष सीताकुमारी (पौडेल) अधिकारीसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कोरोना भाइरसपछि गाँउपालिकाले विकास निर्माणको कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाको समयमा पनि केहि विकास निर्माणकाे कामलाई अगाडि बढायाैं । गाँउपालिकाको विकास निर्माणमा कोरोनाले धेरै असर नपुर्याए पनि केही असर भने पक्कै भयो । कोरोनाको समयमा हामीले प्रदेशबाट आएको बजेटको सडकको स्तरोन्नती गरेका छौं भने गाँउपालिकाले छुट्याएको सडकका स्तरोन्नती पनि गरेका छौं । सामुदायिक भवनको काम र टोलको बाटोको निर्माण गर्ने काम पनि गर्यौं । गाँउपालिकामा ५ वटा वडा रहेका छन् । वडा वडामा मात्र नभएर टोल टोलमा सडक पुगिसकेको छ । मजदुरलाई पनि कोरोनाको समयमा जीवनयापन गर्न कठिन भएको छ । गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? हामीले धेरै योजनालाई प्राथमिकता राखेर काम गरिरहेको छौं । तर हाम्रो गाँउपालिकाले विशेष गरेर स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई बढी मात्रामा प्राथमिकता राखेका छौं । गाँउपालिकाका ठूला योजना तथा परियोजनाहरु के-के छन् ? गाँउपालिकामा खासै ठूला योजना त छैनन् । प्रदेशको साझेदारी कार्यक्रममा सित भन्डारण निर्माण कार्यक्रम रहेको छ । यसको करिब ७० प्रतिशत काम भइसकेको छ । गाँउपालिकामा १५ सय बेड अस्पतालको शिलान्यास भइसकेको छ । अस्पताको निमार्णको लागि करिब १५ करोडको योजना छ । हामीले पर्यटकीय क्षेत्र बृहत बनाएर काम गर्ने भनेर पिकनिक स्पोर्ट निर्माण गर्न, भ्यूटावरको निर्माण गर्ने, पदमार्ग बनाएर गोसाइँकुण्डसम्म जाने भन्ने योजनो छ । स्याउबारी पिकनिक स्पोर्ट, बुद्धटार निमार्ण भ्यू टावर निर्माण यो योजनाको नाम रहेको छ । यसको लागि ९ कारोड रुपैयाँमा डीपीआर तयार भइसकेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हामीलाई बेला बखत प्रदेश सरकारबाट पत्राचार भइरहेको छ । कोरोनाले गर्दा भेटघाट हुन सकेको छैन । कृषि सडकको कालोपत्रे गर्ने भनेर प्रदेश सरकारबाट लागभग ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । केहि योजनाको डीपिआर गरेर प्रदेश सरकारमा पठाउने काम भइरहेको छ । प्रदेश सरकारले विशेष गरेर शिक्षा क्षेत्र, बालमैत्री विद्यालयमा बनाउने जस्ता काममा समन्वय गरेका छौं । कोरोनाको समयभन्दा पहिला प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । हाल यस्ता कार्यक्रमहरु भने सञ्चालन हुन छाडेका छन् । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आइपर्छन् ? स्थानीय तहमा काम गर्दा धेरै समस्या आइपर्छन् । सबै काम स्थानीय तहले नै गर्छन् भन्ने जनताले ठान्छन् । हामीले धेरै ठुला योजनाको कार्यान्वयन पनि गर्ने सक्दैनौं । हामीलाई धेरै समस्या छ । जस्तो कृषि विकासको लागि कृषि विज्ञ चाहिन्छ । कृषि विज्ञ धेरै गाँउपालिकामा रहेका छैनन् । कृषिमा हामीले राम्रो काम गर्ने सकेका छैनौं । लोकसेवा पास गरेर आउनु भएका कर्मचारीको पनि सिकाइ प्रक्रिया जारी नै रहेको छ । गाउँपालिकामा यस्ता सानातिना धेरै समस्याहरु छन् । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट ठुला योजना हाल्नु पर्ने थियो । तर गाँउपालिकामा ठूला योजनाहरु परेको छैन । मन्त्रीहरु भएको भए ठूला योजनाहरु आउँथे होला, जिल्लामा मन्त्री छैनन् । ठूला बजेटहरु गाँउपालिकामा आएको छैन । पिकनिक स्पोर्ट निर्माण गर्न, भ्यू टावरको निमाण गर्न राष्ट्रिय यजना आयोगबाट रकम विनियोजन भएको छ । राष्ट्रिय योजना आयोगबाट केहि बजेट आएको छ । तर केन्द्र सरकारबाट ठूला बजेटहरु आउन सकेको छैन । केन्द्र सरकारबाट वार्षिक १७ करोड जति विकास बजेट भनेर आउने गर्छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? गत वर्ष पनि पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने भनेर योजना राखेका थियाैं तर कोरोनाले धेरै असर पुर्यायो । हाम्रो गाँउपालिका वडा नं २ को स्याउ बारी भने क्षेत्र एकदमै सुन्दर छ । यो ठाँउलाई प्रचार-प्रसार गर्ने र पर्यटकीय विकास गर्न बाह्य तथा आन्तरिक पर्यटक ल्याउन, गोसाइँकुण्ड जाने भन्ने हाम्रो योजना रहेको थियो । यसलाई पर्यटन बोर्डले पनि छुट्याएको छ भन्ने सुनिन्छ । पर्यटन क्षेत्रको लागि हामीले १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । कोरोना भाइरसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? हालको शैक्षिक अवस्था कस्तो छ ? कोरोना भाइरसले विद्यार्थी र शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । लकडाउनको समयभर गाँउपालिकाका विद्ययालयहरु बन्द भए । विभिन्न विद्यालयका सञ्चालक समिति, अध्यक्ष, अभिभावकसँग निर्णय गरेर १ महिना सम्म विद्यायललाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफल गर्यौं । गाँउपालिकामा इन्टरनेटको कमि र रेडियो माध्यमबाट पठनपाठन सञ्चालन गर्यौं । तर यो माध्यमबाट पनि पठनपाठन सञ्चालन गर्दा प्रभावकारी बन्न सकेन । कलेजमा केहि महिना अनलाइन माध्यमबाट पठनपाठन गर्यौं । हाल भने गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा कोरोनाको प्रभाव नभए पनि सोनिटाइजर,माक्स को प्रयोग गरेर विद्यालयको पठनपाठन सञ्चालन गरिरहेको छौं । गाँउपालिकामा रहेका सबै विद्यालयको पठनपाठन निरन्तर रुपमा सञ्चालन भइरहेका छ । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि छ । रोजगारी बन्नको लागि युवाहरु आफैमा शसक्त हुनु पर्छ । हामीले गत वर्ष विदेशबाट फर्केका युवाहरुलाई प्रपोजल ल्याएर मिलेर काम गर्नु होस् भन्ने लगायतका सुचना पनि प्रकाशन गरेका थियौं । स्वरोजगार बन्छौं भनेर युवाहरु आएमा गाँउपालिकाले जति पनि बजेट छुट्याएर दिन सक्छौं । हाम्रो गाँउपालिकमा हिमाली र पहाडी क्षेत्र छ । हामीले उद्यम विकास कार्यक्रम पनि लागू गरेका छौं । १०० जना उद्यमी नयाँ निकाल्ने र ५० जना उद्यमी पुरानो पनि भनेका छौं । ती उद्यमी मार्फत पनि हामी रोजगारी सिर्जना गर्छौं । लगभग हाम्रो ४२ लाख रुपैयाँको कार्यक्रम रहेको हुन्छ त्यसमा सबै कर्मचारीको व्यवस्थादेखि विभिन्न आधारमा कार्यक्रम गर्छौं । गाँउपालिकाले खेलकुद विकासको लागि के कस्ता योजनाहरु राखेको छ ? विद्यालयमा प्रत्येक वर्ष खेलकुद प्रतियोगिता राख्ने गरेका छौं । हामीले प्रत्येक वर्ष राष्ट्रपति रनिङ्गसिल्ड खेलकुद प्रतियोगिता राख्ने गरेका छौं । कराते, बक्सीङ्ग, भलिबल लगायतका खेलहरु गाँउपालिकमा आयोजना गर्छौं । युवाहरुको लागि खेलकुद मैदानको पनि आवश्यक रहेको छ । खेलकुदको जग्गाको लागि हामीले एकैपटक ३५ लाख रुपैया बजेट विनियोजन पनि गरेका थियौं । गाँउपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले किसानहरुले उत्पादन गरेको दुध बिक्री गर्ने ठाँउ थिएन । गाँउपालिकाले सहकारीसँग मिलेर दुध डेरीको स्थापना गरेका छौं । कृषि अनुदानको पनि कार्यक्रम राखेका छौं । धेरै अनुदानको रुपमा नभई कसैले भैँसी पालन गर्ने, बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएका छौं । अहिले केन्द्रबाट कृषिको कार्यक्रममा तरकारी पकेट क्षेत्र कार्यक्रम आएको छ । यी कार्यक्रमहरु गाँउपालिकाले नै गर्ने हो । किसानलाई चाहिने आवश्यक टनेलहरु, सिचाइँको लागि टनेल ५० प्रतिशत अनुदाको रुपमा उपलब्ध गराउने गरेका छौं । अहिले किसानहरुले तरकारी खेतिमा पनि अगाडि बढि रहेका छन् । विभिन्न तरकारी उत्पादन हुने भएकाले मुख्य उत्पादन यहि हो भनेर यकिन गर्ने सकिने अवस्था छैन । कुनै किसानले वार्षिक रुपमा ४ लाख रुपैयाँ सम्मको तरकारी पनि बेच्दै आएका छन् । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई सकेसम्म विकसित बनाउने योजना छ । आजसम्म नेपाल सरकारले बनाएको योजना अनुसारको कार्यान्वयन हुन सकेको छैन । सबै वडामा सकेसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको छ । सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने हाम्रो चाहना हो । सबै विद्यालयहरुमा गुणस्तरीय शिक्षाको विकास गर्ने हाम्रो चाहना रहेको छ । कृषिलाई जीवन निर्वाह मात्र होइन व्यावसाहिक बनाउने लक्ष्य रहेका छ ।

म व्यवसाय गर्छु भनेर आउनेलाई ३ लाख दिन्छाैं: अध्यक्ष तामाङसँगको कुराकानी

बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो दोरम्बा । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मुलप्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टेखोला र धोवी खोला यो गाँउपालिकाको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । यस गाँउपालिकाको माथिल्ला भागमा अधिकांश स्थानमा वन तथा खर्कहरु रहेका छन् भने चुन ढुङ्गा र तामा खानी लगायतका खनिजहरु पनि यो गाउँपालिकामा पाइन्छन् । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिकाका ठूला योजना तथा परियोजनाहरु के–के छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? र युवालाई रोजगारी अवसर प्रदान गर्न गाँउपालिकाले के कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयहरु समेटेर सो गाँउपालिकाका अध्यक्ष कमानसिंह तामाङसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रश्तुत छ उक्त कुराकानीको अंश । गाँउपालिकामा कोरोना भाइरसले के–कस्ताे असर पु¥याएको छ, हाल कसरी अगाडि बढिरहनु भएकाे छ ?  गाँउपालिकामा कोरोनाले असर पु¥याएको छ । कोरोनाको समयका हामीले क्वारेन्टिन बनाएका थियौं । छुट्टै क्वारेन्टिन राख्दा एक्लै महशुस हुने, मासिक तनाव बढ्ने भएकाले केहि व्यक्तिहरुले आफनै घरमा बस्छौं भने । हामीले पनि बुद्धिजिवी, राजनीतिक दलहरुसँग कुराकानी गरेर संक्रमितहरुलाई होम आइसोलेसनमा राख्यौं । कोरोनाको समयामा सबै वडामा ५०÷५० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । गाँउपालिकामा जम्मा ७ वटा वडा छन् । हामीले आइसोलेसन व्यवस्थित तरिकाबाट निमार्ण गरेका थियौं । तर क्वारेन्टिनमा रहेका मानिस आइसोलेसनमा बस्नु पर्ने अवस्था आएको थिएन । क्वारेन्टिनमा रहेका मानिसको पिसीआर परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ आएको थियो । केहि गाँउपालिकामा रहेका स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिएको थियो । कोरोना भएको स्वास्थ्यकर्मीहरु हाल निको भई सक्नु भएको छ । गाँउपालिकामा ८ बेडको आइसोलेसन रहेको छ । पहिलको समयमा जस्तो कोरोनाको त्रास हाल छैन । अहिले अवस्था सामान्य नै भइसकेको छ । कोरोना संक्रमण कुनै मानिसमा देखियो भने गाँउपालिकाले निःशुल्क पीसीआर चेक गर्ने गरेको छ । कोरोनापछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडी बढाइरहेको छ ? हामीले कोरोनाको समयमा पनि स–साना विकास निमार्णका कामहरु ग¥यौं । हाल हामीले कोरोना मापदण्ड अपनाएरै विकासको कामहरु गरिरहेका छौं । कोरोनाको अवरोध विकास निमार्णको काममा अब छैन । विकासको लागि हामीले विभिन्न टेन्डर आव्हान पनि गरेका छौं । १० लाख रुपैयाँभन्दा माथिका टेण्डर छन् । टेन्डरको कामहरु भइरहेको छ । विकास निमाणका लागि गाँउपालिकाका विभिन्न योजना पनि रहेका छन् । स–साना योजनाहरु उपभोगताको लगभग ५० प्रतिशत काम भइसकेको छ । गाँउपालिकाले विकास निमार्णको कामहरु तीव्र रुपमै अगाडि बढाइरहेको छ । २ वटा टेन्डर ४५ लाख रुपैया बरावरको टेन्डर निकाल्न बाँकी नै छ । केहि ठाँउमा विवाद पनि आइरहेको छ । सडकको निमार्ण गर्दा समस्या पनि आउने गरेको छ । सडको निमार्ण गर्दा गाँउको बस्तीमा असर पर्छ भन्ने समस्या पनि आइरहेको छ । त्यसैले हामीले टेन्डर निकालेका छैनौं । हामीले ५ वटा वडाहरुमा पुलको डिपिआर पनि गरेका छौं । यो वर्षदेखि पुलको निमार्णको काम सुरु हुनेछ । कतै ६ लाख कतै ५ लाख रुपैयाँ बजेटमा हामीले डिपिआर सुरु गरेका छांै । प्रदेश सरकार वाट १५÷१५ लाख रुपैयाँ बरावरको योजना पनि आइरहेका छन् । गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? अहिलेसम्म हामीले गाँउपालिकामा भौतिक पूर्वधारलाई नै अगाडि सारेका छौं । त्यससँसँगै कृषि, सिँचाइ र अन्य विद्यालयको भौतिक पुर्वधार लगायत कामलाई प्रथमिकता राखेर अगाडि बढिरहेका छौं । गाँउपालिकामा रहेका सबै वडाहरुमा सडक पुगिसकेको छ । सबै वडामा सडक पुगे पनि कालोपत्रे चाहिँ कुनै पनि वडामा भएको छैन । यस गाँउपालिकामा धेरै ग्रामिण भुभाग छ । सडक पिच नभए पनि हिँउद र बर्खामा पनि यातायात सञ्चालन भइरहन्छ । हिउँद र बर्खामा नै नागरिकलाई यातायातको सेवा उपलब्ध भएकोमा हामीलाई गर्भ छ । सडकलाई ग्राबेल गर्ने योजाना हाम्रो रहेको छ । सडक पिच गर्ने हाम्रो गाँउपालिकाको बजेटले भ्याउँदैन । यसको लागि केन्द्रिय सरकारबाट नै बजेट आउनु पर्ने हुन्छ । गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? हाम्रो गाँउपालिकामा रहेको ठुलो योजना भनेको सडक स्तर वृद्धि र खानेपानी रहेको छ । किसानहरुलाई अनुदानमा मेसिन हाते ट्रयाक्टर वितरण गरेका छौं । हामीले पशुपालन गर्ने कृषकलाई अनुदान पनि दिएका छौं । यो बर्ष गत बर्षको जस्तो बजेट फ्रिज जाने भएको छैन । सडक निमार्ण गर्दा गाँउ जेखिम हुने होकी भन्ने जनगुनासो आएको छ । यो विषयमा हामीले छलफल गरिरहेका छाैं । गाँउपालिकाको भवन निमार्ण गर्नेको लागि हामीले समपुरकमा पठाइसकेका छौं । तत्कालिन हाम्रो योजना भनेको खानेपानी रहेको छ । खानेपानीको लागि हामीले २ करोड रुपैयाँको बजेट रहेको छ । यसको लागि हामीले टेन्डर निकाल्दै छौं । गाँउपालिकामा अस्पताल निमार्णमा १५ सय बेड रहेको १८ करोड रुपैया बराबरेको टेन्डर निकाली सकेका छौं । अस्पताल निमार्णको काम २ वर्ष भित्र सक्नु पर्छ भन्ने योजनामा सबै जना लागि परेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा साना–तिना समस्या आइरहेका छन् । गाँउपालिकाको आवश्यकता जुन ठाँउमा ठुलो समस्या रहेको छ त्यसको समाधान गर्ने हो । हामीले सोचे अनुसार त प्रदेश सरकारले हेरको छैन । केन्द्रले अनुदान बाहेक जुन अरु ठाँउमा जस्ता ठुला–ठुला योजनाहरु केन्द्रले हाम्रो गाँउपालिकामा पारेको छैन । स्तानीय तहबाट समन्वय गर्ने र यहाँको समस्या केन्द्रसम्म लिने ब्रिजिङको काम हामीले गरेका छौं । नागरिकले यो ठाँउमा केन्द्रिय योजनाको आवश्यकता छ भन्ने ठाँउमा कार्यपालिकाले निर्णय गर्दै अगाडि दिने काम हामीले गर्दै आएको छौं । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? स्थानीय तहमा काम गर्दा धेरै समस्याहरु आइ पर्छन् । अहिले सेवा प्रवाहमा त खासै समस्या आएको छैन । विकास निमार्णको काममा केहि ठाँउमा समस्या आउने गरेको छ । गाँउपालिकमा राजनीतिक दलका मानिसहरुले पनि विकास निमार्णमा हाते मालो गरिरहनु भएको छ । केहि ठाँउको शिक्षा क्षेत्रमा केहि समस्या देखा परेका छन् । शिक्षा क्षेत्र सुधारमा पनि धेरै समस्या आएका छन् । यस्ता समस्याको समधान गर्नको लागि हामी लागि परहेको छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट सोचे र चाहे अनुसारको सहयोग मिलेको छैन । मुल बजेट अनुदानको रुपमा रहेको छ । यो गाँउपालिका एक विकट क्षेत्र पनि हो । केन्द्र सरकारबाट पुल, सडक, आधुनिक भवन आदि महत्वपुर्ण ठाउँहरुलाई ठुलो बजेटको रुपमा हामी चाहिरहेका छौं । गाँउपालिकाले सोचे अनुसारको केन्द्र सरकारबाट बजेट आएको छैन । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ? गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको प्रचार प्रसार गरिरहेको छौं । हामीले मुख्य गरेर शैलुङ्ग क्षेत्रको प्रचार–प्रसार गरिरहेका छौं । शैलुङ्ग क्षेत्रलाई चर्चित पर्यटकिय स्थलको रुपमा प्रचार–प्रसार गरिरहेका छौं । गाँउपालिकामा बढी पर्यटक आए भने आर्थिक वृद्धि पनि हुन्छ भन्ने हाम्रो आशा छ । गाँउपालिमा रहेको २ नं वडालाई पर्यटकिय स्थलको रुपमा घेषण गरेका छौं । यस गाँउपालिकमा आन्तरिक पर्यटकको बढी आर्कषण रहेको छ । बिभिन्न मठ मन्दिरको निमार्ण गर्ने काम पनि गाँउपालिकामा भइरहेको छ । पर्यटनक आकर्षण गर्नेको लागि हामीले पूर्वधारको विकास पनि गरेका छौं । पर्यटन क्षेत्रको लागि वार्षिक २ करोड रुपैयाँ छुट्याउने गरेका छांै । लकडाउको समयपछि गाँउपालिकामा पर्यटकको खासै आएका छैनन् । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । केहि महिना गाँउपालिकामा रहेका विद्यालयहरु बन्द पनि भएका छन् । कोरोनको प्रभाव नपरेका ठाँउमा सामाजिक दूरी कायम गरी पठन पाठन सञ्चालन गर्यौं । गाँउपालिकामा इन्टरनेटको कमि र रेडियो माध्यम बाट हामीले पठन पाठन गर्ने ग¥यौं । तर विद्ययार्थिहरुलाई विद्यालयमै बोलाएर सामाजिक दुरी कयम गर्ने लगाएर पठन पाठन सञ्चालन ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव रहेको छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन पाठनहरु निरन्तर रुपमा सञ्चालन भइरहेका छ । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले गाँउपालिकमा बाजो जमिन नराख्ने, खेतीयोग्य जमिनको उपभोग गर्ने भनेका छौं । रासायनिक मलको अभाव रहेको छ । हामीले सबै वडामा कृषि समिति बनाएका छौं । खेति ग¥यो भने बिउहरु अनुदानमा उपलब्ध गराएका छौं । बेमौसमी तरकारीको बिउ गाँउपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । यो गाँउपालिकमा धेरै आलु उत्पादन हुने गरेको छ । आलुको विउको लागि गाँउपालिकाले ५० प्रतिशत अनुदानको रुपमा वितरण गर्ने गरेको छ । कृषिको लागि १ कारोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । कृषिको लागि कृषि सम्बन्धि तालिमको योजना पनि राखेका छौं । गाँउपालिकाले सकेसम्म कृषिलाई आधुनिकिकरण गर्ने सोच रहेको छ । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकाका युवाहरुलाई स्वरोजगार बनाउनको लागि हामीले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छौं । युवालाई स्वरोजगार बनाउनको लागि होटलहरु रिसोर्टहरु खोल्नु भनेका थियौं । युवाहरु बढीमात्रामा कृषि र पशुपालन क्षेत्रमा आकर्षण भएको पाइन्छ । हामीले युवा रोजगारीको लागि कृषिमा ४३ वटा बाख्रा, भौसीहरु दर्ता गरेका छौं । यसमा हामीले अनुदान पनि दिएका छौं । धेरै युवाहरु व्यावसाय गर्नतर्फ पनि अगाडि बढेका पनि छन् । युवाको लागि सुहुलियत ऋण पनि दिने योजना गाउँपालिकाको छ । ५ लाखभन्दा तलको व्यवसाय गर्ने चाहने तर उसको जग्गा जमिन छैन व्यवसाय गर्छु भने हामीले सिफारिस गरेर पठाउछौं । जसको आफ्नो जग्गा जमिन छ । व्यवसाय गर्छु भने उनीहरु आफैले कृषि विकास बैंकसँग ५ देखि १० लाख सम्म ऋण लिन सक्छन् । कुनै व्यक्तिको प्रतिफल अनुुसारको गाँउपालिकाले १ लाख देखी ३ लाख सम्म अनुदान दिने गरेको छ । गाँउपालिकामा रहेको दलित, महिला, बेरोजगारीहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । गाँउपालिककाले खेलकुद विकासको लागि कस्ता योजनाहरु राखेको छ ? खेलकुद विकासको लागि गाँउपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । गाँउपालिकमा रहेका युवाहरुको खेलकुदमा पनि चाहाना रहेको पाइन्छ । फुटबल टोलीको निमार्ण गर्ने, कराते, बक्सीङ्गको टोलिको लागि बजेट छुट्याएका छौं । वडा वडामा खेलकुदको लागि भवन निर्माण पनि भइरहेको छ । गाँउपालिकामा मानिसहरु प्रायः के कस्ता समस्याहरु धेरै लिएर आउने गर्छन् ? गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । सेवा प्रवाहमा समस्या रहेको छ । टोल टोलका सामुदायिक भवनको आवश्यक जस्ता समस्या पनि रहेको छ । टाढा रहेको एउटा घरलाई सडक पु¥याउन समस्या रहेको छ । बिजुली बक्ति सबै वडामा पुगेको छ । अहिले सडकको विषय नै सबैभन्दा धेरै ल्याउने गरेका छन् । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालका मैले जे जति काम गरेँ त्यो राम्रो गरेँ जस्तो मलाई लाग्छ । सबै वडामा पुगेका सडकको पिच गर्ने मेरो योजना रहेको छ । १ घर १ धारा दिने हाम्रो लक्ष नै हो । वृहत खोनेपानीमा २ करोडको योजना रहेको छ । सबै घर घरमा सडक पुगोस् भन्ने योजना मेरो रहेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । मैले धेरै विकास निमार्ण गर्ने चाहेको छु तर सिमित बजेटको कारण विकास निमार्णमा ढिलाई भएको छ ।