१० वर्ष पोखरा बसाई पछि ‘क्रसरोड थकाली भान्सा घर’ काठमाडौंमा

काठमाडौं। करिब १० बर्ष देखी पोखरामा थकाली खानाका पारखीलाई बिशेष स्वाद पस्कन सफल ‘क्रोसरोड थकाली भान्सा’ ले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंको कमलादीमा जेष्ठ ५ गते देखी थकाली भान्सा घर संचालनमा आएको छ। अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान, आक्रोश बज्रचार्य र विरेन्द्र शेरचनले करिब २ करोडको लगानीमा थकाली भान्सा घर संचालनमा ल्याएका हुन्। संचालक विरेन्द्र शेरचन पोखराको न्युरोडमा १० बर्ष, लेकसाईड मा ८ बर्षको अनुभव संगालेर काठमाडौंमा शुद्द थकाली खानाको पारखीहरुको लागि स्वाद पस्कनको लागि आफुहरु तयार भएको शेरचनले बताए। पोखराको न्युरोड चिप्लेढुंगाबाट सुरु भएको व्यावसाय विस्तारको क्रममा कमलादीमा खुलेको संचालक विरेन्द्र शेरचनले जानकारी दिए। ‘अरुले काठमाडौंमा सुरु गरेर मोफेसलमा विस्तार गर्छन्, हामी मोफेसलबाट विस्तार गर्ने क्रममा काठमाडौं प्रवेश गरेका छौं,’ उनले जानकारी दिए। चिकेन थाकाली सेट क्रसरोडमा मुस्ताङबाट ल्याएको दाल, फापरको पिठो, च्याङ्रको सुकुटी, जिम्मुलगायतको खाना उपलब्ध छ। घोकेन (फापरको पिठोबाट बनाईने ब्रेडजस्तो परिकार), ‘आलु सुकुटी प्ला’ लगायतका बिशेष खानेकुरा यस भान्साको बिशेषता रहेको भान्सा घरका प्रबन्ध निर्देशक आक्रोश बजचार्यले बताए। थकालीमा रमाउँदै पाहुना आलुको सुकुटी प्ला खिङगा प्ला          

मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, ३ वर्षमा सम्पन्न गर्ने

ताप्लेजुङ । तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको निर्माण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिनाअघबिाट नर्मिाण थालएिको हो । निर्माण शुरु भएको छोटो अवधीमा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर जडित सुरुङमार्गमध्ये २८० मिटर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लङि नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो । चिनियाँ निर्माण कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो । आयोजना नर्मिाणको गतलिाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलको भनाइ छ । नेपाली इञ्जनियरिङले डिजाइन गरेको र नीजि क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए । कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रशिशत स्वलगानी र ७५ प्रतिशत सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालकिा–२ खोक्लङि र फक्ताङलुङ गाउँपालकिा–१ सावादनिमा रहने आयोजनाले जनाएको छ । यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थति मित्लुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध नर्मिाण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्याइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । सुरुमा ५४ मेगावाट बिद्युत उत्पादन गर्ने गरी प्रक्रिाय अघि बेपनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक जोखिम देखिएपछि हेडवक्र्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो । रासस

तीन अर्ब ८४ करोड राजश्व सङ्कलन, लक्ष्यभन्दा बढी

दमौली । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म रु तीन अर्ब ८४ करोड ८३ लाख राजश्व सङ्कलन गरेको छ । वैशाख मसान्तसम्म रु तीन अर्ब ६६ करोड ८८ लाख सङ्कलन गर्ने लक्ष्य रहे पनि उक्त कार्यालय लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो । कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले लक्ष्यभन्दा रु १७ करोड ९५ लाख बढी राजश्व सङ्कलन भएको जानकारी दिँदै वैशाख महीनामा मात्रै रु ६६ करोड राजश्व सङ्कलन भएको बताए । उक्त कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु ४८ करोड २४ लाख ५७ हजार राजश्व सङ्कलन गरेको थियो । गत आवसम्म करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालय यही वर्षबाट आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङका व्यवसायीलाई सेवा प्रवाह गर्दै आएको छ । कार्यालयका प्रमुख कर अधिकृत सूर्य सेढाईंले चारवटै जिल्लामा पुगेर कर सचेतनासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार चालू आवमा मनाङको चामे, धारापानी, पिसाङ, तनहुँको भिमाद, खैरेनीटार र लमजुङ र गोरखाका विभिन्न स्थानमा कर सचेतना कार्यक्रम गरिएको थियो । उनका अनुसार समय-समयमा दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिर्नेलाई नियमअनुसार कारवाही प्रक्रियामा ल्याउनेलगायतका कामलाई अगाडि बढाइएको र कर तिर्ने वातावरण सिर्जना गर्ने काम पनि भइरहेको छ । विसं२०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । चार जिल्लामा करीब ३० हजार करदाता करको दायरामा आएका छन् । रासस