१२ लाख ३५ हजारकाे माक्सिमो एचडी नेपाली बजारमा, एकैदिन ५१ थान बुकिङ

काठमाडौं । विभिन्न सवारी साधन नेपाली बजारमा बिक्रिवितरण गर्दै आएको महिन्द्राले माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ । नेपाली बजारमा लोकप्रिय बन्दै गएको सानो मोडेलको ट्रक नेपालको लागि दुगड ब्रदर्श एण्ड सन्स्ले बिक्री गर्ने भएको हो । १२ लाख ३५ हजार मूल्य तोकिएको सो ट्रक सार्वजनिक भएकै दिनमा महिन्द्राको विभिन्न ५१ थान गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । नयाँ मोडलको माक्सिमोमा अगाडीको भागमा ८ पत्ता सस्पेन्सन राखिएको छ । जसले ८५० केजीसम्म सजिलै बोक्न सक्नेछ । दुगड ब्रदर्श एण्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले भने ‘ हाम्रो मुख्य शक्ति वा तागत भनेकाे हाम्रा ग्राहकहरु नै हुन् ।’ त्यसैगरि यो प्रोफिक्ट ट्रकले पनि ग्राहकलाई अगाडी बढाउन र बृहत फाइदा दिने उनले बताए । यो ट्रकले लामो दुरीसम्म सञ्चालन गर्न सक्नेछ । कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री हेड  चैतन्या कागल्करको पनि उपस्थिती रहेको थियो ।

पाकिस्तान विरुद्ध बिमल घर्तीको गोल

काठमाडौं । साफ च्याम्पियानसिफमा नेपालले बराबरी गोल फर्काएकाे छ । खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले गोल गरेका हुन् ।

नापी कार्यालयका जयगोविन्द यादव १५ हजार घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।