४.१२ बिलियन डलर सहित युनाइटेड सर्वाधिक धनि क्लब, रियल र बार्सिलोनाको बजार मूल्य कति ?

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेट विश्वकै सर्वाधिक धनि क्लब बनेको छ । अमेरिकन पत्रिका फोर्स म्यागेजिनले गरेको सर्वेक्षणमा युनाइटेडको बजार मूल्य सबैभन्दा बढी रहेको हो । ११६ वर्ष अघि स्थापना भएको युनाइटेडको बजार मूल्य हाल ४.१२ बिलियन अमेरिकन डलर रहेको छ । २० पटक इंग्लिस प्रिमियर लिग र ३ पटक च्याम्पियान्स लिग जितेको युनाइटेडको वल्ड ट्रार्फोडमा ७५ हजार जना क्षमताको स्टेडियम रहेको छ, भने विभिन्न क्षेत्रमा लगानी गरेको छ । दोस्रो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिड रहेको छ । जसको बजार मूल्य ४.०८ बिलियन डलर रहेको छ । यस्तैगरी स्पेनिस क्लब बार्सिलोना तेस्रो स्थानमा परेको छ । उसको बजार मूल्य ४.०६ बिलियन डलर रहेको छ । ३.०६ बिलियन डलर सहित जर्मन क्लब चौथो स्थानमा रहेको छ भने इंग्लिस क्लब म्यान्चेस्टर सिटी पाचौं स्थानमा रहेको छ । एयरलाइन्स कम्पनी इतिहाडको स्वामित्व रहेको सिटीको बजार मूल्य २.४७ बिलियन डलर रहेको छ । सिटीलाई सबैभन्दा आर्थिक रुपले बलियो क्लबको रुपमा पनि हेरिएको छ । यस्तै २.२३ बिलियन डलर सहित आर्सनल छैटौं, २.०६ बिलियन डलर सहित चेल्सी सातौं, १.९४ बिलियन डलर सहित लिभरपुल आठौं, १.४७ बिलियन डलर सहित इटालियन क्लब नवौं स्थानमा रहेको छ भने इंग्लिस क्लब टोटेनहम हस्टपुर दशौं स्थानमा रहेको छ । उसको बजार मूल्य १.२३ बिलियन डलर रहेको छ । पछिल्लो समय युरोपमा फुटबलले उत्कृस्ट व्यवसायिक सफलता हात पार्दै गैरहेको छ ।

सरकारी कार्यालयले फेसबुक, ट्वीटर र भाइवर अनिवार्य, सरकारी कर्मचारीहरू उत्साहित

काठमाडौं । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने हुन्छ । उहाँले सामाजिक सञ्जालबाट सरकारी कार्यालयका सूचना आदानप्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न सजिलो हुने बताए । कार्यालयले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । ट्वीटरबाट कार्यालयले आफूलाई थप सहयोग हुने खालका विचार लाइक गर्ने, रिट्वीट गर्ने, सन्देश, फोटो र भिडियो शेयर गर्ने, कसैको भनाइ उद्धृत गर्ने जस्ता कार्य गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यलयले सेवाग्राहीलाई जवाफ दिँदा प्रतिवाद वा आक्रोश नझल्किने गरी शिष्ट भाषा प्रयोग गर्नुपर्ने हुन्छ । कार्यविधिमा सामाजिक सञ्जाल प्रयोग गर्दा एक निकायले अन्य निकायसँग सहकार्य गरेर सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने व्यवस्था छ । कार्यालय प्रमुख उपाध्यायले सामाजिक सञ्जालको पेज बनाउँदा सरकारी संस्थाको नाम स्पष्ट झल्किने गरी बनाउनु पर्ने बताए । यस्तै भाइबर सञ्चालन गर्दा आफ्नै कार्यालयकै प्रयोगमा रहेको एक वा आवश्यकतानुसार बढी मोबाइल नम्बर प्रयोग गर्नुपर्ने हुन्छ । कार्यालयले सेवाग्राहीले सोधेका कुराको जवाफ ‘तपाईंको प्रश्न/जिज्ञासा/गुनासो/समस्या/अन्यको जवाफ म्यासेजमार्फत दिइएको छ, हेर्नुहोला’ भनी उत्तर दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘‘कार्यालयका सूचनालाई बढीभन्दा बढी प्रवाह गर्नका लागि सामाजिक सञ्जाल प्रयोग गर्न थालिएको हो”, उनले भने, “यसअघि कतिपयले आफ्नै हिसाबले खोलेका छन् । ती सबैलाई पनि एकरूपता ल्याई सञ्चालन गर्न कार्यविधि ल्याउन थालेका हौ ।’’ यस्तै सामाजिक सञ्जालका खाता र ह्याण्डल सञ्चालन/व्यवस्थापनमा कुनै बाधा/व्यवधान/नसोचेको विषय आएको अवस्थामा सो समाधान गर्न प्रत्येक निकायमा एक समस्या समाधान टोलीको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । उनका अनुसार अहिले १० प्रतिशत कार्यालयले मात्र ट्वीटर सञ्चालन गरेका छन् । नयाँ नीतिले सरकारी कर्मचारीहरूमा उत्साह छाएकाे छ । यसअघि पटक पटक सामाजिक सञ्जाल सरकारी कार्यालयमा बन्द गर्ने र खुलाउने निर्णय भएका थिए । रासस

समाचारको खण्डन माग गर्दै झुटो पत्र लेखे किरणमान जोशीले

काठमाडौं । ‘बुहारी भगाएर गुरुप्रसाद न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँग आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा सामाजिक बेथितिका बारे लेखिएको समाचार विकासन्युजमा प्रकाशित भएपछि प्रधान सम्पादक रामकृष्ण पौडेलकाे ज्यान लिने धम्की दिएका किरणमान जोशीले उक्त समाचार खण्डन गर्न माग गर्दै आइतबार अष्ट्रेलियाबाट एउटा पत्र इमेल गरेका छन् । प्रेस काउन्सिल नेपाललाई बोधार्थ समेत जनाई विकासन्युज डटकमलाई लेखेको खण्डन पत्रमा झुटो दावी गरिएको छ । पुजा दाहालले अदालतमा हालेको मुद्दा, मुद्दाको पक्ष र विपक्षमा अदालतमा पेश गरिएको प्रमाणहरु र तथ्यहरुको आधारमा लेखिएको समाचारलाई उनले ‘तथ्यहिन र आधारहिन’ भनेका छन् । सुन्दरमणि दिक्षितका छोरी लज्जा दिक्षितसँग विवाह गरेर उनलाई विचल्लीमा पारेको, शतिस न्यौपानेकी श्रीमती पुजा दाहाल न्यौपालेसँग नयाँ सम्बन्ध राखेको, पुजा दाहाललाई शतिससँग डिभोर्स गर्न र आधा सम्पत्ति दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्न लगाएको विषयबारे उनले पत्रमा केही पनि उल्लेख गरेका छैनन्, जुन समाचारको प्रधान विषय हो । जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी प्रधान सम्पादक पौडेलसँग कुरा भएकाे पुष्टी गरेका छन् तर धम्की नदिएको भनेर झुटो लेखेका छन् । जोशीले गत बुधबार प्रधान सम्पादक पौडेललाई फोन गरी विश्वको २०० देशमा जहाँ बसेपछि सिध्यादिने धम्की दिएका थिए । विकासन्युजमा प्रकाशित समाचारले आफ्नो जीवन र चरित्रमाथि दाग लागेको उनको भनाई छ । तर उनको आफ्नै व्यवहारले अरुको छोरी, बुहारी र परिवारको विचल्ली भएकोबारे केही पनि बोलेका छैनन् ।