सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ । गत माघ १५ गते लेभलिङका लागि पहिलो प्राविधिक टोली सिरहास्थित नेपाल-भारत सीमा मदार पुगेको थियो । भारतदेखि मदारसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले र त्यहाँबाट नेपाली टोलीले गरेका थिए । गत माघदेखि दुईवटा प्राविधिक टोलीले लेभलिङको काम शुरु गरेको र १७० किलोमिटरको काम सक्याएर दुबै प्राविधिक टोली गत असारको दोस्रो साता काठमाडौँ फर्किएको हो । टोली काठमाडौँ फर्किएपछि यतिखेर विभागमा अहिलेसम्म संकलित तथ्याँकको विश्लेषण गर्ने काम भइरहेको छ । डंगोलले भने-“विभागले जिपिएस र लेभलिङका लागि छुट्टै टोली परिचालन गरेको थियो । जिपिएसमा टोली प्रमुखसहित १७ जना र लेभलिङका लागि १२ जना प्रविधिज्ञ सहभागी थिए ।” “अहिले हामी गत वर्षको डाटा प्रोसेसिङमा लागेका छौँ, यसको फाइलन आउटपुट निकाल्छौँ र वर्षायाम सकिएलगत्तै फिल्डमा मुभ हुन्छौँ,” उनले भने । मापनमा प्राविधिक सहयोग गर्न युजिल्यान्डका भूगर्भविद् प्रो किस्टोफ पियर्स अहिले नेपालमै छन् । उनले एक महिनासम्म प्राविधिक टोलीलाई स्वयंसेवकका रुपमा प्रशिक्षण दिनुहुने प्रमुख डंगोलले जानकारी दिएका छन् । यस वर्ष १५ करोड बजेट सरकारले सगरमाथा मापनका लागि पर्याप्त बजेट विनियोजन गरेका कारण यस वर्ष मापन कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ । चालुु आर्थिक वर्षमा यस कार्यका लागि विनियोजित १५ करोड रुपैयाँ बजेटले मापन कार्यलाई निर्विध्नपूर्वक अघि बढाउन सहयोग पुग्ने नापी विभागको भनाइ छ । विभागका अनुसार यस वर्षको बजेटबाट फिल्डको कामसँगै मापनका लागि आवश्यक ग्राभिटी मेसिन खरिद गर्ने काम हुन्छ । खरिद प्रक्रियाका लागि विभागले तयारीसमेत थालिसकेको छ । विभागसँग रहेको पुरानो ग्राभिटी मेशिन बिग्रिएका कारण नयाँ किन्न परेको हो । मापन २०१९ भित्र सक्ने लक्ष्य विभागले अहिलेकै अनुपातका काम अगाडि बढाउन सकिए सन् २०१९ को अन्तसम्म मापनको कार्य सक्ने जनाएको छ । विभागसँग ६० वर्षको अनुभव छ । नयाँ प्रविधि अपनाउन सक्ने जनशक्ति दक्षसमेत रहेकाले निर्धारित समयमै काम सक्ने विभागको दाबी छ । विश्वको सर्वोच्च शिखरका रुपमा प्रख्यात सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरर्राष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो । मापन कार्य शुरु गर्नु अघि विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, संयुक्त राज्य अमेरिका, इटालीलगायत देशका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरेको थियो । यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । विभागका अनुसार गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो । हालसम्म त्यस्ता ४९ वटा बिन्दु मापन टोलीले फेला पारिसकेको छ । मापनका तीन विधि विभागले उचाइ नाप्न तीनवटा विधि प्रयोग गर्दैछ । ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ । त्यस्तै, ‘ट्रेंगुलेशन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ जसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ । हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो । तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो । त्यतिबेला चीनले सगरमाथाको उचाइ आठ हजार ८४४ मिटर आसपास निकालेको थियो । तर, त्यसले अन्तरर्राष्ट्रिय मान्यता पाउन सकेन । सगरमाथालाई सन् १९४९ र १८५० मा सर्भे अफ इन्डियाले मापन गर्दा उचाइ आठ हजार ८४० मिटर निर्धारण गरिएको थियो । सन् १९५४ मा एसओआइका बिएल गुलाटीले मापन गर्दा आठ हजार ८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्यूरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा आठ हजार ८४४।४३ मिटर उचाइ रहेको जनाएका थिए । सन् १९९९ मा बोस्टन म्युजिएम अफ साइन्सका प्रो ब्रड बार्सबनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गर्नुभयो र त्यसबखत आठ हजार ८५० मिटर रहेको तथ्य अघि सारियो । अहिलेसम्म नेपालले आइएसओले मापन गरेको आठ हजार ८४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ । रासस
राजपुर गाउँपालिका–५ ले बाड्यो ५०० सय घरलाई ग्यास सिलिण्डर र चुलो
काठमाडौं । यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको हो । चंगुवा, नयाँ बस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोलका बासिन्दाले ग्यास चुलो पाएका हुन् । धुवाँमुक्त समाज बनाउने उद्देश्यले ग्यास सिलिण्डिरसहित चुलो वितरण गरिएको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले जानकारी दिए । वडावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँ र धुलोले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोग लगायतका रोग लाग्ने गर्छ । भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको वडा कार्यालयले जनाएको छ । यो गाउँपालिका भारतसँग सीमासमेत जोडिएको छ । मानव सूचकांकमा समेत यो गाउँपालिका कमजोर छ । यो गाउँपालिकामा भारतसँग जोडिएका विभिन्न नाका छन् । यहाँ स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको अवस्था पनि कमजोर नै छ । बिहीबार जंग्रहवामा एक कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले गृहिणीको स्वास्थ्य राम्रो बनाउन यो कार्यक्रमले सघाउने भन्दै कार्यक्रमलाई निरन्तरता दिने बताए । रासस
१९ वर्षमै विश्वकप ट्रफी उचालेका एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढ्यो, चुनौति दिदैं पाउलो डिबाला
काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले निकालेको प्रतिवेदन अनुसार सन् २०१७ एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढेको हो । पिएसजीबाट व्यवसायीक खेल खेल्दै आएका एम्बाप्पे विश्व सर्वोकृष्ट खेलाडी घोषणा भैसकेका छन् । दोस्रो नम्बरमा मोहोम्मद साला परेका छन् । उनको मूल्य २७ मिलियनबाट बढेर १५० मिलियन पुगेको छ । तेस्रो नम्बरमा ह्यारी केन पर्दा चौथो नम्बरमा बेल्जियमका केभिन डे ब्रुने परेका छन् । पाचौं नम्बरमा ब्राजिलका फिलिपे कौटिन्हो, छैंटौमा क्रोयोसियाका साभिक सातौंमा नेइमार जुनियर, आठौंमा डेलि अलि नावौं स्थानमा अर्जेन्टिनाका पाउलो डिबाला रहँदा दशौं स्थानमा ग्रबियल जिसस परेका छन् । २४ वर्षिया पाउलो डिबालाको मूल्य १६ देखि ७० मिलियन युरो बढाएकाे छ । उनी एम्बाप्पेपछिको मूल्य बढ्नेमा दोस्रो कान्छो खेलाडी हुन् । यसैगरी आफ्नो मूल्य बढाउनेहरुमा लियोनल मेसि, रार्सफोर्ड, इडेन हाजार्ड, माउरो इकार्डी, थोमस लेमार, लाउरे साने, रोमेलु लुकाकु, मार्को एसेन्सियो र ओसामाने डेम्बेले रहेका छन् ।