२६ देश सहभागी हिमालयन ट्राभल मार्ट सकियो, दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्य बनाइने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व, नेपाल पर्यटन बोर्डको र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजकमा सञ्चलित हिमलयन ट्राभल मार्ट सकिएको छ । मार्टको दोस्रो संस्करण पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा राजधानीमा सम्पन्न भएको हो । कार्यक्रममा २६ वटा देशहरुबाट ५९ बायर्स सहभागी थिए । नेपाल, भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएइ लगायत सातवटा देशहरुबाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । कार्यक्रममा नेपालल गायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरिएको बताइएको छ । जेठ १८ देअि २० सम्म चलेको सो कार्यक्रमको मुख्य विषय ‘सस्टेनेबल रोड टु फाइभ मिलियन भिजिटर्स वाई २०३०’ थियो । त्यस विषयमा कार्यक्रममा विभिन्न देशहरुबाट आएका पर्यटन विज्ञहरुले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको अवसरमा पराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सामाजिक सञ्जाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने बताए । त्यस्तै संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको चर्चा गरे । हिमालयन ट्राभल मार्ट २०१८ को सफलताले नेपाललाई दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्यको रुपमा स्थापित गरेको बताइएको छ ।

भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड रुपैयाँ जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत सो कैद सजायको फैसला गरेकोे अदालतले जनाएको छ । बिगोबमोजिम उनलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए। मनाङबाट बेंसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मस्र्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए । भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन् । रासस

कालीमाटीमा कृषि मन्त्रीको छड्केः ११ हजारको सटरलाई २ लाखमा बेच्दै विचौलिया

काठमाडौं । कृषि मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा छड्के जाँच गरेका छन् । सोमबार बिहानै मन्त्रालयका कर्मचारी र सञ्चार कर्मीहरुलाई लिएर कालीमाटी तरकारी बजार निरिक्षणमा पुगेका मन्त्री खनालले ११ हजारका सटरलाई बिचौलियाले २ लाखमा बेचिरहेको तथ्य फेला पारेका थिए । उनले विचौलियाको चंगुलमा फसेको तरकारी बजारलाई तत्कालै उद्धार गर्ने घोषणा पनि गरे । ‘११ हजारको क्यान्टिन, सटर वा पसललाई विचौलियाले २ लाखसम्म असुलेर बेचेको देखियो, अब यीनका दिन सकिए’, मन्त्री खनालले भने । उनले एक पटक सटरको टेण्डर लगाएपछि १५ बर्षसम्म नचलाउने प्रक्रियाको पनि अन्त्य हुने बताए । उनले सटर टेण्डर लगाउने सम्बन्धी कार्यबिधी संसोधन गरेर पूर्ण प्रतिष्पर्धाको वातावरण बनाउने स्पष्ट पारे । साथै सटरहरुको छनौट गोला प्रथाबाट गर्ने पनि बताए । उनले तरकारी बिक्रेता र किसानहरुको सिधा सम्पर्क विस्तार गरेर विचौलियाहरुको अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । उनले उपत्यकामा तरकारी भित्रिने १० वटै नाकामा परिक्षण उपकरण राखिने र विचौलियाहरुलाई त्यहिँबाट निषेध गर्ने स्पष्ट पारेका थिए । त्यस्तै मन्त्री खनालले कालिमाटीमा रहेकाे माछा बजारकाे पनि अनुगमन गरेका थिए । अनुगमनकाे क्रममा दुर्गन्धीत अवस्थामा माछाहरु  बिक्री भइरहेकाे फेला परेकाे थियाे । त्यास्ता माछाहरुलार्इ तुरुन्त हटाउन कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिलार्इ निर्देशन दिएकाे काे छ । ‘दुर्गन्धीत माछा पसलहरु तुरुन्त हटाउनुहोस्,’ उनले भने ‘त्यसो गर्दा बाधा विरोधमा आए जो कसैलाई छाडिनेछैन ।’ एक महिनाभित्र कार्यबिधी बनाएर बजारलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए । कालीमाटी फलफुल तथा तरकारी बजारका प्रमुख तेजेन्द्र प्रसाद पौडेलले मन्त्रीको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।