२ लाख बिगो जरिवाना सहित इन्जिनियर छबिन्द्र विक्रम खाँण र प्रदिपकुमार वानियाँ विरुद्ध मुद्दा दायर
काठमाडौं । जिल्ला शिक्षा कार्यालय, काश्कीमा कार्यरत इन्जिनियर छविन्द्र विक्रम खाँण र सव(इन्जिनियर प्रदीपकुमार वानियाँ विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख बिगो असुली दाबी सहित मद्दा दायर गरेको हो । काश्की जिल्ला, मादी गाउँपालिका वडा नं ८ स्थित श्री प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभूत विद्यालयको भवन निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट योगको कार्यालय पोखराको गएको टोलीले १ लाख समेत बरामद गरेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ग बमोजिम जरिवाना र कैद सजायको लागि अदालतमा दायर गरिएको छ।
जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्यो
काठमाडौं । चालु आर्थिक २०७४/७५ को कुल गार्हस्थ्य उत्पान(जीडीपीम)मा कृषि क्षेत्रको हिस्सा घटेको छ । गएको अर्थिक वर्षको तुलनामा यस वर्ष ४ प्रतिशत जीडीपीमा हिस्सा घटेको केन्द्रीय तथ्याँक विभागले बुधबार सार्वजनिक गरको देशको आर्थिक परिदृष्यमा कृषि क्षेत्रको जीडीपीमा योगदान घटेको देखिएको हो । विभागको अनुसार गएको अर्थिक वर्ष २०७३/७४ मा कृषि जीडीपीमा कृषि क्षेत्रको हिस्सा २८.२५ थियो । यो वर्ष घटेको छ । यद्यपि जीडीपीमा सबैभन्दा बढी कृषि क्षेत्रको हिस्सा रहेको छ । त्यस्तै चालु अर्थिक वर्ष धान र दलहनको उत्पादन क्रमशः १.५ र २.५ ले कमि आउने देखिएको छ भने तरकारी, गहुँ, मकै र आलुको उत्पादन भने क्रमशः ५,५,९ र २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
पुनःनिर्माण नहुँदा ७ लाख विद्यार्थी विद्यालय बाहिर
काठमाडौैँ । बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनले ध्वस्त भएका ५० प्रतिशत विद्यालयको पुनःनिर्माण हुन सकेको छैन। भत्केका ७ हजार ५५६ वटा विद्यालयमध्ये अझै ५० प्रतिशत पनि पुनःनिर्माण नहुँदा ७ लाख विद्यार्थी स्कुल बाहिर बसेर अध्ययन गरिरहेका छन् । शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख निर्देशक इमनारायण श्रेप्ठका अनुसार भुकम्पबाट ७ हजार ९२३ ओटा विद्यालय पुर्णरुपले भत्किएका थिए । तीमध्ये ३७० वटा विद्यालयमा विद्यार्थी नभएर बन्द गरिएका छन् । ७ हजार ५५३ विद्यालय पुनःर्निर्माण गर्नुपर्ने छ । विद्यालयलाई ३ चरणमा विभाजन गरी निर्माण भैरहेको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ८९१ वटा पुननिर्माण सम्पन्न भैसकेको छ । चालु आर्थिक वर्षमा ६०९ वटा विद्यालय पुःननिर्माण भैसकेका छन । ६९४ वटा निर्माणधिन छन् । आगामी आर्थिक वर्षमा ३ हजार ३६२ वटा विद्यालय पुननिर्माण हुनेछन् । विद्यालय पुननिर्माणमा विद्यालय व्यवस्थापन समिती, निर्माण व्यवसायी र गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिले २ हजार ५०० वटा, निर्माण व्यवसायील १५ वटा र गैरसरकारी संस्थाले १ हजार विद्यालय पुननिर्माण गरिसकेका छन् । यस आर्थिक वर्षमा विद्यालय व्यवस्थापन समिती, निर्माण व्यवसायी र गैरसरकारी संस्थाहरु १ हजार ३००, ५५६ र १२५ वटा निर्माणधिन छन् । ३ हजार ६६२ विद्यालयको काम नै सुरु भएको छैन । भने १ हजार विद्यालय सर्बे भैरहेको छ । ६६० वटा विद्यालयको आफ्नो जग्गा छैन । सरकारले विद्यालयलाई जग्गा किन्न बजेट दिने व्यवस्था छैन । यसका लागि गाउँपालिका, नगरपालिका, उपमहानगरपलिका र महानगरपालिकाले जग्गा उपलव्ध गराएको छैन । ९३ वटा विद्यालयको जग्गामा मुद्धा चहिरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्ला र अरु १७ जिल्लामा विद्यालय पुननिर्माण भैरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्लामा जिल्ला आयोजना कार्यवन्यन एकाइ छ । अतिप्रभावित जिल्लाहरुमा सबै भन्दा धेरै धादिङमा ६०८ वटा विद्यालय र सबै भन्दा कम रसुवामा ९७ ओटा विद्यालय भुकम्पले क्षति भएको थियो । गत आर्थिक वर्षमा रसुवामा २९ ओटा विद्यालय पुननिर्माणमा परेका मध्य १८ वटा मात्र सम्पन्न भएको थियो । सबै भन्दा थोरै विद्यालय भएको जिल्लामा ६० वटा विद्यालय बनिसकेका छन् । बाँकी ११ वटा विद्यालय जग्गा र भौगोलिक विकटताको कारणले पुननिर्माण गर्न सकिएन । भारतीय अनुदानमा ७० वटा मध्यको ८ वटा विद्यालय पुननिर्माण केहि समयमा हुन लागेको छ ।