अर्थमन्त्रीको स्वेतपत्र झुटको पुलिन्दा–शेरबहादुर देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीन चौथाइ समय सरकारमा बसेका कम्युष्टिहरुले नै सञ्चालन गरेको र मुलुकको वेथितिको मुख्य जिम्मेवार उनीहरुनै भएको आरोप लगाएका छन् । शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलीएको उनले बताए । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भने, ‘मुलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् । देउवाले यसअघि कांग्रेस सभापति सुशीलकोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफ्नो नेतृत्वको सरकारले उक्त संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताएका थिए । देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकरात्मक हुदै गएको बेलामा स्वोदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने गरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको आरोप लगाएका छन् । ‘लामो समयपछि अघिल्लो बर्ष आर्थिक बृद्धिदर सात प्रतिशत पुगेको थियो,’ उनले भने । यो वर्ष पनि आर्थिक बृद्धिदर करिब ६ प्रतिशत छ भने कसरी अर्थतन्त्र धरासायी भयो उनले प्रश्न गरे । देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रीती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या १० लाख पुगेको, राष्ट्रिय ढुकुकटीमा १० अर्ब डलर बराबर संचिति रहेको र २ सय ५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको अवस्थामा कसरी ढुकुटी रित्तो भयाे भन्दै उक्त अर्थमन्त्रीकाे भनाइ गैरजिम्मेवारपूर्ण रहेको सभापति देउवाकाे तर्क छ।
हिमाली जिल्लामा हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने बाध्यता
काठमाडौं । दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ । जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहुँच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने परिपाटीले सर्वसाधारणलाई हरेक दिन समस्या हुने गरेको बुटवल निवासी गोपाल पौडेलले बताए । लामो समयसम्म सदरमुकाम दुनैमा रहेको निर्दन उत्थान बैँकमा काम गरेर सरुवा भएपछि घर फर्कन थाल्नुभएका पौडेललाई पनि टिकट नपाएर जुफाल विमानस्थलमा तीन दिन रोकिनुप¥यो । जुफाल विमानस्थलमा नियमअनुसार जो अगाडि आउँछ त्यसैलाई प्राथमिकता दिनुका साथै फोनबाट टिकट ‘बुक’ गराउने परिपाटिको अन्त्य गरेपछि मात्र सर्वसाधारणलाई सहज हुने उनको बुझाइ छ । सीता र गोमा एअर सेवामुखी भन्दा नाफामुखी भएकाले जुफाल विमानस्थलमा यात्रको चाँप भएको बेला पूर्वतिर उडान गर्ने गरेकाले सीता र गोमा एयरप्रति डोल्पालीले आपत्ति जनाएका छन् । “अहिले जुफाल विमानस्थलमा यात्रुको चाप छ, उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी पनि बढेका छन् सीता र गोमा एयर भने हप्तामा नियमित उडानसमेत गर्न छोडेर पूर्वतिर उडान शुरु गरेको छ” ठूलीभेरी नगरपालिका–९ का स्थानीयवासी अमर कठायतले भने । उडान थप्न दुई मन्त्रीलाई माग हवाई टिकटको समस्या भएपछि जिल्लाबाट प्रदेश नं ६ मा मन्त्री बन्नुभएका कृषि, वन, उद्योग वातावरण तथा पर्यटनमन्त्री नन्द सिंह बुढा र संस्कृति नागरिक उड्डयन पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग पनि जिल्लावासीले सहजरुपमा हवाई उडान सुचारु गर्न अनुरोध गरेका छन् । “डोल्पामा हवाई यातायातको विकल्प छैन्, जाजरकोट डोल्पा मोटरबाटो निर्माणाधीन छ, डोल्पामा सडक यातायातको पहुँच विस्तार नहुञ्जेल सम्मको लागि हवाई टिकटमा सिण्डिकेट घटाउनेदेखि सरकारी तथा निजी विमान कम्पनीलाई नियमित उडान गराउन मन्त्रीहरुले विशेष पहल गर्नुपर्छ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी पूर्णकेशर न्यौपानेले भने । नेपाल एयरलाइन्स, सीता गोमा एयरले गर्दै आएको नियमित उडान समेत घटाएकाले हवाई टिकटको समस्या दिनप्रतिदिन बड्दै गएको हो । सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सले पनि हप्तामा दुई पटक गर्ने उडान घटाएर एउटा बनाउँदा सर्वसाधारणलाई झनै समस्या भएको छ । उडान कम भएपछि जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएको नागरिक उड्डयको कार्यालयले जनाएको छ । जुफाल विमानस्थलमा तारा एयर जस्तै नियमित उडान गर्न सीता, गोमा एयरलाइन्सलाई पनि डोल्पालीले आग्रह गरेका छन् । सडक यातायातको पहुच नभएको डोल्पामा जिल्ला बाहिर जानका लागि हवाई यातायात नै प्रयोग गनुपर्ने बाध्यता छ । रासस
९ हजार घुस सहित विद्युत प्रधिकरणका इन्जिनियर रत्नेश चौधरी अख्तियारको फन्दामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कलैया, बारामा कार्यरत इन्जिनियर रत्नेशकुमार चौधरी ९हजार ५ सय घुस सहित अख्तियाको फन्दामा परेका छन् । मिटरको विद्युत क्षमता बढाउने पावर अपग्रेड प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई पक्राउ गरेको हो । अख्तियार हेटौडा मकवानपुरको टोली कलैया पुग्दा चौधरी सेवाग्रहीसँग घुस रकम लिदैं रहेको अख्तियार प्रवक्ता दीर्घराज मैैनालीले जानकारी दिए । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।