एमाले उपाध्यक्ष बामदेव गौतम पराजित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । उनी बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार सञ्जय गौतमसँग ७३५ मत अन्तरले पराजित भएका हुन् । देउवा सरकारका सिञ्चाई मन्त्री सञ्जय गौतमले ४४८२९ मत ल्याउँदा बामदेव गौतम भने ४४०७६ मतमै रोकिएका हुन् ।

समानुपातिकमा ३३ हजार मतले एमाले अगाडी, कांग्रेस पछ्याउँदै

काठमाडौं । समानुपातिकतर्फ नेकपा एमालले अग्रता लिएको छ ।  निर्वाचन आयोगका अनुसार साँझ ७ बजेसम्मको परिणाममा नेकपा एमालेले समानुपातिकतर्फ पनि अग्रता लिएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल साढे ८१ हजार मत गणना भएको छ । एमालेले साढे ३३ हजारभन्दा केही बढी मत पाएको छ। नेपाली कांग्रेसले ३१ हजारभन्दा केही बढी मत पाएको छ भने माओवादी केन्द्रले करिब साढे १३ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६८, राष्ट्रिय जनता पार्टी नेपालले ६८४, नयाँ शक्ति पार्टी नेपालले ६०१, विवेकशील साझा पार्टीले ३६९ मत ल्याएका छन्।

विद्यार्थीले गरे पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध, तत्काल फिर्ता लिन आग्रह

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा विरोध जनाउँदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको छ । उक्त संगठनले ‘कामचलाउ’ सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएर जनताको अपेक्षा विपरित वामपन्थी गठबन्धनप्रतिको लहर भड्काउन खोजेको आरोप लगाएको छ । उक्त विज्ञप्तीमा उल्लेख भएअनुसार, ‘संविधान कार्यान्वयनको ऐतिहासीक कार्य अन्तर्गत प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सम्पन्न भई देशव्यापी रुपमा नतिजा आउने क्रम जारी छ । स्थिर सरकार, दिगो विकास र सम्वृद्धिको महान संकल्प सहित निर्वाचनमा होमिएको वामगठवन्धनको पक्षमा ऐतिहासिक लहर देखा परेको छ । नेपाली जनताले मतदान मार्फत व्यक्त गरेको त्यो जनमतलाई सलाम गर्दै हामी जनताको खुसीसँग साथै रहेको कुरा व्यक्त गर्न चाहान्छौ । नतिजाले देखाएको छ कि स्थानीय तहसँगै अव केन्द्र र प्रदेश सवै तिर वामगठवन्धनको नेतृत्व हुनेछ । निर्वाचनको नतिजाले लोकतान्त्रिक गठवन्धन मुख्यतः नेपाली काग्रेंसको पक्तिमा निराशा र छटपटाहट पैदा गरेको छ । कांग्रेस निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गर्न र संयमित हुन विशेष आग्रह गर्न चाहन्छौं । वर्तमान देउवा सरकारको मुख्य काम संघ तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नु रहेको थियो । वर्तमान देउवा सरकारको मुख्य काम संघ तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नु रहेको थियो । त्यो काम पुरा भएको छ र सरकार काम चलाउ वनेको छ । नतिजाले सकेंत गरे अनुरुप अव वर्तमान कामचलाउ सरकारले वामपन्थी गठवन्धनलाई सरकार गठन गर्न सहयोग पुर्याउनु पर्ने यो वेलामा जनताको अपेक्षा विपरीत अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थ, ग्यास लगायतमा मुल्य वृद्धी गरेर वामगठवन्धन प्रतिको लहर भड्काउने निकृष्ट हर्कत गरेको छ । हामी देउवा सरकारको यो हर्कतको घोर भत्र्सना गर्दै मुल्य वृद्धि तत्काल फिर्ता लिन आग्रह गर्दछौं ।’  शनिबार राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको थियो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।