परीक्षामा मात्र २ अंक पाएपछि विद्यार्थीले दिए उजुरी, प्रहरीले थाल्यो छानबीन

मुम्बई । भारतको मुम्बई विश्वविद्यालयमा कानुनका मंदार नामका एक विद्यार्थीले परीक्षामा दुई अंक मात्र पाएपछि प्रहरीमा उजुरी दिएका छन् । मंदारले लापरवाहीको आरोप लगाउँदै विश्वविद्यालयका पूर्व कुलपति सञ्जय देशमुखविरुद्ध उजुरी दिएका हुन् । उनका अनुसार उत्तरपुस्तिकालाई हराएपछि उनलाई कम मार्क्स दिइएको छ । मंदार पान्डे ब्याचलर अफ लिगल साइन्सेस एण्ड ब्याचलर अफ लका विद्यार्थी हुन् । उनले गत १९ मे मा फ्यामिली ल पेपर दिएका थिए । उनका अनुसार उनले पूरा पेपर मुख्य उत्तर पुस्तिकामा लेखेपछि अतिरिक्त कापी थपिएको थियो । जब परीक्षाको नतिजा आएपछि उनलाई तनाव भयो । त्यसपछि उनले उत्तर पुस्तिकाको प्रतिलिपी मागे । उनका अनुसार अतिरिक्त कापीको मात्र फोटोकपी प्राप्त भयो, मुख्य उत्तर पुस्तिकाको छैन । अतिरिक्त कापीमा उनको मार्क्स जम्मा २ छ । उनले कपीलाई पुन जाँचका लागि आवेदन पनि दिए । तर उनलाई कुनै उत्तर प्राप्त भएन । त्यसपछि उनले मुम्बई प्रहरी कार्यालयमा उजुरी दिए । उनका अनुसार यती कम अंक पाएपछि उनको रेकर्ड बिग्रिएको छ । मुम्बई प्रहरीले छानबीनको प्रकृया अघि बढाएको नभभारतटाइम्सको अनलाईन संस्करणमा उल्लेख छ ।

वाम गठबन्धनले दुई तिहाइ मत पाएकाे संकेत, नेपाली कांग्रेस निकै कमजोर

काठमाडौं । मध्यान्न तीन बजेसम्ममा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि ३ स्थानमा विजयी हासिल गरेको छ । थप २९ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै प्रदेशसभामा एमालेले ७ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभा सदस्यतर्फ माओवादीले ३ स्थानमा विजयी हासिल गरेको छ भने १७ स्थानमा अग्रता कायम गरेको छ । २०७० सालको निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेपाली कांग्रेसका लागि २०७४ सालको निर्वाचन परिणाम निकै पीढादाही देखिएको छ । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभा तर्फ ३ स्थानमा मात्र अग्रता कायम गरेको छ । काठमाडौं १, १० र रसुवामा कांग्रेसको अग्रता रहेको छ । प्रदेश सभातर्फ नेपाली कांग्रेसले १ स्थानमा विजय हासिल गरेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ । अन्य दलले केन्द्रमा १ स्थानमा र प्रदेशमा २ स्थानमा अग्रस्थान लिएका छन् । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । प्रारम्भिक नतिजाले वामपन्थी गठबन्धनको दुईतिहाइ मत आउने देखिएको छ भने प्रतिनिधिसभामा नेपाली कांग्रेसको उपस्थिति संख्यात्मक हिसावले निकै कमजोर रहने देखिएको छ ।

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोटनबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । त्यसैगरी भित्रीमधेशकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ । अज्ञात समूहले ती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मत ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ११७ वटा मतदान केन्द्र मध्ये ७६ वटा केन्द्र्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी गराए । रासस