२ हजार ५७ स्थानका मतपेटिकाहरु सदरमुकाम आइपुग्यो, कुन जिल्लामा कति मत खस्यो ? (विवरणसहित)

काठमाडौं । २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु ३२ जिल्लाका सम्बन्धित सदरमुकाममा पुगेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा हिजो मङ्सिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा लगिएको हो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ । यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मङरसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा खसेको मतको जिल्लागत संख्यात्मक विवरण यस प्रकार छ :

पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मतदान, सबैभन्दा बढी बाजुरामा

काठमाडौं । आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज शान्तिपूर्ण एवं उत्साहजनकरुपमा भएको आयोगले बताएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भएको थियो । आज बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ५ बजे सम्पन्न भएको थियो । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । रासस

सोलुखुम्बुका तिङलावासीले फेरि गरे चुनाव बहिष्कार, निर्वाचन शान्तिपूर्ण रहेको आयोगको निश्कर्ष

काठमाडौं । सोलुखुम्बुको तिङलाका बासिन्दाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा जसरी बहिष्कार गरेका थिए त्यसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेको निर्वाचन आयोगले  जनाएको छ । उक्त बहिष्कारको कारणमा क्षेत्र निर्धारण गर्दा आयोगला साबिकको भन्दा अपाएक परेको जनाइएको छ । धेरै स्थानहरुमा मतदाता परिचय पत्र भएको तर मतदाता नामावलीको सूचीमा नभएका कारण मतदाताहरु आफ्नो मताधिकारबाट बञ्चित रहेको समेत पाइएको आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ३२ जिल्लाहरुमा पहिलो चरणको निर्वाचन बेलुकी ५ बजे सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो । संविधान, २०७२ जारी भएपछि पहिलो र ऐतिहासिक निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने सुनिश्चितता प्रदान गर्ने देखिएको आयोगले जानकारी दिएको छ । केही समय पहिले भएको स्थानीय तहको निर्वाचनको तुलनामा आजको सम्पन्न भएको निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु निर्वाचन पूर्व र निर्वाचनका्े दिनमा छिटपुट रहेको पाइयो र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको र उक्त घटनाहरु भएतापनि निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइएको आयोगले बताएको छ । विभिन्न स्थानमा भएका झडपलाई सुरक्षा निकायको उपस्थीतिमा सहजै व्ययवस्थापन गरेको पाइयो । यो निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको समेत पाइयो । स्थानीय तहको निर्वाचनको  तुलनामा मतदाताहरुलाई मतदान गर्न सहज भएको देखियो जसका कारण मतपत्र बदरमा कमी आउने सक्नेछ । हाम्रा पर्यवेक्षकहरुले पठाएको सूचनाको आधारमा सामान्य छिटपुट घटना भएको जानकारी आएता पनि तुलनात्मक रुपमा निर्वाचन शान्तिपूर्वक भएको पाईएको छ ।