नेपालको पर्यटन, जलविद्युत् र हवाई क्षेत्रमा क्यानडा लगानी गर्न इच्छुक

काठमाडौं, १ असार । नेपालका लागि क्यानडा राजदूतावासका उपप्रमुख जेस डटोनले नेपालमा आफ्नो राजदूतावास खोल्न उत्साहित भएको बताएका छन् । नेपाल, क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा बुधबार आयोजित स्वागत कार्यक्रममा उनले आफ्नो देश नेपालको पर्यटन, जलविद्युत् र हवाई क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए । नेपाल विश्वकै आकर्षक गन्तव्य रहेको उनको भनाइ छ । सोही अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल र क्यानडाको सम्बन्ध राज्यस्तरबाट जनस्तरमा पुु¥याउन आफू क्रियाशील रहेको बताए । सङ्घका सहअध्यक्ष प्रा डा प्रदीप खड्का, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सचिव खड्क थापा, सीमाविद वुद्धिनारायाण श्रेष्ठलगायतले नेपाल र क्यानडाको सम्बन्ध तथा विकासका बारेमा चर्चा गरेका थिए। रासस

धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै

जापान, १ असार । सिन्धुपाल्चोकको नमुना एकीकृत बस्ती निमाणार्थ हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चलाएको धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट व्यक्तिगत र संस्थागत सहयोग रकम जुट्ने क्रम बढिरहेको छ । मङ्गलबारसम्ममा सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुगेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा सुरु गरेको नमुना एकीकृत बस्ती निर्माणमा सहयोगार्थ आर्थिक सङ्कलन अभियानबाट सबैभन्दा बढी रकम सङ्कलन भएको छ । संस्थागत रुपमा ‘विइ फर अल’ र व्यक्तिगत रुपमा सबैभन्दा पहिला व्यवसायी नरबहादुर थापाले पठाएको रकम गरी जापानबाट सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुग्ने भएको हो । नेपालकैलाई नमुना काम भएकाले व्यक्तिगत तथा सस्थांगत रुपमा सहयोगीकर्ताहरु थपिँदै गएकाले अभियान पर्सि शुक्रबारसम्म लम्ब्याइएको संयोजक शिवकुमार तण्डुल्कारले बताए । सामाजिक कार्यमा लागेका धुर्मुस सुन्तलीको योगदानलाई स्मरण गर्दै सहयोगी थपिने क्रम जारी रहेको कतिपयले सिधै फाउन्डेसनमै सहयोग दिने गरेको बताइएको छ । रासस

महिन्द्रा जेनेरेटरको नेपालका लागि आधिकारीक वितरक अग्नि ग्रुप

काठमाडौं, ३२ जेठ । महिन्द्रा पाओरल डिजेल जेनेरटरको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीलाई नियुक्त गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटरको आधिकारीक शोरुम अग्नी इनर्जीले गैरीधारा र टेकुमा विशेष कार्यक्रमका साथ उद्घाटनको गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटर अब नेपाका विभिन्न स्थानमा छरीएर रहेको अग्नी इनर्जीको आधिकारीक डिलरहरुमा उपलब्ध हुनेछ । महिन्द्रा एण्ड महिन्द्राको दक्षिण एसियाका भाईस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेश्नल अप्रेशन श्री सन्जय जदाब भन्नुहुन्छ “ नेपालमा पाओरल डिजेल जेनेरेटर व्यवसायका लागि आधिकारीक वितरकका रुपमा अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीसँग साझेदारी गर्न पाउदा हामीलाई अतिनै गर्व लागेको छ ।” यस साझेदारीसँगै हालै नियुक्त गरीएका नयाँ डिलर तथा भईरहेका डिलर मार्फत अब हामी नेपालको १२ जिल्ला लगाएत थप जिल्लाका उपभोक्ताहरुमाझ पुग्ने योजनामा छौं । अग्नी ग्रुपसँग हाम्रो २५ वर्षदेखिको पुरानो अन्य व्यवसायीक सम्बन्ध रहदै आएको छ, जसले हाम्रा विश्वासको प्रमाण दिन्छ नेपालमा एक साथ काम गर्ने र ग्राहकाबर्गमा राम्रो सेवा प्रदान गर्न र अघि बढ्न सक्षम भएका छौं । अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ भन्छन्, “नेपालमा पाओरल डिजेल जेनेरेटर ७.५ केभिए देखि २०० केभिए सम्म उपलब्ध छ । यसको मूख्य विशेषता भनेको इन्धन कम खपत गर्ने र मितव्यी छ । साथै कम्पनीले ग्राहाकहरुले पूर्ण सर्भिस सेन्टर उपलब्ध गराउने छ, चुस्तरुपमा ग्राहाकको स्थानमा पुर्याइने छ भने खरिदका लागि सजिलैसँग कर्जाको पनि उपलब्ध गराउने बताएको छ ।