एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालकाे कार्यकाल थप

रमेशराज अर्याल, प्रमुख कार्यकारी अधिकृत, एनसीसी बैंक लिमिटेड काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेशराज अर्यालकाे कार्यकाल थप भएकाे छ । असाेज १ गते उनकाे पहिलाे कार्यकाल सकिदै थियाे । गत साेमबार जनै पूर्णिमाकाे दिन बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्काे चार वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेकाे हाे । अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओमा नियुक्त भएका थिए । उनी २०७२ पुस १४ गतेदेखि उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए । उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए । सम्बन्धित सामाग्री वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्न र यसै वर्ष २० प्रतिशत बोनस सेयर दिन सकिन्छ- रमेशराज अर्याल

एशियन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा होमबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को चैत २० गते दुई कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त निमित्त सीईओ श्रेष्ठले साउन २१ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

नबिल बैंकको डीजीएममा मनोज ज्ञवाली नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नबिल बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम)मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकको डीजीएम पदमा नियुक्त भएका हुन् । नवनियुक्त डीजीएम ज्ञवालीले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै छन् । उनले गत बैशाख ११ गते ज्योति विकास बैंककाे सीईओ पदबाट राजिनामा दिएका हुन् । उक्त बैंकमा २ वर्षकाे कार्यकाल बाँकी छँदै उनी बाहिरिएका हुन् । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्राे अनुभव रहेकाे छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ। सम्बन्धित सामग्री २५४ प्रतिशतभन्दा माथि ग्रोथ र मनोज ज्ञवालीको क्रमभंगता