राष्ट्र बैंकले खुलायो १५१ जनालाई जागिर, चैत १ गतेसम्म फारम भर्ने म्याद

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको केन्द्रिय कार्यलय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको हो । विभागले सहायक निर्देशकमा ४५ जना , सहायक द्धितीयमा ९६ जना र सहायक द्धितीय सूचना प्रविधीमाा १० जना माग गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति हुने पदको परिक्षामा भाग लिनको लागि आवश्यक कागजात पुरा गरी अनलाईन दरखास्त दिन सकिनेछ । बैंकले दरखास्त दिने अन्तिम मिती चैत १ गते सम्म तोकेको छ । सहायक निर्देशक पदमा दरखास्त भर्न चाहने व्यक्तिको उमेर २१ वर्ष परा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यसैगरी सहायक पदमा दरखास्त दिनको को लागि १८ वर्ष पुरा भई ३५ वर्ष र महिलाको हककमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । तर बहालवाला कर्मचारीको हकमा भने उमेरहद नलाग्ने बैंकले जनाएको छ ।

महासंघका अध्यक्षमा पून: नरेश कटुवाल, उपाध्यक्षमा १३ जना चयन

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा पूनः नरेश कटुवाल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको पहिलो महाधिवेशनले महासंघका वर्तमान अध्यक्ष कटुवाललाई निर्विरोध रुपमा पूनः अध्यक्षमा चयन गरेको हो । नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा कुमार कार्की, प्रथम उपाध्यक्षमा नैनबहादुर पण्डित निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै, उपाध्यक्षहरुमा सरोजकुमार थापा, माधवप्रसाद खरेल, नरेन्द्र शाक्य, हेमबहादुर क्षेत्री, शशीभूमि श्रेष्ठ, रुक्मणी सेडाई, मनोजबाबु श्रेष्ठ, गोविन्द कार्की, नरेन्द्र गुप्ता, भिमभक्त श्रेष्ठ र युवराज न्यौपाने निर्विरोध रुपमा चयन भएका छन् ।  त्यस्तै महासविचमा टेकबहादुर शाक्य(अन्जन), उप-महासचिवमा बिजयकुमार महर्जन, हरिबहादुर गौतम र रीता पुरी लगायत ६३ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष नरेश कटुवालले तत्काल व्यवसायीक मैत्री कर नीति ल्याउन राज्यसंग माग गरेका छन् । अध्यक्ष कटुवाले अब मझौला तथा निम्न व्यवसायीहरुको आवाजलाई पुरा गर्न महासंघले जस्तोसुकै परिस्थितिमा पनि पछि नपर्ने बताएका छन् । उनले सम्पूर्ण व्यवसायीहरु मर्यादीत र इमान्दारिताकासाथ राज्यको नीति नियममा रहि काम गर्न तयार रहेको बताउँदै भने,‘ व्यवसायीहरुले १२ घण्टा भन्दा बढि धुलो धुवा खाई दुःख पीडा सहेर राज्यलाई कर तिरेका छौं । तै पनि राज्यले कालोबजारी भन्नु हामीलाई सह्य छैन । आज सम्म राज्यले साना तथा मलौला व्यवसायीको आवाजलाई कुन्ठित गरेको छ उनले भने, हाम्रो सामु गहन जिम्मेवारी आएको छ ।’ यसलाई पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै काठमाडौं महानगरपालकिाको प्रमुख विद्या सुन्दर शाक्यले सरकार नीजि क्षेत्रको प्रतिष्पर्धी होइन अभिभावक भएको बताउँदै भने ‘काठमाडौं सुन्दर र शान्त स्मार्ट सिटि बन्दै छ । यसमा तपाईहरु विश्वस्त हुनुस् । नगरपालीकाले आगामी वर्षको नीति निर्माण र विकासका बारेमा कार्ययोजना बनाउने क्रममा छौं । यसमा व्यवसायीको समस्याहरुको पनि सल्लाह र सुझावको आवश्यक छ ।’ उनले थपे क्लिन द सिटि ग्रिन द सिटि भन्ने मुल नारा सहित सुन्दर काठमाडौं निर्माण अभियन हुँदैछ । यसमा व्यवसायीलाई सहयोग गर्न आग्रह गरेका छन् ।  

नेशनल माइक्रोफाइनान्सको सीईओमा रामबहादूर यादव पूनः नियुक्त

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमूख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादूर यादव पूनः नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले यादवलाई पूनः अर्को कार्यकाल चार बर्षको लागी सीईओमा नियुक्त गरेको हो । लघुवित्त संस्थाहरु मध्ये सानो समयमा अबल संस्थाको रुपमा पहिचान बनाउन सफल यस संस्थाले ३ बर्ष भित्रमा सर्वसाधारणमा शेयर जारी गरी ३५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको छ । हाल संस्थाको कर्जा करिव २ अर्ब र बचत ५५ करोड रुपैयाँ रहेको छ । संस्था यस आ.व.को माघ मसान्तसम्ममा ७ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यस संस्थाले हालसम्म ४० वटा शाखा कार्यालयहरु मार्फत ३२ जिल्लाको ५५ हजार भन्दा बढी विपन्न परिवारलाई सेवा पूर्याउदै आएको छ ।